विराटनगर । नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले सत्यको विश्लेषण नगरी भ्रमका पछि दौडन नहुने बताएका छन् ।
आइतबार प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशनको विराटनगरमा उद्घाटन गर्दै महासचिव पोखरेलले हिजो देश कहाँ थियो र आज कहाँ छ भन्ने कुरा विश्लेषण नगरी लोकतन्त्र आएपछि देशमा केही भएको छैन भनि गरिएको भ्रमको पछि लाग्नु नहुने बताएका हुन् ।
पोखरेलले वर्तमान सरकार सरकार चलाउनको लागि मात्र नबनेको बताए । लोकतान्त्रिक प्रणाली माथि नै चुनौती उत्पन्न भएको कारण देशका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार बनाएको उनले स्पष्ट पारे । ‘कांग्रेस र एमाले पहिलो पटक मिलेका होइनन्, जब देशलाई संकट पर्छ, तब कांग्रेस र एमाले मिल्ने गर्दछन्’, पोखरेलले भने ।
आज राजावदीहरुले लोकतन्त्रमा देश विकासको कुनै काम हुन सकेन भनेर भ्रम फिँजाइरहेका बताउँदै पोखरेलले राजाको पालामा भएको विकास र लोकतन्त्रमा राजनीतिक दलले शासन गर्दा भएका विकास तुलना गरेर हेर्न आग्रह गरेका थिए । पोखरेलले कुतर्क गरेर जनतालाई भ्रम फिँजाउने कुचेष्टा नगर्न राजावादीहरूलाई चेतावनीसमेत दिए । ‘लोकतन्त्रले के दियो, गणतन्त्रले के दियो भन्ने कुरा तथ्यका आधारमा विश्लेषण गरेर हेर्नुपर्दछ’, पोखरेलले भने ।
आज जुन हिसाबले सामाजिक सञ्जाल मार्फत सामाजिक अराजकता मच्चाइँदै छ त्यसको पछि लाग्ने हो भने लोकतन्त्र नै जोखिममा पर्ने उनले बताए । लोकतन्त्रमा प्रेस स्वतन्त्रतामा कुनै बन्देज नलाग्ने भए पनि सामाजिक अराजकतालाई भने रोक्नु पर्नेमा उनले जोड दिए । ‘समाजलाई जहिले पनि अस्थिरतामा रुमलेर यो समाज अगाडि बढ्न सक्दैन’, उनले भने ।
नेपालमा राजतन्त्र ब्युँताउने कुरा किमार्थ सम्भव नरहेको उनको भनाइ छ । संगठित शक्तिहरूले लामो तयारी गरेर राजाको पक्षमा प्रदर्शन गरेको भए पनि त्यसले गणतन्त्र उल्टाउने कुरा सम्भव नरहेको उनले स्पष्ट पारे । नेपालको अहिलेको संविधान संशोधन गरिने बताउँदै उनले त्यसको लागि दुई दलले आवश्यक वातावरण बनाउने काम गरिरहेका बताए । अहिले दुईवटा पार्टी संयन्त्र बनाएर संविधान संशोधन गरी स्थायित्व कायम गरेर अघि बढ्ने पोखरेलले स्पष्ट पारेका छन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८१ - २०:३३
रामेछाप । घर नजिकैको वनमा लागेको आगो बस्तीमा पस्दा रामेछाप नगरपालिका–५ को ठिङग्रे, चुकिया र स्वाङग्रा गाउँमा दुुई वटा घर र तीनवटा गोठ जलेर पूर्णरुपमा ...
चैत्र १२ गते, २०८१ - २०:२६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पूर्णरुपमा आन्दोलनमा होमिने भएको छ । आज बसेको आन्दोलन मुल समितिको बैठकले वैशाख ७ बाट निरन्तर राजधानी...
चैत्र १२ गते, २०८१ - २०:०७
काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पूँजीगत खर्चबारे विषयगत मन्त्रालयहरुसँग छलफल गरेको छ । अर्थ मन्त्रालयका अनुसार २०८१ साल चैत्र ११ गते...
चैत्र १२ गते, २०८१ - २०:०३
काठमाडौं । सत्तापक्षीय दलका शीर्ष नेताको आजको बैठकमा सङ्घीय संसद्मा विचारधीन विधेयकहरुलाई संसदीय प्रक्रियाबाट यथाशीघ्र टुङ्गोमा पुर्याउन पहल गर्ने वि...
चैत्र १२ गते, २०८१ - १९:५९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले आज शिष्टाचार भेटबार्ता भएको छ । थाइल्याण्डका प्रधान...
चैत्र १२ गते, २०८१ - १९:५६
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । मंगलबार साँझ रत्नपार्कस्थित प्राधिकर...
चैत्र १२ गते, २०८१ - १९:५१
मनिला । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युुएचओ) ले सोमबार सदस्य राष्ट्रहरूलाई सन् २०३० सम्ममा क्षयरोग (टीबी) अन्त्यका लागि तत्काल ‘निर्णायक कदम’ चाल्न आह...
चैत्र १२ गते, २०८१ - १९:४७
ढाका । बङ्गलादेशका पूर्व कप्तान तमिम इकबाललाई घरेलु खेलका क्रममा हृदयघात भएपछि होसमा आएकाे र उनले परिवारका सदस्यहरूसँग कुरा गरिरहेकाे क्रिकेट अधिकारीह...
चैत्र १२ गते, २०८१ - १९:४२
मस्को । रुसी सेनाले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलहरू समावेश गरेको सैन्य अभ्यास सुरु गरेको रुसी रक्षा मन्त्रालयले घोषणा गरेको छ । अभ्यासमा रूसक...
चैत्र १२ गते, २०८१ - १९:३६
काठमाडौं । सरकारले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सरकारका प्रवक्ता एवम् सञ्च...
प्रतिकृया लेख्नुहोस्: