Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८२ बिहीबार | 24th April, 2025 Thu
Investment bank

म्याग्दी खोलामा निर्माणाधीन एक जलविद्युत आयोजनाकाे चरम लापरबाही

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दी खोलामा निर्माणाधीन एक जलविद्युत आयोजनाले सुरुङबाट निकालिएको ढुङ्गा, माटो(मकिङ) लाई सिधै नदीमा फालेको छ । आयोजनाले लापरबाही तरिकाले नदीमा फालेको मकिङका कारण नदीको धार नै परिवर्तन हुने जोखिम बढेको स्थानीयहरुको गुनासो छ ।

कालिका हाइड्रो लिमिटेड प्रर्वद्धक रहेको जिल्लाको मालिका गाउँपालिका ६ मा निर्माणाधीन ३५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनाले सुरुङ खन्दा निकालिएको ढुङ्गा, माटो(मकिङ) लाई व्यवस्थित नगरेर म्याग्दी नदीमा फालेको हो ।

आयोजनाले नदीमा फालेको मकिङका कारण नदीको धार नै परिवर्तन हुने जोखिम बढेको स्थानीयहरुले गुनासो गरेका छन् । आयोजनाले सुरुङ खन्दा निस्केको ढुङ्गा र माटो(मकिङ) लाई खाली जग्गा खरिद गरेर व्यवस्थित गर्नुपर्दछ । सिधै खोलामा फाल्दा नदीको धार परिवर्तन हुने,नदीमा बाढी अउने, कटानको जोखिम बढ्ने र जलचर संकटमा पर्ने जोखिम बढेको स्थानीयहरु बताउँछन् ।

आयोजनाले कमेरे स्थित अडित नम्बर २ मा बिस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ खन्दा निस्कीएको ढुङ्गा र माटो नीतिगत व्यवस्था विपरित खोलामा फाल्ने गरेको मालिका गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए ।

उनले भने, "हामीले आयोजनालाई पटक–पटक यस्तो लापरबाही नगर्नुहोस् भनेर मौखिक रुपमा भनेका छौं । तर आयोजनाले जनप्रतिनिधिको कुरा सुनुवाई गर्दैन । सुरुङबाट निस्केको ढुङ्गा, माटो जथाभावी रुपमा नदी किनारमा फालेको छ ।" जलविद्युत आयोजनालाई जवाफदेही बनाउने कसले होला उनले गुनासो पोखे ।

नदीमा फालेको ढुङ्गा र माटोका कारण नदी किनारमा रहेको दरवाङ, बाबियाचौर, तातोपानी, सिंगा र बेनीमा कटानको जोखिम समेत बढ्ने वडाध्यक्ष रोकाले बताए । दरवाङ म्याग्दीखोलाको सुरुङबाट निस्कीएको मकिङ गोज्जा, कमेरे, दरवाङ र ढाँडखर्कको पाखो, नदी किनार र सिधै खोलामा फाल्ने गरेको उनले बताए । "हामीले भनेको आयोजनाले मानेको छैन । आयोजनाले गरेको यो लापरबाहीलाई नियन्त्रण गर्ने निकाय कुन हो ? सम्बन्धीत निकायले चाँढो यता तर्फ ध्यान दिनुपर्‍याे," वडाध्यक्ष रोकाले भने । जनप्रतिनिधि र स्थानीयहरुको कुरा आयोजनाले सुनुवाई नगरेपछि आन्दोलित हुनुपर्ने अवस्था सिर्जना भएको उनले बताए ।

आयोजनाका निर्देशक तेजेन्द्र रोकाले खोलामा मकिङ फाल्नु कमजोरी भएको स्विकार गर्दै जग्गा व्यवस्थापनमा ढिलाई भएका कारण खोलामा फालिएको बताए । आयोजना जग्गाको खोजीमा लागेकाले आगामी दिनमा मकिङलाई चाँडै व्यवस्थित गरिने उनको भनाइ थियो ।

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित २०७५ मा सुरु भएको दरवाङ म्याग्दीखोला जलविद्युत जलविद्युत आयोजनाको छ वर्षमा २० प्रतिशत पनि भौतिक प्रगति भएको छैन । आयोजनाका स्थानीय शेयर लगानीकर्ताहरु निर्माणमा भएको ढिलाइका कारण निराश भएका छन् ।

निर्माण सम्पन्न हुने समयमा पनि आयोजना निर्माणले गति लिन नसकेको भन्दै लगानीकर्ताहरुले असन्तुष्टी पोख्न थालेका छन् । मालिका गाउँपालिका–७ र धवलागिरी गाउँपालिका–७ इल्पुमा बाँध र वडा नं.–१ खोप्तिमा विद्युतगृह प्रस्ताव गरिएको आयोजनाको सुरुङ बाहेकका अन्य भौतिक संरचना निर्माण अझै सुरुनै भएको छैन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजावादी आन्दाेलनमा मारिएका परिवारले जनही १० लाख पाउने

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको घटनामा परी मृत्यु भएका सविन महर्जन तथा सुरेश रजकका परिवारलाई प्रतिपरिवार रु १० लाखका दरले राहत रकम उपल...

मकवानपुरमा बेवारिसे अवस्थामा एक क्विन्टलबढी गाँजा बरामद

मकवानपुर । मकवानपुर प्रहरीले बेवारिसे अवस्थामा रहेको एक क्विन्टलभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरीले जिल्लाको मकवानपुरगढी गाउँपालिका– २, ध...

कम्बोडिया लगेर साइबर दास बनाउने गिरोहका एजेन्ट पक्राउ

काठमाडाैं । आकर्षक रोजगारीको प्रलोभनमा कम्बोडिया लगेर साइबर दास बनाउने गिरोहका एजेन्ट पक्राउ परेका छन् । कैलालीको टीकापुर– २ स्थायी घर भई काठमाडौं रात...

सिन्धुपाल्चोकमा पहिरोले पुरिएर एक्स्काभेटर चालकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एक्स्काभेटर प्रयोग गरेर ढुंगा झिक्ने क्रममा पहिरोले पुरिँदा चालकको मृत्यु भएको छ । नवलपरासी जिल्ला घर भएका अन्दाजी २५ ...

ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने तमोर नदीकाे पुल निर्माण तीब्र

ताप्लेजुङ । स्थानीय सरकारको निरन्तरको दबाबपछि तमोर कोरिडोर सडकअन्तर्गत ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने तमोर नदीमा निर्माण गर्न लागिएको ...

वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेठमा हुने

पार्टी अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने

स्याङ्जाका तीन सामुदायिक विद्यालय सुचारु गर्न तीन पालिकाको आग्रह

स्याङ्जा । शिक्षक आन्दोलनका कारण नयाँ शैक्षिक सत्र सुरु हुन नसकेको कारण तीन पालिकाले पठनपाठन सुचारु गर्न विद्यालयहरूलाई आग्रह गरेको छ । बिरुवा, हरि...

चीनको डिजिटल क्षेत्रमा तीव्र वृद्धि : १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

बेइजिङ । चीनमा निजी क्षेत्रको विस्तार उल्लेखनीय रूपमा बढेको छ । सन् २०२५ मार्चसम्म चीनमा पाँच करोड सत्तरी लाखभन्दा बढी निजी व्यवसायहरू दर्ता भएका छन्,...

तारकेश्वरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडाैं । तारकेश्वरमा भएको दुर्घटनामा एकको मृत्यु भएको छ । तारकेश्वर नगरपालिका–५ मुड्खु चेकपाेस्टनटजिक सडकमा बा.५७ प ६१६६ नम्बरको मोटरसाइकल अनियन...

कश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत

भारत । सन् २००० पछि कश्मीरका सर्वसाधारणमाथि भएको सबैभन्दा घातक आक्रमणमा बन्दुकधारीहरूले पर्यटकहरूमाथि गोली चलाएर कम्तीमा २६ जनाको हत्या गरेको एक दिनपछ...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending