काठमाडौं । प्रहरीले अभय भन्ने अबे तामाङ हत्या प्रकरणमा सङ्लग्न १६ जना पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार २०८१ चैत ११ गते बेलुका साढे सात बजेको समयमा काठमाडौं महानगरपालिका वडा नं. १४ खड्कागाउँस्थित सडकखण्डमा दुई समूहबिच पुरानो रिसिइबीलाई झगडा हुँदा सो घटना घटेको थियो ।
दोलखा जिल्लाको साविक भेड्पु गाविस हाल मेलुङ गाउँपालिका वडा नं. ४ स्थायी घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. ७ बस्ने स्वस्तिका तामाङको छोरा वर्ष २३ को अबे तामाङलाई स्थायी घर पर्सा सखुवा प्रसौनी गाउँपालिका वडा नं. १ भइ हाल काठमाडौंको नागार्जुन नगरपालिका वडन नं. १० स्युचाटार बस्ने वर्ष २१ को आशिष श्रेष्ठसमेतका व्यक्तिहरुले धारिलो हतियार तथा फलामको रडहरु प्रहर गरि घाइते बनाएका थिए । निज तामाङको उपचारको क्रममा मृत्यु भएको थियो ।
सो घटनामा सङ्लग्न श्रेष्ठसहित २१ वर्षीय सुजन तामाङ, २७ वर्षीय राज अर्याल, २० वर्षीय डेनिलय विश्वकर्मा, २० वर्षीय निश्चल ब्लोन तामाङ, १९ वर्षीय सुशान श्रेष्ठ, २३ वर्षीय विनय आले मगर, २१ वर्षीय खेमराज बहादुर मगर, २२ वर्षीय रन्जित श्रेष्ठ, २० वर्षीय साङ्गे तामाङ, २५ वर्षीय अजित बुढाथोकी, २५ वर्षीय रोहित खड्का, २० वर्षीय प्रबिन झेडी, १९ वर्षीय गौतम कमर जोगी, २२ वर्षीय प्रवेश गुरुङ र २२ वर्षीय डेबिड घले पक्राउ परेका हुन् ।
प्रहरीकाअनुसार काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति भइ सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८१ - २०:११
काठमाडौं । हुम्ला केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु हुम्लाको कालिका रहेको थि...
चैत्र १३ गते, २०८१ - २०:०१
काठमाडौं । फिफा विश्वकप–२०२६ मा स्थान बनाइसकेको साबिक विजेता अर्जेन्टिनाले दक्षिण अमेरिकी छनोट खेलमा बलियो प्रतिद्वन्द्वी ब्राजिलमाथि सानदार जित निकाल...
चैत्र १३ गते, २०८१ - १९:४८
बुटवल । बुटवलमा भएको सडक दुर्घटनामा परी तिलोत्तमा नगरपालिकाका वडा सदस्य रामकृष्ण पाठकको मृत्यु भएको छ । तिलोत्तमा-२ का वडा सदस्य पाठक जानकीनगरबाट बुटव...
चैत्र १३ गते, २०८१ - १९:४२
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ मा बाबुले चलाएको ट्रकले किचेर चारवर्षीया छोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार...
चैत्र १३ गते, २०८१ - १९:३४
अर्घाखाँची । अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शितगंगा नगरपालिका २, भुवनपाटामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भ...
चैत्र १३ गते, २०८१ - १९:३०
काठमाडौं । प्रहरीले सुन जस्तो देखिने धातुका विभिन्न गहनासहित ४१ वर्षीय दिपेश लाल चित्रकारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना...
चैत्र १३ गते, २०८१ - १९:२७
चितवन । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले पहिलोपटक मुरली मकै सिफारिसको तयारी गरेको छ । भीमनगर लोकल मुरली मकै सिफारिसको तयारी गरिएको कार्य...
चैत्र १३ गते, २०८१ - १८:४१
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसँग नेपालका लागि जापानका राजदूत तोरु मायदाले शिष्टाचार भेट गरेका छन् । नेपाल सरकारका प्रव...
चैत्र १३ गते, २०८१ - १८:३८
पोखरा । अमेरिकन नागरिक ७२ वर्षीया लोरेटा हुलवर्क गुलाबी कुर्ता सुरुवाल र हातमा रातो चुरा लगाएर जति सुन्दर देखिएकी थिइन्, उतिनै उनका आँखाहरूमा पीडा र ...
चैत्र १३ गते, २०८१ - १८:३३
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । नयाँ ...
प्रतिकृया लेख्नुहोस्: