काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ मा बाबुले चलाएको ट्रकले किचेर चारवर्षीया छोरीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सरोज बरालले चलाएको बा ४ ख ८५९२ नम्बरको ट्रकले किच्दा चारवर्षीया समीक्षा बरालको मृत्यु भएको हो ।
सिन्धुली गोलन्जोर गाउँपालिका–१ घर भएका बराल परिवारसहित नालामा बस्दै आएका थिए । बनेपा– ४, त्रिवेणीस्थित शुभकामना सप्लायर्स नामक बालुवा डिपोमा बस्दै आएका बरालले खाली ट्रक ब्याक गर्ने क्रममा छोरी समीक्षालाई किचेको प्रहरीले जनाएको छ ।
ट्रकले किच्दा घाइते भएकी बालिकालाई उपचारको लागि धुलिखेल अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक प्रहरीको नियन्त्रणमा छ भने चालक सम्पर्कमै रहेकाे प्रहरीले जनाएको छ । बालिकाको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ ।
प्रतिकृया लेख्नुहोस्: