बर्दिबास । महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले यो वर्ष दुई लाख क्विन्टलभन्दा बढी चिनी उत्पादन गरेको छ । एभरेस्टले आर्थिक वर्ष ०८१/८२ मा ३१ लाख ४ हजार १६३ क्विन्टल उखु क्रसिङ गरी कूल २ लाख ७० हजार ५८८ क्विन्टल चिनी उत्पादन गरेको हो ।
एभरेस्टका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरका अनुसार यो उत्पादन गत वर्षको तुलनामा पाँच हजार ९९७ क्विन्टलले बढी हो । गत वर्ष ९०८०/८१० मा एभरेस्टले २९ लाख ४ हजार ५११ क्विन्टल उखु क्रसिङ गरी दुई लाख ६४ हजार ५९१ क्विन्टल चिनी उत्पादन भएको थियो ।
तुलनात्मक रूपले यो वर्ष चिनी उत्पादन बढेको देखिए पनि क्रसिङ क्षमता अनुसार उखु उपलब्ध नहुँदा लक्ष्य बमोजिम भने उत्पादन हुन नसकेको ठाकुरले जनाए ।
उनका अनुसार यो वर्ष एभरेस्टले ३५ लाख क्विन्टल उखु क्रसिङ गरी ३ लाख १५ हजार क्विन्टल चिनी उत्पादनको लक्ष्य लिएको थियो । उखु भने लक्ष्यभन्दा करिब ४ लाख क्विन्टल कम आएकोले यसको असर उत्पादनमा परेको हो ।
अर्कोतर्फ चिनीको प्रतिलब्धि घटनाले पनि उत्पादनमा हृास आएको छ । गत वर्षसम्म चिनीको प्रतिलब्धि ९.११ प्रतिशत थियो । यो वर्ष घटेर ८.७२ प्रतिसतमा सिमित भएको छ ।
अर्थात् गत वर्ष एक क्विन्टल उखु क्रसिङ गर्दा ९ किलो ११० ग्राम चिनी उत्पादन भएको थियो । यसपाला भने उत्तिकै उखु क्रसिङ गर्दा घटेर ८ किलो ७२० ग्राममा सीमित भएकाले उत्पादन घटने अर्को कारण हो ।
वित्तीय महाप्रबन्धक ठाकुरले भन्नु भयो ‘चिनीको रिकभरी घट्नु अप्रत्याशित हो । यो समस्या हाम्रो मात्र नभएर भारतमा पनि यही अनुपातमा घटेको छ । के कारणले हो ? स्पष्ट हुन सकेको छैन ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...
पौष २ गते, २०८२ - १५:३५
ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...
पौष २ गते, २०८२ - १५:२०
जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...
पौष २ गते, २०८२ - १५:१३
कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...
पौष २ गते, २०८२ - १४:५९
काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...
पौष २ गते, २०८२ - १४:५१
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...




प्रतिकृया लेख्नुहोस्: