बर्दिबास । महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले यो वर्ष दुई लाख क्विन्टलभन्दा बढी चिनी उत्पादन गरेको छ । एभरेस्टले आर्थिक वर्ष ०८१/८२ मा ३१ लाख ४ हजार १६३ क्विन्टल उखु क्रसिङ गरी कूल २ लाख ७० हजार ५८८ क्विन्टल चिनी उत्पादन गरेको हो ।
एभरेस्टका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरका अनुसार यो उत्पादन गत वर्षको तुलनामा पाँच हजार ९९७ क्विन्टलले बढी हो । गत वर्ष ९०८०/८१० मा एभरेस्टले २९ लाख ४ हजार ५११ क्विन्टल उखु क्रसिङ गरी दुई लाख ६४ हजार ५९१ क्विन्टल चिनी उत्पादन भएको थियो ।
तुलनात्मक रूपले यो वर्ष चिनी उत्पादन बढेको देखिए पनि क्रसिङ क्षमता अनुसार उखु उपलब्ध नहुँदा लक्ष्य बमोजिम भने उत्पादन हुन नसकेको ठाकुरले जनाए ।
उनका अनुसार यो वर्ष एभरेस्टले ३५ लाख क्विन्टल उखु क्रसिङ गरी ३ लाख १५ हजार क्विन्टल चिनी उत्पादनको लक्ष्य लिएको थियो । उखु भने लक्ष्यभन्दा करिब ४ लाख क्विन्टल कम आएकोले यसको असर उत्पादनमा परेको हो ।
अर्कोतर्फ चिनीको प्रतिलब्धि घटनाले पनि उत्पादनमा हृास आएको छ । गत वर्षसम्म चिनीको प्रतिलब्धि ९.११ प्रतिशत थियो । यो वर्ष घटेर ८.७२ प्रतिसतमा सिमित भएको छ ।
अर्थात् गत वर्ष एक क्विन्टल उखु क्रसिङ गर्दा ९ किलो ११० ग्राम चिनी उत्पादन भएको थियो । यसपाला भने उत्तिकै उखु क्रसिङ गर्दा घटेर ८ किलो ७२० ग्राममा सीमित भएकाले उत्पादन घटने अर्को कारण हो ।
वित्तीय महाप्रबन्धक ठाकुरले भन्नु भयो ‘चिनीको रिकभरी घट्नु अप्रत्याशित हो । यो समस्या हाम्रो मात्र नभएर भारतमा पनि यही अनुपातमा घटेको छ । के कारणले हो ? स्पष्ट हुन सकेको छैन ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - १७:३१
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...
फाल्गुन २२ गते, २०८२ - १७:१८
रूकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) यहाँ प्रतिनिधि सभा निर्वाचनमा स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मत...
फाल्गुन २२ गते, २०८२ - १७:१३
रोल्पा । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार उनले १,४७६ मत प्राप्त ...
फाल्गुन २२ गते, २०८२ - १७:०७
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाह मोरङको उर्लाबारी पुगेका छन्। शुक्रबार दिउँसो उनले विराटनगर विमानस्थल हुँदै उर...
फाल्गुन २२ गते, २०८२ - १६:५५
धनकुटा । एकमात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १,५९० मतसहित अग्रता कायम गरेका छन्। मुख्य निर्वाच...
फाल्गुन २२ गते, २०८२ - १६:४७
गोरखा । उत्तरी गोरखाबाट मतदान केन्द्रका मतपेटिका बोकेको नेपाली सेनाको हेलिकप्टर खराब मौसमको कारण गोरखा सदरमुकाममा अवतरण गर्न नसकेर पोखरामा आकस्मिक अवत...
फाल्गुन २२ गते, २०८२ - १६:४०
नेपालगन्ज । प्रतिनिधि सभा सदस्यको निर्वाचनको जारी मतगणना अनुसार बाँके जिल्लाको क्षेत्र नम्बर १ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवा...
फाल्गुन २२ गते, २०८२ - १६:२९
काठमाडौं। सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो मतान्तर बढाउँदै अघि बढेका छन्। पछिल...
फाल्गुन २२ गते, २०८२ - १६:००
झापा। झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाह ले मतान्तर बढाउँदै आफ्नो अग्रता अझ मजबुत बनाएका छन्। यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएक...
फाल्गुन २२ गते, २०८२ - १५:५०
काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ३ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले उज्यालो नेपाल पार्टीका कुलम...



प्रतिकृया लेख्नुहोस्: