Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कनुपर्छ : अर्थमन्त्री पौडेल

खबरडबली संवाददाता

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कन जरुरी रहेको बताएको छन।

आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण सम्बन्धी श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले वितरण र लोकप्रिय हुने भन्दा यथार्थपरक र कार्यान्वयन योग्य कार्यक्रम तथा योजना आवश्यक भएको बताएको हो।

उनले श्रम, सीप, रोजगारी र उत्पादनलाई प्राथमिकता दिनु पर्ने उल्लेख गर्दै वितरणले मात्र उचित प्रतिफल दिन नसक्ने बताए।

अर्थमन्त्री पौडेलले सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमलाई गम्भीर रुपमा समीक्षा गर्न जरुरी रहेको उल्लेख गर्दै विभिन्न मन्त्रालय र निकायसँग भएका कार्यक्रमलाई एकीकृत गर्नुपर्नेमा जोड दिए।

श्रम, रोजगार तथा सामाजिक मन्त्री शरतसिंह भण्डारीले रेमिट्यान्सलाई अझ बढी व्यवस्थित गर्न जरुरी रहेको धारणा व्यक्त गर्दै वैदेशिक रोजगारबाट फर्किएकाको सीप सदुपयोग र आन्तरिक रोजगारीका लागि प्राथमिकता दिनुपर्ने बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमको समीक्षा गरी अघि बढ्नु आवश्यक भएको बताए।

अर्थ सचिव घनश्याम उपाध्यायले सीप विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवन-२ मा रवि लामिछाने ५ हजार बढि मतले अगाडि

चितवन। चितवन-२ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मत गणनाको क्रममा ठूलो अग्रता लिएका छन्। १६,२८३ मत गणना ...

नेपाली कांग्रेसले मुस्ताङबाट खाता खोल्यो, योगेश गौचन विजयी

पोखरा । प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ। कांग्रेसका योगेश गौचन ले एमालेका इन्द्र धारा विष्ट लाई हराउँदै विजयी भएका...

कांग्रेसका आचार्य रसुवामा दोब्बर मतान्तरले अग्रता

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य ले निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतान्तरले अग्रता लिए...

महोत्तरीको निर्वाचन १ मा रास्वपाको अग्रता कायमै

महोत्तरी। महोत्तरी निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा सुरुवातदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लिएको अग्रता निरन्तरत कायम राखेको  छ । ...

चितवन–२ मा रवि लामिछानेको अग्रता

चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ मा मतगणना जारी रहेको छ। पछिल्लो मतपरिणामअनुसार रवि लामिछाने ले ५ हजार ४७५ मत प्राप्त गर्द...

तनहुँ–१ निर्वाचन मतगणना: रास्वपाका वाग्लेको फराकिलो अग्रता

तनहुँ। तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना शुक्रबार बिहान १ बजेदेखि सुरु भएको छ । प्राप्त प्रारम्भिक मत परिणाम अनुसार राष्ट्...

रुकुमपूर्वमा प्रचण्डको अग्रता कायमै

रुकुमपूर्व। रुकुमपूर्वको मतगणनामा सुरु देखि नै नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल (प्रचण्ड) भारी मतले अग्रता कायमै राखेको छन् । भूमे गाउँपाल...

सर्लाही-४ को मतगणना सुरु

सर्लाही ।  नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह उम्मेदवार रहेको सर्लाही–४ मा मतगणना सुर...

चितवन–३ मा सोविता गौतमको अग्रता कायम, रेनु दाहालले मतान्तर घटाइन्

काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की उम्मेदवार सोविता गौतमले अग्रता कायम राखेकी छन्। मतगणनाको पछिल्ल...

चितवन–२ मा रवि लामिछानेको फराकिलो अग्रता कायमै

भरतपुर । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले फराकिलो अग्रता कायम राखेका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE