जेनेभा । संयुक्त राष्ट्रसङ्घले बङ्गलादेशमा रहेका करिब १५ लाख रोहिङ्ग्या शरणार्थी र उनीहरूका लागि जीवनरक्षक सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घ र साझेदारले करिब एक अर्ब अमेरिकी डलर सहयोग माग गरिरहेको जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घले र १०० भन्दा बढी साझेदारले रोहिङ्ग्या सङ्कटका लागि सन् २०२५–२६ को संयुक्त प्रतिकार्य योजना सुरु गर्न लागेको जनाएको छ । उक्त अपिलमा रोहिङ्ग्या शरणार्थी र ‘होस्ट’ समुदायसहित करिब १४ लाख ८० हजार मानिससम्म पुग्न पहिलो वर्ष ९३ करोड ४५ लाख अमेरिकी डलर माग गरिएको छ । सन् २०१७ मा छिमेकी मुलुक म्यानमारमा भएको सैन्य कारबाहीबाट भागेर आएका बङ्गलादेशका करिब १० लाख मुस्लिम र अधिकांश मुस्लिम अल्पसङ्ख्यक शरणार्थी राहत शिविरमा बस्दै आएका छन् ।
“आठौं वर्षमा पनि रोहिङ्ग्या मानवीय सङ्कट अन्तर्राष्ट्रिय चर्चाबाट धेरै हदसम्म बाहिर छ, तर आवश्यक छ,” सोमबारको विज्ञप्तिमा भनिएको छ । खाद्य सहायता, खाना पकाउने इन्धन वा आधारभूत आवासमा कटौती लगायतका महत्वपूर्ण क्षेत्रमा कुनै पनि कोषको कमीले यस अति जोखिममा रहेको जनसंख्याका लागि गम्भीर परिणाम निम्त्याउने छ ।
यसले धेरैलाई सुरक्षाको खोजीमा खतरनाक डुङ्गा यात्रा गर्नेजस्ता हताश उपायहरू अपनाउन बाध्य पार्न सक्छ । संयुक्त राष्ट्रसङ्घले शिविरमा रहेका शरणार्थी जनसङ्ख्यामध्ये आधाभन्दा बढी महिला र किशोरी रहेको र उनीहरु लैङ्गिक हिंसा र शोषणको उच्च जोखिममा रहेको जनाएको छ । एक तिहाइ शरणार्थी १० देखि २४ वर्ष उमेर समूहका रहेको उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ, “औपचारिक शिक्षामा पहुँच, पर्याप्त सीप विकास र आत्मनिर्भरताका अवसरबिना उनीहरूको भविष्य धरापमा परेको छ ।”
म्यानमाको रखाइन राज्यमा स्थिति शान्तिपूर्ण र सुरक्षित र स्वेच्छिकरूपमा फर्कन अनुकूल नभएसम्म अन्तर्राष्ट्रिय समुदायले शिविरमा रहेका शरणार्थीहरूलाई जीवनरक्षाका लागि आर्थिक सहयोग जारी राख्नुपर्छ, विज्ञप्तिमा भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - २०:०६
काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...
मंसिर २२ गते, २०८२ - २०:०२
काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...
मंसिर २२ गते, २०८२ - २०:००
जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...
मंसिर २२ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । आइतबार कीर्तिपुरस्थित त...
मंसिर २२ गते, २०८२ - १९:१४
उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...
मंसिर २२ गते, २०८२ - १९:१२
वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...
मंसिर २२ गते, २०८२ - १९:०८
काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...
मंसिर २२ गते, २०८२ - १८:१४
काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ । पार्ट...
मंसिर २२ गते, २०८२ - १८:०६
तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...
मंसिर २२ गते, २०८२ - १८:०३
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...




प्रतिकृया लेख्नुहोस्: