Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८१ शनिबार | 29th March, 2025 Sat
Investment bank

दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

खबरडबली संवाददाता

काठमाडौं । सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक आज बस्ने भएका छन् । बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नेछ भने दिउसो १:१५ मा राष्ट्रियसभा बैठक बस्नेछ । 

प्रतिनिधि सभा बैठकमा 'बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०'का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिनेछ । त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको 'नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

उनले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव समेत प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको छ । 

राष्ट्रियसभा बैठकमा भने भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । 

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले 'मुस्लिम आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन' सभासमक्ष पेस गर्नेछन् । 

pp

rr

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दक्षिण कोरियामा हालसम्मकै ठूलो डढेलो- कति भयो जनधनको क्षति ? यस्तो छ अहिलेको अवस्था

काठमाडौं । दक्षिण कोरियाका अधिकारीहरूले देशको दक्षिणपूर्वी क्षेत्रमा लागेको डढेलोले यसअघिका त्यस्तो आगलागीले भन्दा धेरै वनजङ्गल जलाउनुका साथै मानवीय क...

जसपा नेपालले किन गर्दैछ परिसङ्घ गठन ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले परिसङ्घ गठन गर्ने भएको छ । नेपालको संविधान, कानून र अन्तर्राष्ट्रिय महासन्धिसमेतले निषेध गरेको लैङ्ग...

गभर्नर नियुक्ति विवादका कारण गठबन्धन धरापमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरको नियुक्तिका विषयमा सत्तारूढ दलबीच विवाद हुँदा गठबन्धन नै धरापमा पर्ने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली...

भारतबाट अब १६ घण्टा बिजुली आयात

काठमाडौं । विद्युत् प्राधिकरणले भारतबाट थप ४ घण्टा बिजुली आयात गर्न पाउने भएको छ । यसअघि दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको प्राधिकरणले शुक्रबारदेख...

कति छ आज सागसब्जी र फलफूलको मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मू...

समाजवादी मोर्चा यी ८ स्थानबाट निकाल्दैछ जुलुस

काठमाडौं । राजावादीहरू सक्रिय भएपछि समाजवादी मोर्चाले काउन्टर दिने गरी आज काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछन् । जसअनुसार मोर्चामा संलग्न रहेका ४ द...

आजको मौसम- पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव, यी स्थानमा हुँदैछ वर्षा

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँक...

समाजवादी मोर्चाको जनप्रदर्शन प्रतिगमनको कूप्रयासविरुद्धको सकारात्मक पहल : शंकर पोखरेल

काठमाडौं । एमालेका महासचिव शंकर पोखरेलले आगामी १५ गते समाजवादी मोर्चाले आयोजना गर्ने जनप्रदर्शनलाई प्रतिगमनको कूप्रयासका विरुद्धको सकारात्मक पहलका रूप...

गणतन्त्रवादी र राजावादीको आज शक्ति प्रदर्शन, यसरी हुँदैछ सवारी व्यवस्थापन

ठुलो संख्यामा प्रहरी परिचालन, राजावादीहरुलाई रिङरोड प्रवेश गर्न नदिने

कुलमान प्रकरण- सत्ता र प्रतिपक्ष दुवैले छाडेनन् अडान, दुई दिनदेखि अवरुद्ध सदन आज चल्ला ?

काठमाडौं । दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । संसद् सचिवालयका अनुसार सो बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ः०० बजेबाट सु...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy