Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

केशरजंग बराल भन्छन्- प्रधानमन्त्रीको दबाब र हेपाइले राजीनामा दिन बाध्य भएँ

खबरडबली संवाददाता

काठमाडौं । त्रिवि उपकुलपतिबाट राजीनामा दिएका प्रा.डा. केशरजंग बरालले प्रधानमन्त्री केपी ओलीको कारणले राजीनामा दिए बाध्य भएको बताएका छन्। कार्यकालको १३ महिनामै राजीनामा दिएका बरालले प्रधानमन्त्रीको दबाब र हेपाइले राजीनामा दिएको बताए। 

उनले राजीनामा दिएकोबारे नयाँ पत्रिकासँगको अन्तर्वार्तामा यसो भनेका छन्, 

त्रिविका पछिल्ला घटनाक्रमबारे सबैलाई पनि थाहै छ । पछिल्लोपटक (२७ मंसिर) भएको त्रिवि सभामा बबाल नै मच्चिएको थियो । कर्मचारीले मलाई एक घण्टा थुने । प्रहरीले मेरो रेस्क्यु (उद्धार) गरेको थियो । त्यही सभामा प्रधानमन्त्री (केपी ओली)ले सात दिनमा डिन नियुक्त गर्न अल्टिमेटम दिनुभएको थियो । त्यसको सात दिनपछि सिंहदरबारमा सभाको अर्को बैठक बस्यो । 

उक्त बैठकमा मैले अघिल्लो बैठकको माइन्युट प्रमाणित गर्न प्रधानमन्त्रीकहाँ लगेको थिएँ । तर, उहाँले प्रमाणित गर्नुभएन । खै के कारणले हो मैले धेरैपटक मेसेज पठाउँदा पनि रेस्पोन्स गर्नुभएन । कर्मचारीले थुनेको घटनाले असह्य बनाएको मलाई कुलपतिसमेत रहनुभएका प्रधानमन्त्रीले पनि साथ नदिँदा दिक्क बनायो । त्यसअघि त्रिविको नीति तथा कार्यक्रम वेलैमा पास नगरिदिएरसमेत प्रधानमन्त्रीले हैरान पार्नुभयो । 

असारमै हुनुपर्नेमा मंसिरमा मात्रै पास भएको थियो । प्रधानमन्त्रीले असहयोग गरेपछि उपकुलपति कतिपटक सिंहदरबार धाउने भन्ने विषयले तनाव गरायो । हेपिएको महसुस भयो । माथिल्लो तहबाटै नराम्रो भएपछि, वास्ता नगरेपछि काम गर्ने मनस्थिति पनि बिग्रियो । यस्तै राजनीतिक खेल रहेसम्म त्रिवि बनाउन सकिन्न भन्ने निष्कर्षमा पुगेपछि पदमा बस्न मन लागेन । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

हर्क साम्पाङको आरोप : विदेशी हस्तक्षेपलाई संस्थागत गर्न रवि-बालेन मिलाएर अघि बढाइयो

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताप्रति कडा आलोचना गरेका छन्। उनले उक्त सम्झौता...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। केही दिनदेखि जारी बैठक आज पनि जारी रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलले ब...

एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारको अन्तिम सूची तयार गर्ने

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ। ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टी सचिवालय बैठक बस्न लागेको हो।  बैठकमा समानुपातिक उम्मेद्वारको अ...

रवि–बालेन मिलनको साक्षी कोको हुन् ?

काठमाडौं । लामो समयको प्रयासपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएको छ।  सम्झौता...

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन...

मनाङमा हिउँ चितुवा सर्वेक्षण : ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान

मनाङ । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्...

तराईमा हुस्सु, हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending