म्याग्दी । म्याग्दी खोलामा निर्माणाधीन एक जलविद्युत आयोजनाले सुरुङबाट निकालिएको ढुङ्गा, माटो(मकिङ) लाई सिधै नदीमा फालेको छ । आयोजनाले लापरबाही तरिकाले नदीमा फालेको मकिङका कारण नदीको धार नै परिवर्तन हुने जोखिम बढेको स्थानीयहरुको गुनासो छ ।
कालिका हाइड्रो लिमिटेड प्रर्वद्धक रहेको जिल्लाको मालिका गाउँपालिका ६ मा निर्माणाधीन ३५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनाले सुरुङ खन्दा निकालिएको ढुङ्गा, माटो(मकिङ) लाई व्यवस्थित नगरेर म्याग्दी नदीमा फालेको हो ।
आयोजनाले नदीमा फालेको मकिङका कारण नदीको धार नै परिवर्तन हुने जोखिम बढेको स्थानीयहरुले गुनासो गरेका छन् । आयोजनाले सुरुङ खन्दा निस्केको ढुङ्गा र माटो(मकिङ) लाई खाली जग्गा खरिद गरेर व्यवस्थित गर्नुपर्दछ । सिधै खोलामा फाल्दा नदीको धार परिवर्तन हुने,नदीमा बाढी अउने, कटानको जोखिम बढ्ने र जलचर संकटमा पर्ने जोखिम बढेको स्थानीयहरु बताउँछन् ।
आयोजनाले कमेरे स्थित अडित नम्बर २ मा बिस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ खन्दा निस्कीएको ढुङ्गा र माटो नीतिगत व्यवस्था विपरित खोलामा फाल्ने गरेको मालिका गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए ।
उनले भने, "हामीले आयोजनालाई पटक–पटक यस्तो लापरबाही नगर्नुहोस् भनेर मौखिक रुपमा भनेका छौं । तर आयोजनाले जनप्रतिनिधिको कुरा सुनुवाई गर्दैन । सुरुङबाट निस्केको ढुङ्गा, माटो जथाभावी रुपमा नदी किनारमा फालेको छ ।" जलविद्युत आयोजनालाई जवाफदेही बनाउने कसले होला उनले गुनासो पोखे ।
नदीमा फालेको ढुङ्गा र माटोका कारण नदी किनारमा रहेको दरवाङ, बाबियाचौर, तातोपानी, सिंगा र बेनीमा कटानको जोखिम समेत बढ्ने वडाध्यक्ष रोकाले बताए । दरवाङ म्याग्दीखोलाको सुरुङबाट निस्कीएको मकिङ गोज्जा, कमेरे, दरवाङ र ढाँडखर्कको पाखो, नदी किनार र सिधै खोलामा फाल्ने गरेको उनले बताए । "हामीले भनेको आयोजनाले मानेको छैन । आयोजनाले गरेको यो लापरबाहीलाई नियन्त्रण गर्ने निकाय कुन हो ? सम्बन्धीत निकायले चाँढो यता तर्फ ध्यान दिनुपर्याे," वडाध्यक्ष रोकाले भने । जनप्रतिनिधि र स्थानीयहरुको कुरा आयोजनाले सुनुवाई नगरेपछि आन्दोलित हुनुपर्ने अवस्था सिर्जना भएको उनले बताए ।
आयोजनाका निर्देशक तेजेन्द्र रोकाले खोलामा मकिङ फाल्नु कमजोरी भएको स्विकार गर्दै जग्गा व्यवस्थापनमा ढिलाई भएका कारण खोलामा फालिएको बताए । आयोजना जग्गाको खोजीमा लागेकाले आगामी दिनमा मकिङलाई चाँडै व्यवस्थित गरिने उनको भनाइ थियो ।
दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित २०७५ मा सुरु भएको दरवाङ म्याग्दीखोला जलविद्युत जलविद्युत आयोजनाको छ वर्षमा २० प्रतिशत पनि भौतिक प्रगति भएको छैन । आयोजनाका स्थानीय शेयर लगानीकर्ताहरु निर्माणमा भएको ढिलाइका कारण निराश भएका छन् ।
निर्माण सम्पन्न हुने समयमा पनि आयोजना निर्माणले गति लिन नसकेको भन्दै लगानीकर्ताहरुले असन्तुष्टी पोख्न थालेका छन् । मालिका गाउँपालिका–७ र धवलागिरी गाउँपालिका–७ इल्पुमा बाँध र वडा नं.–१ खोप्तिमा विद्युतगृह प्रस्ताव गरिएको आयोजनाको सुरुङ बाहेकका अन्य भौतिक संरचना निर्माण अझै सुरुनै भएको छैन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: