Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८२ शुक्रबार | 25th April, 2025 Fri
Investment bank

नक्कली प्रमाणपत्र मुद्दामा दुईजना दोषी, ९ दिनअघि दायर मुद्दामा फैसला

खबरडबली संवाददाता

काठमाडाैं । नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा दुईजना दोषी ठहर भएका छन् । विशेष अदालतले सोमबार यस्ता दुई मुद्दामा ठहर हुने फैसला गरेकोमा एउटा मुद्दा एक साता मात्र पुरानो छ ।

पवनकुमार बुढाथोकी प्रतिवादी रहेको नक्कली प्रमाणपत्र मुद्दा दायर भएको एक सातामै ठहरको फैसला भएको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस मुद्दामा फैसला गरेको हो ।

०५३ कात्तिकदेखि निमावि तहमा शिक्षकका रुपमा कार्यरत बुढाथोकीले नियुक्तिकै समय त्रिभुवन विश्वाविद्यालयबाट जारी प्रवीणता प्रमाणपत्र तहको नक्कली लब्धांक पत्र पेस गरेका थिए । तत्कालीन समयमा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ अनुसार उनलाई सजाय तोकिएको छ ।

विशेषका अनुसार ५ हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाइएको छ । बुढाथोकीले २ सय रुपैयाँ प्रतिपूर्ति शूल्कवापतसमेत बुझाउनुपर्ने फैसलामा उल्लेख छ । गत १३ माघमा परीक्षा नियन्त्रण कार्यालय बल्खुले रेकर्डमा उनको नाम नमिलेको भनी जानकारी गराएकाले यस मुद्दामा ठहरको फैसला भएको हो ।

सर्लाहीको बरहथवास्थित श्री चक्र जनता शहीद गंगा माध्यमिक विद्यालयका शिक्षक रहेका उनको नक्कली प्रमाणपत्र रहेको अनुसन्धानबाट देखिएपछि गत ३ चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

यसैगरी गत ११ माघमा दायर यसै प्रकृतिको मुद्दामा पनि ठहरको फैसला भएको छ । चितवनस्थित विपी कोइराला मेमेरियल क्यान्सर अस्पतालमा कार्यरत कमला अधिकारीलाई दोषी ठहर गरिएको छ । 

अधिकारीले प्रशासनतर्फ वरिष्ठ सहायक पदमा बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भेटिएको हो । उनले त्रिभुवन विश्वाविद्यालयबाट जारी भएको देखिने प्रमाणपत्र तहको शैक्षिक योग्यता प्रमाणपत्र पेस गरेकी थिइन् । तर, उक्त कागजात नक्कली प्रमाणित भएपछि ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको हो । साथै उनले ४ सय रुपैयाँ क्षतिपूर्ति शूल्कसमेत बुझाउनुपर्ने भएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्वसाधारणलाई कुटपिट गर्ने ट्राफिक प्रहरी जिम्मेवारी विहीन

काठमाडौं । बाटाेमा हिडिरहेका सर्वसाधारणलाई निर्घात कुटपिट गर्ने चारैजना ट्राफिक प्रहरीकाे जिम्मेवारी खाेसिएकाे छ । कुटपिट गरेकाे घटना सार्वजनिक भए लगत...

सङ्खुवासभा पहिरोले मकालु र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध

सङ्खुवासभा । उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको मकाल र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको पहिरोले मकालु गा...

कटारीबाट माओवादीको ९ दिने जनसाङ्गितिक अभियान सुरु

युवराज कार्की (सन्ताेष) उदयपुर । उदयपुरको कटारीबाट प्रदेश १ (कोशी) प्रदेशमा नेकपा (ओवादी केन्द्र) को ९ दिने जनसाङ्गितिक अभियान सुरु भएको छ । माओवाद...

संरक्षणको पर्खाइमा मोरङको कोलुङ झरना

 मोरङ । तराईमा पनि झरना हुन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, मोरङको सामलिङमा मनै लोभ्याउने झरना छ । यो ‘कोलुङ झरना’ तराई र पहाडको फेदीमा रहेको म...

नयाँबस्तीमाथि बाँसबारीको सहज जित

काठमाडौं । बाँसबारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा नयाँबस्ती क्लबमाथि सहज जित निकालेको छ । एन्फा मैदानमा बिहीबार भएको खेलमा बाँसबारीले नयाँबस्ती...

गभर्नर नियुक्तिमा ढिलाइ हुनु दुर्भाग्यपूर्ण: महत

काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ गर्न नहुने बताएका छन् । बिपी चिन्तन प्रतिष्...

एमालेबाट भयभित भएकाहरूले सरकार ढल्ने भ्रम फिँजाए: प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको राष्ट्रवादी अडान र जनपक्षीय दृष्टिकोणबाट भयभित भइरहेकाहरूले दिनैपिच्छे सरकार ढल्ने हल्ला गर्दै भ्रम...

सरकारले निजी मेडिकल कलेजहरूलाई दिँदै आएका सेवाहरू राेकिने

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल कलेजहरूलाई दिँदै आएका सेवाहरू रोक्ने घोषणा गरेको छ । आवासीय चिकित्सकहरूलाई तलब नदिँदासम्मका...

नेपाल युथ गेम्स मङ्सिरमा

काठमाडौं । सार्थक खेल संसारको आयोजनमा नेपाल युथ गेम्स आगामी मङ्सिर १३ देखि २० गतेसम्म काठमाडौंमा हुने भएको छ । प्रतियोगितामा १५ वर्षमुनिका खेलाडीले...

गेटाफेमाथि रियलको कठिन जित

काठमाडौं । रियल म्याड्रिडले स्पेनिस ला लिगामा गेटाफेमाथि कठिन जित निकालेको छ ।  बुधबार राति भएको खेलमा रियलले गेटाफेलाई उसैको मैदानमा १–० गोलले हरा...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending