Ntc summer Offer
Khabar Dabali २० चैत्र २०८१ बुधबार | 2nd April, 2025 Wed
Investment bank

म्यानमार भूकम्पमा मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

खबरडबली संवाददाता

मन्डाले। म्यानमारमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ हजार नाघेको म्यानमारको सैन्य सरकार जुन्टाले जनाएको छ । 

भूकम्प घाइतेको संख्या २ हजार ३ सय ८९ पुगेको छ । जुन्टा सरकारका अनुसार ३० जना बेपत्ता छन् । भूकम्पको केन्द्रबिन्दु रहेको मन्डाले क्षेत्रमा १ हजार ५ सय ९१ घरमा क्षति पुगेको छ । मन्डाले क्षेत्रको एक भवनमा कम्तीमा ९० जना फसेका बीबीसीले जनाएको छ ।

भूकम्पका कारण थाइल्यान्डको राजधानी बैंककमा पनि केही मानिसले ज्यान गुमाएका छन् । १५ जनाले ज्यान गुमाएका छन् । थाई उपप्रधानमन्त्री अनुतिन चार्नविराकुल भग्नावशेषमा फसेका कम्तीमा १५ जना मानिसको जीवितै उद्धारको प्रयास भइरहेको जनाएका छन् । उनका अनुसार कम्तीमा सय जना हराइरहेका छन् ।

शुक्रबार दिउँसो म्यानमारको सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस) का अनुसार त्यसको केही मिनेटमा सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

युएसजीएसका अनुसार भूकम्पको गहिराइ जमिनको सतहबाट १० किलोमिटर तल थियो । भूकम्पको केन्द्रबिन्दु म्यानमारको मण्डले सहरबाट १७ किलोमिटर टाढा पर्छ । मन्डाले सहरमा करिब १५ लाखको बसोबास छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भीमफेदीस्थित नेपाली सेनाको ब्यारेकमा आगलागी

मकवानपुर । मकवानपुरको भीमफेदीस्थत नेपाली सेनाको बहुउद्देश्यीय प्लास्टिक कारखाना परिसरमा रहेको सेनाको ब्यारेकमा आगलागी भएको छ । बुधबार बिहान आगलागीबाट ...

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राबिच भेटवार्ता

बैङकक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबिच बुधबार भेटवार्ता भएको छ ।...

रेडियो नेपाल आवाजविहीनको आवाज बन्नुपर्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यसै वर्ष सार्वजनिक सेवा प्रसारण संस्थामा रुपान्तरण भएको रेडियो नेपाललाई नागरिक केन्द्रित बनाउँदै आवाजविहीनहरूक...

राजावादी आन्दोलनमा ज्यान गुमाएका महर्जनको शव परिवारले बुझे, आजै पशुपतिमा अन्त्येष्टी

काठमाडौं । गत १५ गते भएको राजावादी आन्दोलनको क्रममा ज्यान गुमाएका सबिन महर्जनको शव आफान्तले बुझेका छन् । कीर्तिपुर–४का निवासी महर्जनको राजावादीको ह...

लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कनुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कन जरुरी रहेको बताएको छन। आर्थिक वर्ष २०८२/०८३ क...

मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले...

दुःखलाई शक्तिमा परिणत गर्ने कोसिस गर्छौं : राप्रपा सांसद शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले केही नेताहरू थुनिएको र वरिष्ठ नेताको निधनले पार्टी दुखित भएको बताएको छन ।...

नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यकः कांग्रेस सांसद गिरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दुराष्ट्र बनाउन आवश्यक रहेको बताएको छन । मङ्गलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराक...

मंगलबार पनि घट्यो सेयर बजार

काठमाडौं । मंगलबार पनि सेयर बजार घटेको छ ।  जसअनुसार मंगलबार सेयरबजार परिसूचक नेप्से १५.५७ अंकले घटेर २६७७.५५ विन्दुमा पुगेर रोकिएको छ । तर, आज ...

गण्डकीका मन्त्री थापाको कार्यकाल : ७९ लाख सामाजिक कार्यमा खर्च

लेखनाथ। गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आफूले सेवा, सुविधावापत पाउने सबै रकम समाजसेवामा खर्च गरेको छन । प्रदे...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy