काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको युग व्यक्तिलाई नायक मान्ने राजतन्त्रात्मक व्यवस्थामा फर्कन नसक्ने भएकाले त्यस्तो भ्रममा कोही पर्न नहुने बताएका छन् ।
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा कांग्रेस नेत्री सुजाता कोइरालाद्वारा लिखित ‘म र मेरो सानो बुबा’ (आत्मकथा) को आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले कुनै एक व्यक्ति वा उसको खान्दानलाई संस्था मानेर हिँड्नु पछौटेपन र सामन्तवादी सोच भएको उल्लेख गरे ।
“सबै नेपालीका पूर्खाले लडेर यो देश बनाएको हो, कुनै एकजना व्यक्तिले बनाएको होइन, कसैले नायकत्व दिएको होला फरक त्यत्ति मात्रै हो ।’’, प्रधानमन्त्रीले भने “अबको युग त्यसमा फर्कन सक्दैन, त्यस्तो भ्रमका पछाडि कोही नपर्दा हुन्छ ।’’
प्रधानमन्त्री ओलीले सबैका विचार फरक भए पनि देश बनाउने साझा गन्तव्य एउटै हुनुपर्नेमा जोड दिँदै देश र जनताको हितको सबैले इमान्दारीका साथ काम गर्नुपर्नेमा जोड दिए । उनले लोकार्पित आत्मकथाबाट पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेत्री सुजता कोइरालाको जीवनका विषयमा धेरै जान्न सकिने उल्लेख गरे ।
समारोहमा कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालासँग आफ्नो उतारचडावको सम्बन्ध रहेको स्मरण गरेका थिए । कांग्रेसका नेता डा शेखर कोइरालाले माओवादीको जनयुद्धपछि देशलाई शान्ति प्रक्रियामा ल्ययाउनका लागि पूर्वप्रधानमन्त्री गिरिजाप्रसादले पुर्याउनुभएको योदानको चर्चा गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८१ - १८:४१
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसँग नेपालका लागि जापानका राजदूत तोरु मायदाले शिष्टाचार भेट गरेका छन् । नेपाल सरकारका प्रव...
चैत्र १३ गते, २०८१ - १८:३८
पोखरा । अमेरिकन नागरिक ७२ वर्षीया लोरेटा हुलवर्क गुलाबी कुर्ता सुरुवाल र हातमा रातो चुरा लगाएर जति सुन्दर देखिएकी थिइन्, उतिनै उनका आँखाहरूमा पीडा र ...
चैत्र १३ गते, २०८१ - १८:३३
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । नयाँ ...
चैत्र १३ गते, २०८१ - १८:२८
यस्ता छन् माेर्चाका १४ नारा
चैत्र १३ गते, २०८१ - १८:२०
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर...
चैत्र १३ गते, २०८१ - १८:१५
बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा भएको आगलागीबाट ५० लाख रुपैयाँबराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका निमित्त सूचना अधिकारी तथा प्...
चैत्र १३ गते, २०८१ - १८:११
काठमाडौं । नेपाल एएफसी महिला एसियन कप २०२६ छनोटको ‘पट–२’ मा परेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी) ले बुधबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार ‘पट–२’...
चैत्र १३ गते, २०८१ - १८:०७
काठमाडौं । पुरानो मुद्दा टुंग्याइदिन माग गर्दै नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पनि सर्वोच्च अदालत पुगेका ...
चैत्र १३ गते, २०८१ - १८:०३
काठमाडौं । बैकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्ला, ककनी गाउँपालिका-४ स्थायी ठेगाना भई ...
चैत्र १३ गते, २०८१ - १८:००
काठमाडौं । एएफसी एसिएन कप छनोट–२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको ब्राहिम सुल्तान स्टेडियममा मङ्गलबार...
प्रतिकृया लेख्नुहोस्: