काठमाडौं । बैकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट जिल्ला, ककनी गाउँपालिका-४ स्थायी ठेगाना भई हाल काठमाडौं, नागार्जुन नगरपालिका-६ रामकोट बस्दै आएका ३६ वर्षीय विराज तामाङ छन् ।
तामाङलाई मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार इन्दिरा खड्का लगायतका व्यक्तिहरूको जाहेरीका आधारमा दायर भएको बैकिङ कसुर मुद्दामा उनी फरार रहेका थिए ।
उनलाई अनुसन्धानका लागि महाराजगन्ज प्रहरी वृत्तमा पठाइएको छ । उनीविरूद्ध एक करोड ४६ लाख ४४ हजार रुपैयाँ बराबरको बिगो रहेको छ ।
प्रहरी अभिलेख अनुसार तामाङविरुद्ध विभिन्न प्रहरी कार्यालयहरूमा नौ वटा मुद्दा दर्ता छन्, जसमा बैकिङ कसुरसँग सम्बन्धित आर्थिक अपराधहरू समेटिएका छन् ।
प्रहरीले तामाङलाई अदालतसमक्ष पेश गरी कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ ।
प्रतिकृया लेख्नुहोस्: