रेसुङ्गा । गुल्मीको मुसिकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–७ की ६० वर्षीया चन्द्रकला कुमालको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
स्थानीय पल्टारस्थित कर्ण बहादुर कुमालले आफ्नै बारीमा बाँदरलाई भगाउनको लागि लगाउनुभएको (तार) परेर श्रीमती चन्द्रकलालाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिए ।
करेन्ट लागेर घाइते कुमालको उपचारको लागि लुम्बिनी वामी हस्पिटलमा पुर्याइए पनि डाक्टरले मृत्यु घोषणा प्रहरी नायव उपरीक्षक थापाले बताए ।
प्रतिकृया लेख्नुहोस्: