Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

डोनाल्ड ट्रम्प तेस्रो पटक पनि राष्ट्रपति बन्न पाउने सम्भावना छ ?

खबरडबली संवाददाता

काठमाडौं । डोनल्ड ट्रम्पले अझ फेरि एक पटक राष्ट्रपति बन्ने इच्छा प्रकट ‍गर्दै त्यो ठट्टा नभएको बताएका छन्।

संयुक्त राज्य अमेरिकाको संविधान भन्छ : "कुनै पनि व्यक्ति... दुई पटकभन्दा बढी राष्ट्रपति निर्वाचित हुन पाउँदैन।"  यद्यपि ट्रम्पका केही समर्थकहरू कुनै उपाय निस्किने ठान्छन्।

अमेरिकी सञ्चारमाध्यम एनबीसीसँगको अन्तर्वार्तामा ट्रम्पलाई उनले तेस्रो पटक ह्वाइट हाउस जान खोज्ने सम्भावनाबारे सोधिएको थियो। उत्तरमा उनले "त्यसो गर्नका लागि केही उपायहरू छन्" भने।

"मैले ठट्टा गरेको हैन... धेरै मानिसहरू मैले त्यसो गरूँ भन्ने चाहन्छन्," उनले भने, "तर म उनीहरूलाई प्रायः भन्छु 'हामीले गर्नुपर्ने काम धेरै छ, अहिले हाम्रो सरकार प्रारम्भिक चरणमै छ'।"

ट्रम्प आफ्नो दोस्रो कार्यकाल सकिँदा ८२ वर्षका हुने छन्। उनलाई के उनी "देशको सबैभन्दा कठिन कार्यभार" लिइराख्न इच्छुक छन् भनेर सोधियो। "मलाई काम गर्न मन पर्छ," उनले भने।

यस विषयमा यो उनको पहिलो टिप्पणी हैन। गत ज्यानुअरीमा पनि उनले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै "एक पटक मात्र हैन, दुई वा तीन वा चार कार्यकाल सेवा गर्न पाउनु मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि हुने छ" भनेका थिए।

तर त्यति बेला उनले "फेक मिडिया"का लागि आफूले ठट्टा गरेको बताएका थिए।

अमेरिकी संविधान के भन्छ?

संयुक्त राज्य अमेरिकाको संविधानमा कुनै पनि व्यक्ति तेस्रो पटक राष्ट्रपति बन्न नपाउने स्पष्ट प्रावधान छ। संविधानको बाइसौँ संशोधन भन्छ -

"कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपतिको पदमा निर्वाचित हुन पाउँदैन, अनि अरू नै व्यक्ति निर्वाचित भएको भए पनि दुई वर्षभन्दा बढी राष्ट्रपतिको पदमा बसेको वा राष्ट्रपतिको भूमिका निर्वाह गरेको कुनै पनि व्यक्ति एक पटकभन्दा बढी राष्ट्रपति निर्वाचित हुन पाउँदैन।"

संविधान संशोधन गर्न अमेरिकाका दुवै सदनको दुईतिहाइ अनि सबै राज्यहरूबाट तीनचौथाइ समर्थन आवश्यक हुन्छ।

ट्रम्पको रिपब्लिकन पार्टीको दुवै सदनमा नियन्त्रण कायम भए पनि संविधान संशोधन गर्न चाहिने बहुमत पुग्दैन। अमेरिकाका ५० राज्यका विधायिकामध्ये १८ वटामा डेमोक्र्याटिक पार्टीको बहुमत छ।

के भयो भने ट्रम्प तेस्रो पटक राष्ट्रपति बन्न सक्छन्?

ट्रम्पका समर्थकहरू संविधानमा एउटा छिद्र रहेको र त्यसबारे कहिल्यै अदालत प्रश्न नउठेको बताउँछन्।

अमेरिकी संविधानको बाइसौँ संशोधनले कसैलाई दुई राष्ट्रपतीय कार्यकालभन्दा बढी "निर्वाचित" हुन रोक लगाएको तर "उत्तराधिकार" बारे केही नभनेको तर्क गर्छन्।

यो मान्यताअनुसार ट्रम्प सन् २०२८ को निर्वाचनमा उपराष्ट्रपतिको उम्मेदवार बन्न सक्छन् - सम्भवतः अहिलेका उपराष्ट्रपति जेडी भान्स राष्ट्रपतिको उम्मेदवार बन्दा।

उनीहरू विजयी भए भने भान्सले पदभार ग्रहण गरेपछि तत्काल राजीनामा गर्ने छन् अनि ट्रम्प उनका उत्तराधिकारी बनेर राष्ट्रपति बन्ने छन्।

पड्कास्टर तथा ट्रम्पका सल्लाहकार स्टीभ ब्याननका अनुसार ट्रम्प फेरि "निर्वाचनमा उठ्ने र विजयी हुने" सम्भावना देख्छन्। उनका अनुसार कसरी भन्ने कुराको निर्धारण चाहिँ दुईमध्ये एउटा कुराले गर्ने छ।

टेनसीबाट निर्वाचित सांसद एन्डी ओगल्सले कुनै राष्ट्रपतिलाई लगातार नहुने गरी तेस्रो पटक पनि काम गर्ने अवसर प्रदान गर्नका लागि संविधान संशोधन हुनुपर्ने प्रस्ताव गत ज्यानुअरीमा प्रस्तुत गरेका थिए।

त्यसको अर्थ पहिला राष्ट्रपति बनेका व्यक्तिहरूमध्ये ट्रम्पको मात्र योग्यता पुग्ने छ। उनी सन् २०१६ मा राष्ट्रपति निर्वाचित भएका थिए भने सन् २०२० मा पराजित भएका थिए। उनी सन् २०२४ मा पुनः राष्ट्रपति निर्वाचित भए। बराक ओबामा, बिल क्लिन्टन र जोर्ज डब्ल्यू बुश निरन्तर दुई कार्यकाल राष्ट्रपति बनेका थिए।

संविधान संधोधनका लागि तोकिएको मापदण्डका कारण ओगल्सको प्रस्ताव पारित हुने सम्भावना निकै न्यून छ। मानिसहरूले त्यसबारे चर्चा गर्न भने छोडेका छैनन्।

विरोध कसले गर्छ?

यस विषयमा डेमोक्र्याटहरूको गम्भीर आपत्ति छ। "सरकारमा कब्जा जमाउने र हाम्रो प्रजातन्त्र भताभुङ्ग पार्ने स्पष्ट प्रयासमा यो उनको फेरि अर्को चाल हो," न्यूयोर्कबाट निर्वाचित सांसद ड्यान्यल गोल्डम्यानले भने। ट्रम्पविरुद्धको पहिलो महाभियोगमा उनी मुख्य वकिल थिए।

"कङ्ग्रेसमा भएका रिपब्लिकनहरू संविधानमा विश्वास गर्छन् भने उनीहरूले खुलेरै तेस्रो कार्यकाल राष्ट्रपति बन्ने महत्त्वाकाङ्क्षाको विरोध गर्ने छन्।"

ट्रम्पको पार्टीभित्रका केही नेताहरू पनि तेस्रो कार्यकाल राष्ट्रपति बन्ने इच्छा उपयुक्त नभएको ठान्छन्।

ओक्लोहोमाबाट निर्वाचित रिपब्लिकन सिनेटर मार्क्वेन मलिनले फेब्रुअरीमा आफूले ट्रम्पको त्यस्तो प्रयासलाई समर्थन नगर्ने बताएका थिए।

"सबै अमेरिकी जनताले त्यसो गर्न नचाहेसम्म म संविधान परिवर्तन गर्ने पक्षमा छैन," मलिनले एनबीसीसँग भने।

कानुनविद्हरू के भन्छन्?

यूनिभर्सिटी अफ नोट्र डाममा निर्वाचन कानुनका प्राध्यापक डेरेक मूलर अमेरिकी संविधानको बाइसौँ संशोधनले "राष्ट्रपति पदका लागि संविधानतः अयोग्य कुनै पनि व्यक्ति उपराष्ट्रपति पदका लागि योग्य हुँदैन" भनेको बताउँछन्।

उनका अनुसार त्यसको अर्थ निरन्तर दुई कार्यकाल राष्ट्रपति बनेको व्यक्ति अर्को निर्वाचनमा उपराष्ट्रपतिको उम्मेदवार बन्न पनि पाउँदैन।

"राष्ट्रपतीय कार्यकालसम्बन्धी प्रावधानसँग खेल्न मिल्ने कुनै 'अचम्मको जुक्ति' भए जस्तो मलाई लाग्दैन।"

बोस्टनस्थित नोर्थईस्टर्न यूनिभर्सिटीमा संवैधानिक कानुनका प्राध्यापक जेरमी पोलले सीबीएस न्यूजलाई तेस्रो पटक राष्ट्रपति बन्न "कुनै विश्वसनीय कानुनी तर्क" गर्ने ठाउँ नभएको बताएका छन्।

के यसअघि कोही दुई कार्यकालभन्दा बढी पटक राष्ट्रपति पदमा बसेका छन्?

फ्र्याङ्क्लिन डेलनो (डी) रोजभेल्ट चार पटक निर्वाचित भए। चौथो कार्यकालको तीन महिना पदमा बसेपछि उनको मृत्यु एप्रिल १९४५ मा भयो।

उनी पदमै बसेको बेला अमेरिकाले 'ग्रेट डिप्रेशन' भनिने आर्थिक मन्दी र द्वितीय विश्वयुद्ध खेप्नुपर्‍यो। उनको लामो राष्ट्रपतीय कार्यकालको प्रसङ्ग आउँदा प्रायः यी दुई विषयको पनि चर्चा हुन्छ।

त्यसताका अमेरिकामा राष्ट्रपतिको लागि दुई कार्यकालको सीमा संविधानमा लिपिबद्ध भएको थिएन। सन् १७९६ मा जोर्ज वाशिङ्टनले तेस्रो पटक राष्ट्रपति बन्न अस्वीकार गरेका थिए। त्यही कुरा प्रचलन बनेको थियो।

रोजभेल्टको तन्किएको कार्यकालपछि सन् १९५० को दशकको सुरुतिर संविधानमा बाइसौँ संशोधन गर्दै दुई कार्यकालको सीमा संविधानमा समाविष्ट गरियो। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच महिनामा थपियो सवा खर्ब सार्वजनिक ऋण

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्व...

रवि–बालेन अब ‘एउटै गाडी’मा

काठमाडौं । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठ...

दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्र...

रवि र बालेनबीच ‘वान–टु–वान’ वार्ता, निवासमा भेट गराएका आशिफले भने : कथाको सुखद् सुरूआत भएको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब ६ घण्टा ‘वान–टु–वान’ ...

मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्...

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्...

चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट

काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ ...

शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित, विद्यालयमा बिदा

रौतहट। विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका...

निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौँ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending