अछाम । नियमित औषधि नखाँदा अछाममा ३८ जना क्षयरोगीको मृत्यु भएको छ । आर्थिक वर्ष ०७८/७९ देखि ०८१/०८२ सम्ममा ३८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
कार्यालयको तथ्यांकअनुसार आव ०७८/७९ मा १३ जना, ०७९/८० मा आठजना, ०८०/८१ मा १२ जना र ०८१/८२ को फागुनसम्म पाँचजना गरी ३८ जनाको मृत्यु भएको देखिन्छ । उनीहरूसहित बिचमै उपचार छाड्ने अन्य क्षयरोगीको संख्या ५५ छ । त्यसमा पनि अधिकांश कामको खोजीमा भारत जानेहरू रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक दीपेन्द्र जोशीले बताए ।
सोमबार विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय अछाममा आयोजित अन्तर्क्रियामा सरोकारवाला माझ सार्वजनिक गरिएको विवरणअनुसार चालू आवको पुससम्ममा ४२ महिला र ६६ पुरुष गरी १०८ जना नयाँ क्षयरोगी पत्ता लागेका छन् ।
प्रतिकृया लेख्नुहोस्: