मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा ११ पर्यटकको मृत्यु भएको छ । ०८१ को वैशाखदेखि हालसम्म नौ विदेशी तथा दुई नेपाली पर्यटकको लेक लागेर मृत्यु भएको हो ।
सबैभन्दा बढी भारतीय पर्यटकको मुक्तिनाथ मन्दिरको दर्शन तथा मुस्ताङको भ्रमणका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए । मुक्तिनाथ दर्शन तथा भ्रमणका क्रममा मुस्ताङ आउनेमध्ये पाँचजनाको बारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथमा, पाँचजनाको घरपझोङ– ४ जोमसोममा र एकजनाको थासाङ गाउँपालिका– २ मा लेक लागेर मृत्यु भएको हो । लेक लागेर मृत्यु हुनेमा ५८ वर्षदेखि ८१ वर्ष उमेर समूहका पर्यटक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार ०८१ वैशाखमा दुई, जेठमा एक, असोजमा दुई, कात्तिकमा पाँच र पुसमा एकजना पर्यटकको लेक लागेर मृत्यु भएको हो । लेक लागेर मृत्यु हुनेमा ६३ वर्षीय अमेरिकी नागरिकसमेत रहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।
०८० मा १७ जनाले लेक लागेर ज्यान गुमाएका थिए । मृत्यु हुनेमा ११ विदेशी तथा ६ नेपाली नागरिक रहेका प्रहरी निरीक्षक अधिकारीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८१ - २०:३३
रामेछाप । घर नजिकैको वनमा लागेको आगो बस्तीमा पस्दा रामेछाप नगरपालिका–५ को ठिङग्रे, चुकिया र स्वाङग्रा गाउँमा दुुई वटा घर र तीनवटा गोठ जलेर पूर्णरुपमा ...
चैत्र १२ गते, २०८१ - २०:२६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पूर्णरुपमा आन्दोलनमा होमिने भएको छ । आज बसेको आन्दोलन मुल समितिको बैठकले वैशाख ७ बाट निरन्तर राजधानी...
चैत्र १२ गते, २०८१ - २०:०७
काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पूँजीगत खर्चबारे विषयगत मन्त्रालयहरुसँग छलफल गरेको छ । अर्थ मन्त्रालयका अनुसार २०८१ साल चैत्र ११ गते...
चैत्र १२ गते, २०८१ - २०:०३
काठमाडौं । सत्तापक्षीय दलका शीर्ष नेताको आजको बैठकमा सङ्घीय संसद्मा विचारधीन विधेयकहरुलाई संसदीय प्रक्रियाबाट यथाशीघ्र टुङ्गोमा पुर्याउन पहल गर्ने वि...
चैत्र १२ गते, २०८१ - १९:५९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले आज शिष्टाचार भेटबार्ता भएको छ । थाइल्याण्डका प्रधान...
चैत्र १२ गते, २०८१ - १९:५६
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । मंगलबार साँझ रत्नपार्कस्थित प्राधिकर...
चैत्र १२ गते, २०८१ - १९:५१
मनिला । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युुएचओ) ले सोमबार सदस्य राष्ट्रहरूलाई सन् २०३० सम्ममा क्षयरोग (टीबी) अन्त्यका लागि तत्काल ‘निर्णायक कदम’ चाल्न आह...
चैत्र १२ गते, २०८१ - १९:४७
ढाका । बङ्गलादेशका पूर्व कप्तान तमिम इकबाललाई घरेलु खेलका क्रममा हृदयघात भएपछि होसमा आएकाे र उनले परिवारका सदस्यहरूसँग कुरा गरिरहेकाे क्रिकेट अधिकारीह...
चैत्र १२ गते, २०८१ - १९:४२
मस्को । रुसी सेनाले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलहरू समावेश गरेको सैन्य अभ्यास सुरु गरेको रुसी रक्षा मन्त्रालयले घोषणा गरेको छ । अभ्यासमा रूसक...
चैत्र १२ गते, २०८१ - १९:३६
काठमाडौं । सरकारले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सरकारका प्रवक्ता एवम् सञ्च...
प्रतिकृया लेख्नुहोस्: