काठमाडौं । त्रिवि उपकुलपतिबाट राजीनामा दिएका प्रा.डा. केशरजंग बरालले प्रधानमन्त्री केपी ओलीको कारणले राजीनामा दिए बाध्य भएको बताएका छन्। कार्यकालको १३ महिनामै राजीनामा दिएका बरालले प्रधानमन्त्रीको दबाब र हेपाइले राजीनामा दिएको बताए।
उनले राजीनामा दिएकोबारे नयाँ पत्रिकासँगको अन्तर्वार्तामा यसो भनेका छन्,
त्रिविका पछिल्ला घटनाक्रमबारे सबैलाई पनि थाहै छ । पछिल्लोपटक (२७ मंसिर) भएको त्रिवि सभामा बबाल नै मच्चिएको थियो । कर्मचारीले मलाई एक घण्टा थुने । प्रहरीले मेरो रेस्क्यु (उद्धार) गरेको थियो । त्यही सभामा प्रधानमन्त्री (केपी ओली)ले सात दिनमा डिन नियुक्त गर्न अल्टिमेटम दिनुभएको थियो । त्यसको सात दिनपछि सिंहदरबारमा सभाको अर्को बैठक बस्यो ।
उक्त बैठकमा मैले अघिल्लो बैठकको माइन्युट प्रमाणित गर्न प्रधानमन्त्रीकहाँ लगेको थिएँ । तर, उहाँले प्रमाणित गर्नुभएन । खै के कारणले हो मैले धेरैपटक मेसेज पठाउँदा पनि रेस्पोन्स गर्नुभएन । कर्मचारीले थुनेको घटनाले असह्य बनाएको मलाई कुलपतिसमेत रहनुभएका प्रधानमन्त्रीले पनि साथ नदिँदा दिक्क बनायो । त्यसअघि त्रिविको नीति तथा कार्यक्रम वेलैमा पास नगरिदिएरसमेत प्रधानमन्त्रीले हैरान पार्नुभयो ।
असारमै हुनुपर्नेमा मंसिरमा मात्रै पास भएको थियो । प्रधानमन्त्रीले असहयोग गरेपछि उपकुलपति कतिपटक सिंहदरबार धाउने भन्ने विषयले तनाव गरायो । हेपिएको महसुस भयो । माथिल्लो तहबाटै नराम्रो भएपछि, वास्ता नगरेपछि काम गर्ने मनस्थिति पनि बिग्रियो । यस्तै राजनीतिक खेल रहेसम्म त्रिवि बनाउन सकिन्न भन्ने निष्कर्षमा पुगेपछि पदमा बस्न मन लागेन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: