काठमाडौं । अर्घाखाँचीमा बस दुर्घटना मृत्यु हुनेकाे संख्या चार पुगेकाे छ ।
बुधबार अर्घाखाँचीको सुपादेउरालीको दर्शन गरेर फर्किंदै गरेको लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे सन्धिखर्क सडकखण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्स्पेक्टर विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार सुपादेउरालीको दर्शन गरेर फर्किंने क्रममा दुर्घटना भएकाे थियाे । उनका अनुसार मृत्यु हुने तीन जना महिला र एकजना पुरूष रहेका छन् । उनीहरुको पहिचान खुल्न बाँकी छ । यस्तै दुर्घटनामा परी २७ जना घाइते भएका छन् । घाइतेकाे उद्धार गरी उपचारकाे लागि अस्पताल पुर्याइएकाे जनाइएकाे छ । बाँकी विवरण अझै आउन बाँकी रहेकाे प्रहरीकाे भनाइ छ ।
प्रतिकृया लेख्नुहोस्: