काठमाडौं । नेपालमा ४० प्रतिशत क्षयरोगका बिरामी उपचारको दायरा बाहिर रहेका छन् ।
विश्व क्षयरोग दिवसको अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्दले आइतबार एक कार्यक्रम गर्दै नेपालमा ४० प्रतिशत अर्थात २७ हजार २२४ क्षयरोका बिरामी उपचारको दायरा बाहिरा रहेको उल्लेख गरेको छ ।
सन् २०२३ मा विश्व स्वास्थ्य संगठनले नेपालमा वार्षिक ६८ हजार नयाँ क्षयरोगका बिरामी थपिने र १६ हजार बिरामीको मृत्यु हुने अनुमान गरेको थियो । केन्द्रका निर्देशन डा.श्रीराम तिवारीले नेपालमा अनुमानित बिरामी मध्ये ४० हजार ७७६ जना मात्र क्षयरोगका बिरामी उपचारको दायराभित्र आएको जानकारी दिए ।
उनि भन्छन्, “अनुमानित क्षयरोग प्रभावित बिरामी र उपचारको दायरामा आएका बिरामीको संख्यामा ठूलो अन्तर छ । हामीले ४० प्रतिशत क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याउन नै सकिएको छैन ।” नेपालले सन् २०३० सम्म क्षयरोग महामारीबाट अन्त्य गर्ने र २०५० सम्म क्षयरोग मुक्त नेपालमा बनाउने लक्ष्य लिएको छ । क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याउनु सबैभन्दा ठूलो चुनौती रहेको अस्पतालमा छातीरोग विशेषज्ञ डा. नविनप्रकाश साहको भनाइ छ ।
उनकाअनुसार केन्द्रले उपचारको पहुँच वृद्धि गर्दै लगेको छ । हाल केन्द्रले ६ हजार २४१ वटा डटकेन्द्रबाट क्षयरोगको निःशुल्क औषधी वितरण गर्दै आएको छ । क्षयरोगका बिरामी मध्ये ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष छन् । बिरामी मध्ये ७२ प्रतिशत फोक्सोको क्षयरोग, २८ प्रतिशत फोक्सो बाहिर अन्य अङ्गमा लाग्ने क्षयरोग पुष्टि भएको डा. तिवारीले जानकारी दिए ।
उपचारमा आएका क्षयरोगका बिरामीमध्ये ७५६ जना औषधी प्रतिरोधी रहेको तिवारी बताउँछन् । नेपालमा क्षयरोगको उपचार सरफलता दर ९२ प्रतिशत छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८१ - २०:३३
रामेछाप । घर नजिकैको वनमा लागेको आगो बस्तीमा पस्दा रामेछाप नगरपालिका–५ को ठिङग्रे, चुकिया र स्वाङग्रा गाउँमा दुुई वटा घर र तीनवटा गोठ जलेर पूर्णरुपमा ...
चैत्र १२ गते, २०८१ - २०:२६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पूर्णरुपमा आन्दोलनमा होमिने भएको छ । आज बसेको आन्दोलन मुल समितिको बैठकले वैशाख ७ बाट निरन्तर राजधानी...
चैत्र १२ गते, २०८१ - २०:०७
काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पूँजीगत खर्चबारे विषयगत मन्त्रालयहरुसँग छलफल गरेको छ । अर्थ मन्त्रालयका अनुसार २०८१ साल चैत्र ११ गते...
चैत्र १२ गते, २०८१ - २०:०३
काठमाडौं । सत्तापक्षीय दलका शीर्ष नेताको आजको बैठकमा सङ्घीय संसद्मा विचारधीन विधेयकहरुलाई संसदीय प्रक्रियाबाट यथाशीघ्र टुङ्गोमा पुर्याउन पहल गर्ने वि...
चैत्र १२ गते, २०८१ - १९:५९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले आज शिष्टाचार भेटबार्ता भएको छ । थाइल्याण्डका प्रधान...
चैत्र १२ गते, २०८१ - १९:५६
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । मंगलबार साँझ रत्नपार्कस्थित प्राधिकर...
चैत्र १२ गते, २०८१ - १९:५१
मनिला । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युुएचओ) ले सोमबार सदस्य राष्ट्रहरूलाई सन् २०३० सम्ममा क्षयरोग (टीबी) अन्त्यका लागि तत्काल ‘निर्णायक कदम’ चाल्न आह...
चैत्र १२ गते, २०८१ - १९:४७
ढाका । बङ्गलादेशका पूर्व कप्तान तमिम इकबाललाई घरेलु खेलका क्रममा हृदयघात भएपछि होसमा आएकाे र उनले परिवारका सदस्यहरूसँग कुरा गरिरहेकाे क्रिकेट अधिकारीह...
चैत्र १२ गते, २०८१ - १९:४२
मस्को । रुसी सेनाले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलहरू समावेश गरेको सैन्य अभ्यास सुरु गरेको रुसी रक्षा मन्त्रालयले घोषणा गरेको छ । अभ्यासमा रूसक...
चैत्र १२ गते, २०८१ - १९:३६
काठमाडौं । सरकारले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सरकारका प्रवक्ता एवम् सञ्च...
प्रतिकृया लेख्नुहोस्: