Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

मंगलबार कतार जान लागेका भोजपुरका दर्जी गोली लागेर थलिए

खबरडबली संवाददाता

काठमाडौं ।  वैदेशिक रोजगारीका लागि भोजपुरका ३० वर्षीय शम्भू दर्जी मंगलबार कतार जाँदै थिए । पारिवारिक भेटघाटपछि उनी कतार जाने गरेर काठमाडौँको गौरीघाट रहेको दिदीको कोठामा आउँदै गर्दा तीनकुनेमा आफूलाई रबरको गोली लागेको बताउँछन् । 

शुक्रबार राजसंस्था पुनर्स्थापनाको माग गर्दै काठमाडौँमा राजावादीहरुले प्रदर्शन गरेका थिए । ‘तीनकुनेमा राजावादीको आन्दोलनका गाडी कोटेश्वरबाट यता आउन सकिन । हिँड्दैँ जान्छु भनेर आउँदै थिए । तीनकुने आइपुग्दा झड्प भइरहेको थियो । प्रहरीले हानेको ग्यासहरुले मेरो अँखा पोल्यो । हिँड्नै सकिनँ,’ अप्रेशनपछि शनिबार राष्ट्रिय ट्रमा सेन्टरको अर्थो ट्रमा हाड–जोर्नी वार्डमा भेटिएका उनले भने,‘ चोककै साईडमा बसेर हेरिरहेको बेला कताबाट गोली आएर लाग्यो थाहा नै भएन । आमा क्यान्सरको बिरामी हुनुहुन्थ्यो । उहाँको उपचार र पारिवारिक भेट सकेर काठमाडौं आएको थिएँ ।’

‘म पाँच वर्ष साउदी बसेर नेपाल आएको हुँ,’ दर्जीले भने,‘ पचास हजार तलब सम्झौता भएसँगै कतार जान लागेको थिए । कतारका लागि धेरै पैसा खर्च गरिसके अब के हुन्छ ? केही सोच्न सकेकै छैन ।’

रामप्रसाद गाउँपालिका–१ खेनाका उनी आफू आन्दोलनकारी नभएको बताउँछन् । कान्तिपुरबाट

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक पर्यटकको रोजाइमा भोजपुर–बेहेर नागबेली सडक

भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...

आफैँले काटेको रुखले लागेर १ जनाको मृत्यु, २ जना घाइते

नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...

जीवनमा मूल्य र महत्त्वको फरक छुटाउन सक्नुपर्छः हर्क साम्पाङ

ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...

तनहुँको गाछेपानीमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...

बाँकेमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...

स्वास्थ्य क्षेत्रमा आमूल सुधारको प्रस्ताव

निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था

सम्पत्ति छानबिनका लागि तयार छु, सरकारले काम गरेको देखेन: वामदेव गाैतम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...

विभिन्न स्थानबाट लागू‌औषधसहित १७ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागू‌औषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...

लुम्बिनीका विद्युतीय बसमा स्वार्थको छायाँ

प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending