Ntc summer Offer
Khabar Dabali २० चैत्र २०८१ बुधबार | 2nd April, 2025 Wed
Investment bank

तीनकुनेको भीडलाई उक्साउन रवीन्द्र मिश्र र धवलको भूमिकाबारे राप्रपामा आपत्ति, बैठक बस्दै

खबरडबली संवाददाता

काठमाडौं । राप्रपाले शुक्रबारको हिंसात्मक गतिविधिमा आफ्ना वरिष्ठ नेताहरुको संलग्नता र उत्पन्न परिणामबारे समीक्षा गर्न पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आज अपराह्न तीन बजे राप्रपा मुख्यालयमा कार्यसम्पादन बैठक बोलाएका छन् ।

राप्रपा नेताहरुले आफूहरु संवैधानिक राजसंस्था पुनस्र्थापनाका लागि हुने आन्दोलनहरुमा नेतृत्व र ऐक्यबद्धता जनाउने गरे पनि हिंसात्मक गतिविधि अस्वीकार्य रहेको बताएका छन् । 

राजावादी प्रदर्शनका नाममा तीनकुनेमा हत्या, तोडफोड र आक्रमण हुँदा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा भीडलाई उक्साउन संलग्न भएको विषय यति बेला आम बहसमा छ ।

‘हिजो तीनकुनेमा भएको हिंसात्मक घटना र त्यसमा हाम्रो पार्टीका कतिपय नेता जोडिएको भनी आइरहेका विषयबारे ध्यानाकृष्ट भएको छ,’ राप्रपाका एक पदाधिकारीले भने, ‘हिंसा अस्वीकार्य छ, यस्ता अराजकतामा हाम्रो पार्टी जोडिने भन्ने प्रश्नै आउँदैन।’

भिडलाई उक्साउन राप्रपा वरिष्ठ उपाध्यक्ष तथा आन्दोलन समितिका सदस्य सचिव रवीन्द्र मिश्रले उत्तेजक अभिव्यक्ति दिएका थिए । उनले कुनै पनि आन्दोलन नेतृत्वमा नहुने भन्दै जनतालाई स्वतःस्फुर्त विद्रोहमा आउन अपिल गरेका थिए ।

अध्यक्ष लिङ्देनले राजा फर्काउने आन्दोलन पार्टीकै नेतृत्वमा हुनुपर्ने भन्दै आफ्नो कार्यक्रम २६ चैत र ८ वैशाखमा रहेको घोषणा गरेका छन् । उनले जनधनको क्षति गराउने उद्दण्ड क्रियाकलापमा सहभागी नहुन पार्टीपंक्तिलाई निर्देशन पनि दिएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुलमान र हितेन्द्रदेवको रिटमा सुनुवाइ जारी

काठमाडौं । सर्वोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा बुधबार सुनुवाइ हुँदै छ । मङ्गलबारदेखि सर्वोच्चका...

हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य घट्यो

काठमाडौँ । मङ्गलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको छ । पछिल्लो दिनयता लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य आज तोला...

भीमफेदीस्थित नेपाली सेनाको ब्यारेकमा आगलागी

मकवानपुर । मकवानपुरको भीमफेदीस्थत नेपाली सेनाको बहुउद्देश्यीय प्लास्टिक कारखाना परिसरमा रहेको सेनाको ब्यारेकमा आगलागी भएको छ । बुधबार बिहान आगलागीबाट ...

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राबिच भेटवार्ता

बैङकक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबिच बुधबार भेटवार्ता भएको छ ।...

रेडियो नेपाल आवाजविहीनको आवाज बन्नुपर्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यसै वर्ष सार्वजनिक सेवा प्रसारण संस्थामा रुपान्तरण भएको रेडियो नेपाललाई नागरिक केन्द्रित बनाउँदै आवाजविहीनहरूक...

राजावादी आन्दोलनमा ज्यान गुमाएका महर्जनको शव परिवारले बुझे, आजै पशुपतिमा अन्त्येष्टी

काठमाडौं । गत १५ गते भएको राजावादी आन्दोलनको क्रममा ज्यान गुमाएका सबिन महर्जनको शव आफान्तले बुझेका छन् । कीर्तिपुर–४का निवासी महर्जनको राजावादीको ह...

लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कनुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कन जरुरी रहेको बताएको छन। आर्थिक वर्ष २०८२/०८३ क...

मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले...

दुःखलाई शक्तिमा परिणत गर्ने कोसिस गर्छौं : राप्रपा सांसद शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले केही नेताहरू थुनिएको र वरिष्ठ नेताको निधनले पार्टी दुखित भएको बताएको छन ।...

नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यकः कांग्रेस सांसद गिरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दुराष्ट्र बनाउन आवश्यक रहेको बताएको छन । मङ्गलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराक...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy