Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

नेपालीभाषीलाई पुनः देश निकाला गर्न थाल्यो भुटान, अन्तर्राष्ट्रिय समुदाय गुहार्दै शरणार्थी अगुवा

खबरडबली संवाददाता

काठमाडौं  । प्रजातन्त्रको घोषणापश्चात् पनि भुटान सरकारले आफ्ना नागरिकहरूलाई बलपूर्वक देश निष्कासन गर्ने र बेपत्ता पार्ने काम अझै गरिरहेको भन्दै भुटानी राजनीतिक दलहरूले दीर्घकालीन समाधानका लागि पहल गरिदिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

केही दिनअघि अमेरिकामा पुनर्वास भएकामध्ये दश जना भुटानीलाई देश निकाला गरिएको र चार्टर विमानद्वारा पारो विमानस्थल पुर्‍याई भुटान सरकारलाई हस्तान्तरण गरिएको थियो । अमेरिकी अधिकारी फर्किएलगत्तै भुटानले ती शरणार्थीहरूलाई मध्यरातमा सरकारी सवारी साधनमा राखी भारतीय सीमापार गराएको थियो । यसरी सीमापार गराइएकामध्ये आशिष सुवेदी, रोशन तामाङ र सन्तोष दर्जी नेपालस्थित शरणार्थी शिविरमा पुगेका थिए।

त्यस्तै, गएराति मेचीनगर –४ स्थित मिलनटुङ्ग सीमा नाकामा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका ३० वर्षीय अशोक गुरुङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाइएको छ । अन्य ६ जना सम्पर्कविहीन बनेका छन्। यसरी भुटानले देश निकाला गर्ने र बेपत्ता बनाउने कार्यले आफूहरु स्तब्ध र चिन्तित भएको राजनीतिक दलका प्रमुखहरूले बताएका छन्।

हाल चारजना अध्यागमन कार्यालय काँकरभिट्टाको नियन्त्रणमा छन् । जबकि अन्य ६ जनाको अवस्था अझैसम्म अज्ञात छ। शरणार्थी नेताहरुले विश्वका सबै संस्थाहरू, अन्तर्राष्ट्रिय समुदाय, एम्नेष्टी इन्टरनेशनल र विशेष गरी भारत र नेपालस्थित अमेरिकी दूतावासलाई उनीहरूको खोजी गर्न र राज्यविहीनता एवं पहिचानविहीनता हुने स्थितिबाट बचाउन अपिल गरेका छन्।

शरणार्थी नेताहरुले पीडितहरूको मानवको रूपमा बाँच्न पाउने न्यूनतम अधिकार सुनिश्चित गर्नका लागि सहयोग गर्न, भुटानी नागरिकहरूलाई पटक–पटक शरणार्थी बन्नबाट बचाउन, शरणार्थी समस्याको दीर्घकालीन तथा पूर्ण समाधानका लागि बहुपक्षीय वार्ताको विकल्प नहुँदा यथाशीघ्र यस सम्बन्धमा नेपाल सरकारको अग्रसरतामा अन्तर्राष्ट्रिय जगतको सकारात्मक पहल गर्न, हालै भुटानबाट गलत तरिकाले निष्कासित गरिएका र तीन दशक अघिदेखि स्वदेश फर्कन लालायित सबै भुटानीहरूलाई आफ्नै देशमा सहज रूपले बस्नसक्ने वातावरण सिर्जना गर्नका लागि दीर्घकालीन समाधानको पहल र समर्थनका लागि जोडदार माग गरेका छन्।

भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौड्याल, ड्रुक नेशनल काँग्रेस–प्रजातान्त्रिक अध्यक्ष रिन्जिन दोर्जी, भूटानी शरणाली प्रतिनिधि स्वदेश फिर्ती समितिका कार्यबाहक अध्यक्ष तिलक राई, भूटान स्वतन्त्र जनमञ्चका महासचिव डि. व.। सुब्बा र नेशनल रिकन्सिलेशन कमिटी भुटानका संयोजक कृष्णबीर तामाङले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी ध्यानाकर्षण गराएका हुन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending