काठमाडौं । चारदलीय समाजवादी मोर्चाले चैत १५ गतेकाे प्रदर्शनमा एक लाख शुभेच्छुक र समर्थक उतार्ने भएकाे छ । बुधबार एकीकृत समाजवादी को कार्यालय आलोकनगरमा बसेको बैठकले प्रदर्शनमा एक लाख शुभेच्छुक र समर्थक उतार्ने निर्णय गरेकाे हाे ।
प्रदर्शनमा एक लाख शुभेच्छुक र समर्थक उतार्ने समाजवादीको लक्ष्य रहेको मोर्चाका नेता महेन्द्र राय यादवले जानकारी दिए ।
उनका अनुसार नारामा भ्रष्टाचारको विरोध, कुलमान घिसिङको विषय लगायत समेटिएको छ । यस्तै प्रदर्शनको लागि राजधानीका विभिन्न स्थानबाट शान्तिबाटिकामा ११ बजे भेला हुने र त्यहाँ एकीकृत भएर भृकुटी मण्डपमा पुगी सभामा परिणत हुने तय भएको छ ।
प्रतिकृया लेख्नुहोस्: