काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बजेट बनाउदा ‘आइटि इन्फास्टक्चर’ निर्माणमा जोड दिनुपर्ने बताएका छन् ।
त्रिवर्षीय आर्थिक वर्षको बजेट सीमा तथा स्रोत माथि केन्द्रीत रहि मन्त्रालय अन्तर्गतका विभाग र निकायमाझ बजेट योजना छलफल कार्यक्रममा उनले वृहत्तर उदेश्य बोकेका योजना ल्याउन विभागीय प्रमुखहरुलाई ध्यानर्कषण गराए ।
सूचनाप्रविधिको विकासले राजस्व वद्धिमा निकै ठुलो टेवा पुराएको उल्लेख गर्दै नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले आइटि क्षेत्रको पुर्वाधार निर्माण नहुँदा यस क्षेत्रको विकास सम्भव नहुने धारणा राखे ।
“आइटि इन्फास्टक्चर नभई सोचे जस्तो उत्पादन प्राप्त गर्न कठिन छ”, उनले भने, “आइटिपार्क बनाउने जस्ता वृहत्तर योजना ल्याउनुहोस् ।” त्यस्तै, उनले नेपाललाई प्रविधि मैत्री र इगर्भनेन्स प्रणालीमा लैजान पनि सरकारको लगानी आवश्यक रहेको बताए ।
डेटा सेन्टरहरु निर्माण गर्नु आजको अर्को अति आवश्यक विषय रहेको उल्लेख गर्दे मन्त्री गुरुङले एकिकृत कार्यालय प्रणाली लागु गराउनु, नागरिक एप प्रयोग गर्न अभियान चलाउन जरुरी रहेको उनको जोड छ । यसका लागि आवश्यक बजेट बिनियोजन हुनु पर्ने मन्त्री गुरुङले बताए । उनले सम्बन्धीत विभागीय प्रमुखलाई निर्देशन दिदैँ भने,“डेटा सेन्टरहरु हुनुपर्ने अहिलेको आवश्यकता हो, त्यसको योजना बनाउनुहोस् ।”
प्रतिकृया लेख्नुहोस्: