हुम्ला । हुम्ला जिल्लामा उत्पादन हुने रैथाने बालीको मूल्य निर्धारण गरिएको छ । जिल्ला प्राथमिक खरिद समितिको बैठकले चालू आर्थिक वर्षका लागि सात प्रकारका रैथाने बालीको मूल्य निर्धारण गरेको जिल्ला खाद्य व्यवस्था समितिका सदस्यसचिव कृष्णबहादुर थापामगरले जानकारी दिए ।
नयाँ मूल्यअनुसार चिनोको चामल प्रतिकेजी १८० रुपैयाँ, कागुनोको चामल प्रतिकेजी १८०, सिमी प्रतिकेजी १७०, तितेफापर प्रतिकेजी १००, मिठे फापर प्रतिकेजी १२०, उवा प्रतिकेजी १२० र कोदो प्रतिकेजी १०० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
चिनो, कागुनो र तितेफापरको मूल्य अघिल्लो वर्षको तुलनामा पाँच रुपैयाँले बढाइएको छ भने सिमीमा प्रतिकेजी १० रुपैयाँ बढाइएको छ । यी सबै रैथाने बालीको खाद्यान्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गाउँपालिकासँग सम्झौता गरेर खरिद गर्नेछ । हुम्लामा रैथाने बालीको आधिकारिक रूपमा मूल्य निर्धारण गर्न सुरु गरिएको यो तेस्रो वर्ष हो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामालगायतको उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८१ - २०:५९
येरेभान । ऐतिहासिक रूपमा रूस–सहयोगी मुलुकका रूपमा मस्कोको कक्षबाट टाढा हुँदै आर्मेनियाको संसद्ले बुधबार युरोपेली सङ्घ (इयु) को सदस्यता प्रक्रिया सुरु ...
चैत्र १३ गते, २०८१ - २०:४५
काठमाडौं । अर्घाखाँचीमा बस दुर्घटना मृत्यु हुनेकाे संख्या चार पुगेकाे छ । बुधबार अर्घाखाँचीको सुपादेउरालीको दर्शन गरेर फर्किंदै गरेको लु २ ख ३०३ न...
चैत्र १३ गते, २०८१ - २०:११
काठमाडौं । हुम्ला केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु हुम्लाको कालिका रहेको थि...
चैत्र १३ गते, २०८१ - २०:०१
काठमाडौं । फिफा विश्वकप–२०२६ मा स्थान बनाइसकेको साबिक विजेता अर्जेन्टिनाले दक्षिण अमेरिकी छनोट खेलमा बलियो प्रतिद्वन्द्वी ब्राजिलमाथि सानदार जित निकाल...
चैत्र १३ गते, २०८१ - १९:४८
बुटवल । बुटवलमा भएको सडक दुर्घटनामा परी तिलोत्तमा नगरपालिकाका वडा सदस्य रामकृष्ण पाठकको मृत्यु भएको छ । तिलोत्तमा-२ का वडा सदस्य पाठक जानकीनगरबाट बुटव...
चैत्र १३ गते, २०८१ - १९:४२
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ मा बाबुले चलाएको ट्रकले किचेर चारवर्षीया छोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार...
चैत्र १३ गते, २०८१ - १९:३४
अर्घाखाँची । अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शितगंगा नगरपालिका २, भुवनपाटामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भ...
चैत्र १३ गते, २०८१ - १९:३०
काठमाडौं । प्रहरीले सुन जस्तो देखिने धातुका विभिन्न गहनासहित ४१ वर्षीय दिपेश लाल चित्रकारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना...
चैत्र १३ गते, २०८१ - १९:२७
चितवन । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले पहिलोपटक मुरली मकै सिफारिसको तयारी गरेको छ । भीमनगर लोकल मुरली मकै सिफारिसको तयारी गरिएको कार्य...
चैत्र १३ गते, २०८१ - १८:४१
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसँग नेपालका लागि जापानका राजदूत तोरु मायदाले शिष्टाचार भेट गरेका छन् । नेपाल सरकारका प्रव...
प्रतिकृया लेख्नुहोस्: