Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

गभर्नर नियुक्ति विवादका कारण गठबन्धन धरापमा

खबरडबली संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरको नियुक्तिका विषयमा सत्तारूढ दलबीच विवाद हुँदा गठबन्धन नै धरापमा पर्ने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डमा हुने बिम्स्टेक सम्मेलनअगावै गभर्नर नियुक्ति गर्नका लागि बिहीबार सत्तारूढ दलका नेताहरूको अनौपचारिक बैठकमा गभर्नर नियुक्तिका विषयमा विवाद उत्पन्न भएको थियो ।

प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत सम्मिलित बैठकमा एमालेले गभर्नर छोड्न नचाहेपछि कांग्रेसको टोली असन्तुष्ट भएको हो ।

बैठकमा सहभागी एक नेताले भने, ‘एमालेले अर्थ मन्त्रालय आफूहरूको भएका कारण गभर्नर आफूहरूलाई नै चाहिने अडान राखेको छ ।’ कांग्रेसको टोलीले पनि नेपाल ग्रे लिस्टमा परेकाले र अर्थतन्त्र सुस्त भएकाले अहिले देशको अर्थतन्त्र सम्हाल्नसक्ने गभर्नर चाहिने र त्यसका लागि कांग्रेसको प्राथमिकतामा परेको व्यक्ति निर्विकल्प भएको जिकिर गरेको थियो ।

नेपाल दोस्रोपटक सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानीसम्बन्धी ग्रे लिस्टमा परेपछि कांग्रेसले यसलाई निकाल्न पार्टीगत भन्दा पनि मुलुकको अर्थतन्त्र जोगाउने व्यक्ति गभर्नर बन्नुपर्ने अडान राखेको बताइएको छ ।

इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र क्रिप्टोकरेन्सीजस्ता नयाँ प्रविधिले वित्तीय कारोबार छिटो र सजिलो बनाएका कारण आपराधिक गतिविधि पनि सहज हुनजाँदा समेत यसअघिको एमाले कोटामा परेका गभर्नर महाप्रसाद अधिकारीले प्रभावकारी भूमिका नखेलेको आरोप कांग्रेसको छ ।

ग्रे लिस्टमा परेकाले नेपालको वित्तीय प्रणालीमा नकारात्मक असर पार्ने, विदेशी लगानीमा कमी हुने, व्यापारमा अवरोध हुने, वित्तीय कारोबारमा कठिनाइ र अन्तर्राष्ट्रिय सहयोगमा कमी आउने जिकिर कांग्रेस वृत्तले राखेको थियो । एमालेले भने गभर्नर नछाड्ने तर निकट भविष्यमै खाली हुने संवैधानिकलगायत अन्य राजनीतिक पदहरूमा खाली मिलान गर्न कांग्रेस वृत्तलाई आग्रह गरेको स्रोतको भनाइ छ ।

एमालेले अर्थ मन्त्रालय आफूहरूको भएका कारण गभर्नर आफ्नै दलको हुनुपर्ने अडान राखेपछि कांग्रेसले ऊर्जा मन्त्रालय आफूहरूको हुँदा पनि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एमालेलाई दिएको दृष्टान्त पेस गरेको थियो । कांग्रेसको मन्त्रालय रहेका विभिन्न निकायमा पनि एमालेलाई नै चाहिने र एमालेको भागमा रहेको मन्त्रालय पनि एमालेलाई नै चाहिने भन्दै कांग्रेसको ठूलो वृत्त गठबन्धनप्रति रुष्ट भएको छ ।

बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवा पनि एमालेसँग रुष्ट भएको बुझिन्छ । एमालेको यस्तो रबैयाका विरुद्ध आवश्यक परे गठबन्धन छोड्नसमेत कांग्रेसको ठूलो तप्का तयार देखिन्छ । कुनैपनि हालतमा गभर्नर छोड्न कांग्रेस तयार नदेखिएको स्रोतको भनाइ छ ।

एमालेले गभर्नरको सट्टामा निर्वाचन आयोग वा त्यस्तै अन्य कुनैमा पद बाँडफाँट गर्न सकिने आश्वासन दिएको थियो तर कांग्रेसले सहमति दिएन ।

बिहीबारको कांग्रेस र एमालेको बैठकमा गभर्नरको विषयमा सहमति नभएपछि बैठक बिनानिष्कर्ष टुंगिएको थियो । आफैं असन्तुष्ट रहेका कांग्रेस सभापति देउवाले क्रुद्ध कांग्रेसजनलाई एकपटक पुनः ओलीसँग कुरा गर्ने आश्वासन दिएका बताइएको छ । यस विवादले समग्रमा गठबन्धन नै धरापमा पर्ने सम्भावना बढेको स्रोतको दाबी छ । गठबन्धन नै भत्किने अवस्थामा ओली पग्लिने सम्भावना नभएको पनि होइन ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा बनेको गभर्नर सिफारिस समितिले नाम सिफारिस गर्नुअघि कांग्रेस–एमालेको अनौपचारिक बैठक बसेको बताइएको छ । समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल रहेका छन् । समितिले डेपुटी गभर्नर एक जनासहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान रहेको छ ।

गभर्नर आफूहरूको पक्षमा पार्नकै लागि कांग्रेसले कुलमान घिसिङलाई बर्खास्त गर्न सहमति जनाएको स्रोतको भनाइ छ । यद्यपि, घिसिङलाई कारबाहीको सिफारिस भने कांग्रेस नेता तथा ऊर्जामन्त्री दीपक खड्काले गरेका थिए ।

कांग्रेसको एउटा वृत्तले नबिल बैंकका निवर्तमान सीईओ ज्ञानेन्द्र ढुंगानालाई अगाडि सार्ने प्रचार गरिएपछि प्रधानमन्त्री ओलीले कांग्रेसलाई गभर्नर दिन नचाहेको एमाले पंक्तिको भनाइ छ । प्रधानमन्त्री ओली ढुंगानाको छवि र नबिल बैंकसम्बद्ध मुद्दा राष्ट्र बैंकमा विचाराधीन रहेका कारण उनलाई गभर्नर बनाउन नहुने पक्षमा रहेको बताइएको छ । ढुंगानालाई गभर्नर बनाउँदा स्वार्थको द्वन्द्व हुने भन्दै प्रधानमन्त्रीले विकल्प सोच्न आग्रह गरेको थियो ।

नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा परेको सन्दर्भमा पहिलो दृश्यमै आलोचना हुने पात्रलाई गभर्नर बनाउँदा त्यसले अन्तर्राष्ट्रिय वृत्तमा अझै नकारात्मक सन्देश जानसक्ने बुझाइ प्रधानमन्त्री ओलीको रहेको बताइन्छ । ढुंगानाले सत्ता साझेदार कांग्रेस र व्यापारिक घरानाको दबाब थेग्न नसक्ने बुझाइ एमालेको रहेको छ । यद्यपि, कांग्रेसले भने ढुंगानालाई सूचीमै नराखेको जनाएको छ । स्वार्थको द्वन्द्व हुने बुझाइ कांग्रेसको पनि रहेको र ढुंगानाको छविमाथि प्रश्न उठेकाले उनलाई सूचीमै नराखेको बताइन्छ ।

नेपाली कांग्रेसले डा. रवीन्द्रप्रसाद पाण्डेलाई गभर्नर बनाउन खोजेको बताइएको छ । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भइसकेका पाण्डे राष्ट्र बैंक सञ्चालक समिति सदस्य पनि हुन् । उनले राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष भएर बैंकलाई उकासेका थिए । यद्यपि, कांग्रेसले उनलाई अगाडि सारेपछि प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा रुष्ट छन् । खतिवडाले पाण्डेलाई गभर्नरका रूपमा हेर्न नचाहनु नै अहिलेको प्रमुख विषय रहेको पनि स्रोतको बुझाइ छ ।

गठबन्धन नै भत्किनसक्ने अवस्था आइलागेमा मात्र एमालेले गभर्नर पद कांग्रेसलाई दिनसक्ने पनि स्रोतको बुझाइ छ । एमालेले भने डेपुटी गभर्नर निलम ढुंगानालाई नै गभर्नरका रूपमा उभ्याउन खोजिरहेको छ । स्रोतका अनुसार गभर्नर सिफारिस समितिले डा. पाण्डे र डा. ढुंगानाको नामसँगै अन्य कुनै एक व्यक्तिको नाम समावेश गर्ने सम्भावना रहेको छ । सो नाममा डा. प्रकाश श्रेष्ठ, डा.गुणाकर भट्ट, राजेन्द्र किशोर क्षत्री, सुशील भट्ट वा अन्य कुनैको नाम हुनसक्ने आँकलन गरिएको छ । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

हर्क साम्पाङको आरोप : विदेशी हस्तक्षेपलाई संस्थागत गर्न रवि-बालेन मिलाएर अघि बढाइयो

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताप्रति कडा आलोचना गरेका छन्। उनले उक्त सम्झौता...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। केही दिनदेखि जारी बैठक आज पनि जारी रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलले ब...

एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारको अन्तिम सूची तयार गर्ने

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ। ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टी सचिवालय बैठक बस्न लागेको हो।  बैठकमा समानुपातिक उम्मेद्वारको अ...

रवि–बालेन मिलनको साक्षी कोको हुन् ?

काठमाडौं । लामो समयको प्रयासपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएको छ।  सम्झौता...

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन...

मनाङमा हिउँ चितुवा सर्वेक्षण : ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान

मनाङ । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्...

तराईमा हुस्सु, हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending