Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

म्यानमार भूकम्पमा मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

खबरडबली संवाददाता

मन्डाले। म्यानमारमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ हजार नाघेको म्यानमारको सैन्य सरकार जुन्टाले जनाएको छ । 

भूकम्प घाइतेको संख्या २ हजार ३ सय ८९ पुगेको छ । जुन्टा सरकारका अनुसार ३० जना बेपत्ता छन् । भूकम्पको केन्द्रबिन्दु रहेको मन्डाले क्षेत्रमा १ हजार ५ सय ९१ घरमा क्षति पुगेको छ । मन्डाले क्षेत्रको एक भवनमा कम्तीमा ९० जना फसेका बीबीसीले जनाएको छ ।

भूकम्पका कारण थाइल्यान्डको राजधानी बैंककमा पनि केही मानिसले ज्यान गुमाएका छन् । १५ जनाले ज्यान गुमाएका छन् । थाई उपप्रधानमन्त्री अनुतिन चार्नविराकुल भग्नावशेषमा फसेका कम्तीमा १५ जना मानिसको जीवितै उद्धारको प्रयास भइरहेको जनाएका छन् । उनका अनुसार कम्तीमा सय जना हराइरहेका छन् ।

शुक्रबार दिउँसो म्यानमारको सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस) का अनुसार त्यसको केही मिनेटमा सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

युएसजीएसका अनुसार भूकम्पको गहिराइ जमिनको सतहबाट १० किलोमिटर तल थियो । भूकम्पको केन्द्रबिन्दु म्यानमारको मण्डले सहरबाट १७ किलोमिटर टाढा पर्छ । मन्डाले सहरमा करिब १५ लाखको बसोबास छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन

काठमाडौँ। बितेका २४ घण्टामा दुई  हजार ३४ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख १२ हजार राजस्व दाखिला भएको ...

कपिलवस्तुमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

कपिलवस्तु। जिल्लाको महाराजगंज नगरपालिका १ बगाहिया नाजिक खरेन्द्रपुर सडकअन्तर्गत ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्य...

वडा कार्यालयमा पुग्नुपर्ने योजनाको चिठ्ठी बिचौलियाको हातमा

सर्लाही । लालबन्दी नगरपालिका–१४, नारायणखोलाका वडाध्यक्ष छेनामसिंह घिसिङ आफ्नो वडामा सडक स्तरोन्नतिका लागि विनियोजित योजनाको चिठ्ठी लिन शुक्रबार सदरमुक...

हल्लाको पछि नलाग्न उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी–व्यवसायीमाथि धरपकड गरिने भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ । शुक्रबार साँझ...

नयाँ पुस्ताले ज्येष्ठ नागरिकको अनुभवबाट सिक्नुपर्छ : राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्नेमा जोड दिएको छन् । मनमोहन स्मृति प्रतिष्ठ...

अटिजम र सिकाइ कठिनाइ भएकाका लागि ‘वेदा एकेडेमी’

इटहरी। वेदा एकेडेमी अहिले विशेष आवश्यकता भएका बालबालिकाका लागि आशाको केन्द्र बन्दै गएको छ । इटहरी–९ मा स्थापित एकेडेमी कोशी प्रदेशमा समावेशी शिक्षाको ...

मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...

कीर्तिपुर हत्या प्रकरण: तीन जना आरोपी सार्वजनिक, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु

काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...

सरकारको सूचनापछि एमालेले थाल्यो नयाँ कार्यालय खोजी

काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...

संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रतिपक्षी नेता आङ्देम्बे सिंहदरबार पुगे

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending