Ntc summer Offer
Khabar Dabali २० चैत्र २०८१ बुधबार | 2nd April, 2025 Wed
Investment bank

तीनकुनेमा भएको घटनाले लोकतान्त्रिक मुलुकको शिर झुकाएको छः सोविता गौतम

जसको आदेशबाट तीनकुनेमा हिंसा भयो, ऊबाटै क्षति भराउनुपर्छः

खबरडबली संवाददाता

काठमाडौँ  । रास्वपा सांसद सोबिता गौतमले राजावादी समूहले काठमाडौंको तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रको घटनामा संलग्नमाथि छानबिन गरी कारबाहीको माग गरेकी छन् । काठमाडौं क्षेत्र नम्बर २ ९कोटेश्वर, जडिबुटी०बाट निर्वाचित सांसद गौतमले प्रदर्शनका नाममा गरेको घटनाले लोकतन्त्रको शिर झुकाएको बताएकी छन् ।

गौतमले सामाजिक सञ्जालमार्फत शनिबार उक्त घटनाको विरोध गरेकी हुन् ।'हिजो तीनकुनेमा भएको घटनाले हाम्रो लोकतान्त्रिक मुलुकको शिर झुकाएको छ । शान्तिपूर्ण आन्दोलन गर्नु नागरिकको संवैधानिक अधिकार हो, तर त्यसको नाममा सर्वसाधारणमाथि नै आक्रमण गर्नु कदापि स्वीकार्य छैन । कसैको निजी सम्पत्ति घर जलाउनु, एउटा सामान्य मानिसले आफ्नो परिवार पाल्न खोलेको स्टेशनरी पसल जलाएर खरानी पार्नु, औषधी कारखाना जलाउनु, सम्पत्ती लुटपाट गर्नु कुनै राष्ट्रवादी कार्य हैन, हुन सक्दैन । यस्तो हिंसा न त राष्ट्रवादी भाव हो, न त देश सेवाको माध्यम हो । यो सामान्य जनतामाथिको निर्मम प्रहार हो, लुटपाट र डकैती हो' उनको भनाइ छ,'चैत १५ गते शुक्रबार काठमाडौं क्षेत्र नम्बर २ स्थित तीनकुने, कोटेश्वर, बालकुमारी, जडिबुटी तथा सिनामंगल क्षेत्रमा भएका सम्पूर्ण निजी तथा सार्वजनिक सम्पत्तिमाथि भएको आगजनी, लुटपाट तथा क्षति पुर्‍याउने कार्यको घोर निन्दा गर्दछु  ।'

त्यो घटना गराउनका लागि आदेश दिनेमाथि पनि अनुसन्धान गरी कारबाही हुनुपर्ने सांसद गौतमको माग छ ।'जसको आदेशबाट यस्तो हिंसा भयो, जसको उक्साहटबाट यो अपराध भयो ऊबाट यो क्षति भराउनुपर्छ र ती तत्त्वहरूलाई कानुनी कारबाहीको भागिदार बनाउनैपर्छ । सरकारले यस कार्यमा तदारूकता देखाओस् । आपराधिक घटनाको सरकारले तत्काल छानबिन गरोस्' उनको माग छ ।

राजावादीहरूले कान्तिपुर टिभी, अन्नपूर्ण पोस्ट लगायतको कार्यालयमा पनि ढुंगामुढा गर्दै आगजनीको प्रयास गरेका थिए । भिडियो खिच्न गएका पत्रकार सुरेश रजक घरभित्र रहेको बेला बाहिरबाट आगो लगाएर मारिएको थियो ।'भिडियो खिचिरहेको घरमा आगो लगाएर मारिएका पत्रकार सुरेश रजकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । आफ्नो कर्ममा खटिँदा आक्रमणमा परेका पत्रकार दिनेश गौतमलगायतको शीघ्र स्वास्थ्यलाभको कामना' सांसद गौतमले भनेकी छन्,'विभिन्न सञ्चारगृहमा भएका आक्रमणप्रति खेद प्रकट गर्न चाहन्छु  ।' उनले सञ्चारमाध्यम र पत्रकारको सुरक्षामा ध्यान दिन पनि सम्बन्धित पक्षलाई आग्रह गरेकी छन् ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारको गाडी जलाएकोमा पनि सांसद गौतमले आपत्ति जनाएकी छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य घट्यो

काठमाडौँ । मङ्गलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको छ । पछिल्लो दिनयता लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य आज तोला...

भीमफेदीस्थित नेपाली सेनाको ब्यारेकमा आगलागी

मकवानपुर । मकवानपुरको भीमफेदीस्थत नेपाली सेनाको बहुउद्देश्यीय प्लास्टिक कारखाना परिसरमा रहेको सेनाको ब्यारेकमा आगलागी भएको छ । बुधबार बिहान आगलागीबाट ...

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राबिच भेटवार्ता

बैङकक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबिच बुधबार भेटवार्ता भएको छ ।...

रेडियो नेपाल आवाजविहीनको आवाज बन्नुपर्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यसै वर्ष सार्वजनिक सेवा प्रसारण संस्थामा रुपान्तरण भएको रेडियो नेपाललाई नागरिक केन्द्रित बनाउँदै आवाजविहीनहरूक...

राजावादी आन्दोलनमा ज्यान गुमाएका महर्जनको शव परिवारले बुझे, आजै पशुपतिमा अन्त्येष्टी

काठमाडौं । गत १५ गते भएको राजावादी आन्दोलनको क्रममा ज्यान गुमाएका सबिन महर्जनको शव आफान्तले बुझेका छन् । कीर्तिपुर–४का निवासी महर्जनको राजावादीको ह...

लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कनुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कन जरुरी रहेको बताएको छन। आर्थिक वर्ष २०८२/०८३ क...

मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले...

दुःखलाई शक्तिमा परिणत गर्ने कोसिस गर्छौं : राप्रपा सांसद शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले केही नेताहरू थुनिएको र वरिष्ठ नेताको निधनले पार्टी दुखित भएको बताएको छन ।...

नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यकः कांग्रेस सांसद गिरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दुराष्ट्र बनाउन आवश्यक रहेको बताएको छन । मङ्गलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराक...

मंगलबार पनि घट्यो सेयर बजार

काठमाडौं । मंगलबार पनि सेयर बजार घटेको छ ।  जसअनुसार मंगलबार सेयरबजार परिसूचक नेप्से १५.५७ अंकले घटेर २६७७.५५ विन्दुमा पुगेर रोकिएको छ । तर, आज ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy