Ntc summer Offer
Khabar Dabali १३ चैत्र २०८१ बुधबार | 26th March, 2025 Wed
Investment bank

नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोला भन्छन्-०८४ मा संसदीय चुनाव हुँदैन

खबरडबली संवाददाता

कञ्चनपुर । नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोला(कञ्चन)ले ०८४ मा संसदीय व्यवस्थाको चुनाव नहुने ठोकुवा गरेका छन् । 

आइतबार कञ्चनपुरको महेन्द्रनगरमा पुँजीवादी व्यवस्थाविरुद्ध जनसंघर्ष अभियानको उद्घाटन गर्दै महासचिव बाँस्तोलाले आगामी ०८४ मा संसदीय व्यवस्थाको चुनाव नहुने ठोकुवा गरेका हुन् ।

‘आगामी निर्वाचन संसदीय व्यवस्थाका लागि हुँदैन, भए समाजवादी व्यवस्थाका लागि मात्रै हुन्छ,’ उनले भने, ‘संसदीय व्यवस्था असफल भयो, अब सबै दलले वैज्ञानिक समाजवादी व्यवस्थाका लागि चुनावमा सहभागी हुनुपर्छ ।’

महासचिव बाँस्तोलाले भ्रष्ट दलाल पुँजीवादी व्यवस्थाविरुद्ध नेपाली जनतामाथि शोषण उत्पीडन भएको भन्दै अब यो व्यवस्थाबाट जनतालाई मुक्त गराउनुपर्ने बताए । संसदीय व्यवस्थाकै कारण जनप्रतिनिधिदेखि प्रधानमन्त्री, मन्त्रीहरू भ्रष्ट भइरहेको दाबी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा रकम राखेको भारतीय मिडियामा आएका विषयबारे प्रस्ट पार्नुपर्ने माग गरे । ‘कार्यकारी प्रमुख सीधै जनताको भोटबाट चुनिनुपर्छ, जनप्रतिनिधि सभा गठन गर्नुपर्छ । विज्ञबाट मन्त्री बनाउनुपर्छ, तब मात्रै नेपाली जनताले अपेक्षाकृत राज्यबाट सेवा पाउनेछन् ।’

अभियान ६ महिनासम्म सञ्चालन हुने नेकपा बहुमतले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रामेछापमा डढेलाे बस्तीमा पस्दा दुई घर र तीन गोठ जले

रामेछाप । घर नजिकैको वनमा लागेको आगो बस्तीमा पस्दा रामेछाप नगरपालिका–५ को ठिङग्रे, चुकिया र स्वाङग्रा गाउँमा दुुई वटा घर र तीनवटा गोठ जलेर पूर्णरुपमा ...

राप्रपाले २६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने, वैशाख ७ बाट निरन्तर आन्दोलन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पूर्णरुपमा आन्दोलनमा होमिने भएको छ । आज बसेको आन्दोलन मुल समितिको बैठकले वैशाख ७ बाट निरन्तर राजधानी...

पूँजीगत खर्चबारे मन्त्रालयहरूसँग छलफल, खर्च वृद्धिमा प्रो एक्टिभ हुन अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पूँजीगत खर्चबारे विषयगत मन्त्रालयहरुसँग छलफल गरेको छ । अर्थ मन्त्रालयका अनुसार २०८१ साल चैत्र ११ गते...

विचारधीन विधेयक टुंगोमा लैजान सत्तारूढ दल सहमत

काठमाडौं । सत्तापक्षीय दलका शीर्ष नेताको आजको बैठकमा सङ्घीय संसद्मा विचारधीन विधेयकहरुलाई संसदीय प्रक्रियाबाट यथाशीघ्र टुङ्गोमा पुर्‍याउन पहल गर्ने वि...

प्रधानमन्त्री चैत १९ गते थाईल्याण्ड जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले आज शिष्टाचार भेटबार्ता भएको छ । थाइल्याण्डका प्रधान...

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले गरे पदभार ग्रहण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । मंगलबार साँझ रत्नपार्कस्थित प्राधिकर...

सन् २०३० सम्ममा क्षयरोग अन्त्य गर्न विश्व स्वास्थ्य सङ्गठनको आह्वान

मनिला । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युुएचओ) ले सोमबार सदस्य राष्ट्रहरूलाई सन् २०३० सम्ममा क्षयरोग (टीबी) अन्त्यका लागि तत्काल ‘निर्णायक कदम’ चाल्न आह...

बङ्गलादेशी पूर्व कप्तान तमिम इकबाल हृदयाघातपछि निको हुँदै

ढाका । बङ्गलादेशका पूर्व कप्तान तमिम इकबाललाई घरेलु खेलका क्रममा हृदयघात भएपछि होसमा आएकाे र उनले परिवारका सदस्यहरूसँग कुरा गरिरहेकाे क्रिकेट अधिकारीह...

रुसद्वारा ‘अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलसहितको’ सैन्य अभ्यास सुरु

मस्को । रुसी सेनाले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलहरू समावेश गरेको सैन्य अभ्यास सुरु गरेको रुसी रक्षा मन्त्रालयले घोषणा गरेको छ । अभ्यासमा रूसक...

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका २७ निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौं । सरकारले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सरकारका प्रवक्ता एवम् सञ्च...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy