Ntc summer Offer
Khabar Dabali २० चैत्र २०८१ बुधबार | 2nd April, 2025 Wed
Investment bank

कुलमानपछि त्रिवि उपकुलपति बराल प्रधानमन्त्रीको तारो : राजीनामा दिन बनाए बाध्य

खबरडबली संवाददाता

काठमाडौं । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङपछि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराल प्रधानमन्त्री केपी ओलीको निसानामा परेका छन् । कुलमानलाई हटाएको एक साता नबित्दै प्राडा बराल पनि राजीनामा दिन बाध्य भएका छन् । अदालतको आदेशविपरीत प्राध्यापक र कर्मचारी स्थायी गर्न प्रधानमन्त्री ओलीले दिएको दबाब थेग्न नसकेपछि उनले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै पुगेर राजीनामापत्र बुझाएका हुन् । 

सर्वोच्च अदालतले नै त्रिविमा प्रतिस्पर्धाविना आन्तरिक विधिबाट स्थायी नगर्न अन्तिम फैसला गरिसकेको अवस्थामा प्रधानमन्त्री ओलीले करारका प्राध्यापक र कर्मचारीलाई स्थायी गर्ने प्रक्रिया थाल्न उपकुलपति बराललाई दबाब दिँदै आएका थिए । करारका चार सय प्राध्यापक र पाँच सय कर्मचारी तथा १६२ चालकलाई आन्तरिक विधिबाट स्थायी गर्न उनीमाथि दबाब थियो । तर, अदालतको विरुद्धमा गएर प्राध्यापक र कर्मचारी स्थायी गर्न सक्ने अवस्था नभएपछि राजीनामा दिएको उनको सचिवालय स्रोतले बतायो । यद्यपि, उनले राजीनामापत्रमा स्वास्थ्य अवस्था ठिक नभएको कारण देखाएका छन् । शनिबार पोखरास्थित घर गएका उनले तनावकै कारण दुवै फोन स्विच्ड अफ गरेका छन् । 

त्रिविका विद्यार्थी रमेश विष्ट र मनिता खत्रीले ३ वर्षअघि दायर गरेको रिटमाथि फागुनमा अन्तिम फैसला गर्दै सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले त्रिवि सिनेटले ०७८ मंसिरमा पारित गरेको कर्मचारी शिक्षक सेवा नियमावली खारेज गरेको थियो । योसँगै राजनीतिक पहुँचका आधारमा करारमा जागिर खाइरहेकालाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने बाटो सर्वोच्चको फैसलाले बन्द गरेको छ । अर्थात्, योग्यता पुगेका सबै नेपाली नागरिकलाई त्रिविको शिक्षक र कर्मचारीमा खुला प्रतिस्पर्धाबाट मात्र स्थायी नियुक्ति दिने बाटो खुला गरेको छ । तर, प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला नै अवज्ञा हुने गरी करारका प्राध्यापक र कर्मचारी स्थायी गर्न उपकुलपति बराललाई दबाब दिँदै आएका थिए । 

त्रिविका रजिस्ट्रार प्राडा केदार रिजालले पनि उपकुलपति बरालको राजीनामा दबाबकै कारण आएको बताए । ‘उहाँले राजीनामा दिनेबारे खासै सल्लाह गर्नुभएको त थिएन, तर यस्तोे कालोे धब्बाजस्तो ठाउँमा कसरी काम गर्ने, जागिर छाड्छु भन्दै आउनुभएको थियो, नभन्दै राजीनामा दिनुभएछ,’ उनले भने, ‘खासमा अहिले त्रिविमा काम गर्न निकै गाह्रो छ, गाह्रोमध्येको पनि सबैभन्दा गाह्रो काम प्राध्यापक र कर्मचारीलाई आन्तरिक विधिबाट स्थानीय गर्नु हो, जुन सम्भव छैन । अदालतले नै प्रतिस्पर्धाविना स्थानीय नगर्न भनेको छ, अदालतको विरुद्धमा जाने कुरै हुँदैन ।’ रजिस्ट्रार रिजालका अनुसार पछिल्लो समय उपकुलपति बरालले बुधबार कार्यालयमा बसेर काम गरेका थिए । बिहीबार र शुक्रबार कार्यालय पुग्ने र फर्किने मात्रै गरेको उनले बताए । 

१० फागुन ०८० मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा बराल उपकुलपति नियुक्त भएका थिए । तत्कालीन शिक्षामन्त्री अशोककुमार राई नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो । सोही आधारमा मेरिटअनुसार नै बराल उपकुलपति नियुक्त भएका थिए । तर, प्रचण्ड सरकार फेरिएर ओली प्रधानमन्त्री बनेपछि उनीमाथि निरन्तर दबाब सुरु भएको थियो । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले उपकुलपतिले राजनीनामा दिएको विषयमा प्रधानमन्त्री कार्यालय नै बढी जिम्मेवार हुने बताए । ‘उहाँले राजीनामा दिनुभएको कुरा कुलपति (प्रधानमन्त्री)लाई बढी जानकारी हुन्छ, किनभने उहाँले राजीनामापत्र बुझाउने पनि कुलपतिलाई नै हो,’ उनले भने, ‘तर, यति छिटो राजीनामा दिनु भनेको त्रिविको लागि राम्रो होइन ।’ प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बरालको राजीनामा स्वीकृत भने भइसकेको छैन । 

त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझा उपकुलपति बरालले दबाबकै कारण राजीनामा दिएको बताउँछन् । ‘उहाँले राजीनामा दिएको बारे शनिबार दिउँसो मात्रै थाहा पाएँ, सायद दबाबकै कारण राजीनामा दिनुभएको हो भन्ने लाग्छ,’ उनले भने, ‘वास्तवमा उहाँलाई दबाब परेको देखिन्थ्यो, तर आफूमाथि परेको दबाबबारे हामीलाई जानकारी गराउनुभएन ।’ 

त्रिविका अर्का एक पदाधिकारीले कुलमानजस्तै उपकुलपति बराल पनि प्रधानमन्त्रीको निसानामा परेको बताए । ‘उहाँले राजीनामा दिएको कारण स्वास्थ्य देखाए पनि प्राध्यापक र कर्मचारी व्यवस्थापनमा उहाँलाई पछिल्लो समय निकै दबाब आएको थियो, अन्य व्यक्तिलाई उहाँले खुलेर सेयर पनि गर्नुभएन, अन्ततः राजीनामाको निचोडमा पुग्नुभएछ,’ ती पदाधिकारीले भने, ‘कुलमानजस्तै उहाँ पनि प्रधानमन्त्रीको निसानामा हुनुहुन्थ्यो । प्रधानमन्त्रीले उहाँलाई करारका कर्मचारी व्यवस्थापन गर्ने जिम्मा लगाउनुभएको थियो, तर त्यो पार लाग्ने विषय नै होइन, अदालतको स्टे अर्डर छ ।’ 

शिक्षाविद् विद्यानाथ कोइराला पछिल्लो समय आफूले भेट्दा पनि उपकुलपति दबाबमा देखिएको बताए । दलका मान्छेले जे गरे पनि उपकुलपतिले मान्नुपर्ने अवस्था आउनु राम्रो नभएको उनको टिप्पणी छ । ‘पछिल्लो समय मैले भेट्दा पनि उहाँ दबाबमै हुनुहुन्थ्यो जस्तो लाग्छ, त्यतिवेला मैले त्रिविका प्रशासनिक कार्यालय सातै प्रदेशमा लगेर केन्द्रीय कार्यालयलाई प्रशासनिक कामको बोझ हटाउने आइडिया सेयर गरेको थिएँ, उहाँ त्यसमा सहमत हुनुहुन्थ्यो, तर राजीनामा नै दिनुभएछ,’ उनले भने, ‘यो दलको निहुँ खोजाइ हो, सत्तामा उहाँलाई सहज भएन, पेलपाल भयो । दलका मानिसहरूले जे गरे पनि भिसीले मान्नुपर्ने अवस्था आउनु राम्रो होइन । काम गर्न नदिने, हैरानी बनाउने भएपछि उहाँले राजीनामा दिनुभएको होला ।’

त्रिवि स्रोतका अनुसार पछिल्लो समय रेक्टर र रजिस्ट्रारले समेत उपकुलपति बराललाई असहयोग गर्न थालेका थिए । उपकुलपतिले आफ्नो कार्यकक्षमा बोलाउँदा पनि उनीहरू आउन छाडेका थिए । ‘दुई वर्षदेखि करारमा कार्यरत प्राध्यापक र कर्मचारीहरू आन्दोलनरत छन् । एकातर्फ कोटा पनि खाली छ, तर विज्ञापन खुलाएर कर्मचारी र प्राध्यापक राख्न खोज्दा अदालतले रोकिदिन्छ,’ उपकुलपति सचिवालयका एक कर्मचारीले भने, ‘अर्कातर्फ स्ववियु चुनाव र विद्यार्थीका अनेकौँ मागले गर्दा काम गर्न नसक्ने अवस्था भयो, अस्तव्यस्ताका कारण उहाँले राजीनामा दिनुभयो ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी सांसद घर्तीसँग वार्ता- राजसंस्था फर्काउँछु र देहत्याग गरेका हजुरबालाई फर्काउँछु भन्नु उस्तै हो

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पूर्णबहादुर घर्ती सङ्घीय संसद्, प्रतिनिधिसभाको सांसद छन्। उनी प्रतिनिधिसभा निर्वाचन २०७९ मा रुकुमपू...

दुर्गा प्रसाईं तराई वा भारतमा लुकेको प्रहरीको आशंका

काठमाडौं । नेपालमा व्यवस्थाविरोधी आन्दोलनलाई हिंसात्मक रूप दिएर फरार दुर्गा प्रसाईंलाई पक्राउ गर्न सुरक्षा निकायलाई कठिन भएको छ। शुक्रबार साँझदेखि फरा...

सहकारी ठगीमा संलग्न दुई फरार कांग्रेस र राप्रपा सांसदको पद जोगाउन चलखेल, सभामुखकै साथ

रविलाई भने सभामुखले फास्ट ट्रयाकमा गरेका थिए निलम्बन

एसइईको नतिजा असार ७ गतेभित्र सार्वजनिक गर्ने तयारी

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई)  सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार देशभरका दुई हजार ७९ प...

सागसब्जी र फलफूल किन्न जाँदै हुनुहुन्छ ? यस्तो छ आजको मूल्य

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मू...

ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१)मा उजुरी दिनेको सङ्ख्या उल्लेख्य देखिएको छ ।  काममा ढिलासुस्ती...

भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोज...

नवरात्र सुरु भएसँगै कालिका मन्दिरमा पर्यटक बढे

बागलुङ । चैते दसैँ सुरु भएसँगै यहाँस्थित कालिका मन्दिरमा धार्मिक पर्यटकको बढेका छन् । आइतबारदेखि नवरात्र सुरु भएको छ । चैते दसैँसमेत भनिने यस पर्वमा द...

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच आज भेटवार्ता हुँदै

बैङ्कक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान् शिनावातबिच आज भेटवार्ता हुँदैछ । थाइल्याण्...

विदेशी मुद्राको विनिमयदर, कसको मूल्य कति ? (सूचीसहित)

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले वुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy