काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स–रे गर्न ढिलाइ भएको छ ।
पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा रजकको शव पठाइए पनि अहिलेसम्म पोस्टमार्टम हुन नसकेको हो । पोस्टमार्टममा संलग्न चिकित्सकले रजकको शरिरको पोर्टेबल एक्स–रे नगरी पोस्टमार्टम गर्न अस्वीकार गरेको स्रोतले बतायो । ‘राजावादी प्रदर्शनमा मृत्यु भएका दुई जनाकै शव पोस्टमार्टमका लागि पठाएका थियौं । एक जनाको पोस्टमार्टम भए पनि अर्को एक जना पत्रकारको भने पोस्टमार्टम हुन सकेको छैन’ परिसरका एक अधिकृतले भने, ‘गोली लागेको भन्ने हल्ला चलेपछि पोर्टबल एक्स–रे नगरी पोस्टमार्टम नगर्ने चिकित्सकको अडान छ ।’
पुरै शरीरको पोर्टेबल एक्स–रे गर्ने भनिए पनि त्रिवि शिक्षण अस्तालमा त्यस्तो एक्स–रे मेसिन नरहेकाले अन्यत्र बुझ्ने काम भइरहेको प्रहरीको भनाइ छ ।
‘प्रोटोकल अनुसार नै जलेको शरीरको एक्सरे गर्नुपर्ने हुन्छ । जसले मृत्युको कारण पत्ता लगाउन सहयोग गर्छ,’ विभाग एक चिकित्सकले भने, ‘ हामीसँग भएको एक्सरे मेसिन बिग्रिएकाले समय लागेको हो । ’
यसैगरी रजकको मृत्यु गोली लागेको भएको भन्ने बाहिर हल्ला आएको त्यसले विवाद निम्ताउनेसक्ने भएकाले एक्सरे गर्न लागिएको ती चिकित्सक बताउँछन् ।
‘हवाइ दुर्घटनामा परेका मानिसको पनि एक्सरे गरेमात्रै शवको पोस्टमार्टम गर्ने गरिएको छ,’ ती चिकित्सक भन्छन्, ‘अर्को एक्सरे मेसिनका लागि निर्देशकज्यूसँग भनेका छौं । व्यवस्थापन भइरहेको होला ।’
गोली लागे–नलागेको कुरा एक्सरेबाट मात्र थाहा हुने ती चिकित्सकले बताए । ‘शरीर पुरै जलेको अवस्थामा छ । त्यसकारण गोली लागेको थियो, थिएन भने देख्न गाह्रो पर्छ । त्यसकारण पनि एक्सरे गर्न लागेका हौं,’ ती चिकित्सक भन्छन् ।
फरेन्सिक विभागमा एक्सरे मेसिनको व्यवस्था हुनेबित्तिकै एक्सरे गरेर पोस्टमार्टमको प्रक्रिया अघि बढ्ने ती चिकित्सकले जानकारी दिए ।
केही मिडिया तथामा सामाजिक सञ्जालमा पत्रकार रजकलाई गोली लागेको भन्दै खबरहरु सार्वजनिक भएका थिए । त्यसपछि चिकित्सकले एक्स–रे नगरी पोस्टमार्टम नगर्ने बताएका हुन् । यता प्रहरीले भने विज्ञप्ती निकाल्दै भ्रामक खबरहरु फैलाइएको र त्यस्तो खबर फैलाएर कारबाहीसम्म गर्ने बताएको थियो ।
रजकसँगै पठाइएका सुरेश महर्जनको भने पोस्टमार्टम भइसकेको छ । प्रहरी स्रोतका अनुसार उनको दायाँ हातको कुहिने नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - २०:०५
काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...
पौष ११ गते, २०८२ - २०:०४
धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...
पौष ११ गते, २०८२ - १९:५७
विराटनगर । विराटनगर महानगरपालिकाले आजदेखि पिपीआर तथा स्वाइन फिभरविरुद्धको निःशुल्क खोप अभियान सुरु गरेको छ। महानगरपालिकाको कृषि तथा पशुपन्छी विकास ...
पौष ११ गते, २०८२ - १९:५४
वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वीरगञ्ज नाका हुँदै आठ अर्ब ७७ करोड रुपैयाँ बराबरका विभिन्न १७ प्रकारका खाद्यवस्तु आयात भएका छन्। वी...
पौष ११ गते, २०८२ - १९:५३
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा पाँच जनालाई नियुक्त गरेका छन्। मन्त्री गुप्ताले ...
पौष ११ गते, २०८२ - १९:४९
काठमाडौं । सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ११ किलो गाँजासहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी ना...
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...




प्रतिकृया लेख्नुहोस्: