पाेखरा । गण्डकी प्रदेश सभाबाट सार्वजनिक सडक निर्माण विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मङ्गलबार पारित भएको छ । प्रदेश सभा बैठकले सर्वसम्मत विधेयक पारित गरेको हो ।
विधेयकले प्रदेशभित्रका सडकलाई प्रदेश लोकमार्ग र प्रादेशिक सडकमा विभक्त गरी सडकको दायाँबायाँ मापदण्डसमेत तय गरेको छ । तराई क्षेत्रमा प्रदेश लोकमार्गको सडकको केन्द्रबाट दुवैतर्फ १२.५ मिटर, प्रादेशिक सडक १० मिटर छ । पहाडी क्षेत्रमा प्रदेश लोकमार्ग १० मिटर मापदण्ड बनाइएको छ ।
पहाडमा प्रादेशिक सडक सात मिटर र हिमाली क्षेत्रमा प्रदेश लोकमार्ग ७.५ मिटर, प्रादेशिक सडक पाँच मिटर हुने गरी मापदण्ड निर्धारण गरिएको छ । विधेयक पारित हुनुअघि प्रदेश सभा बैठकमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले दफावार छलफलमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए ।
मन्त्री केसीले विधेयकले ‘राइट अफ वे’ यकिन गरेकाले सडक दायाँबायाँ हुन सक्ने अतिक्रमणलाई रोक्ने विश्वास व्यक्त गरे । गण्डकी प्रदेशभित्रका सडकको अभिलेखीकरण गरी प्रादेशिक सडक सञ्जाल गुरुयोजना तयार गरिने उजको भनाइ छ ।
प्रतिकृया लेख्नुहोस्: