काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स–रे गर्न ढिलाइ भएको छ ।
पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा रजकको शव पठाइए पनि अहिलेसम्म पोस्टमार्टम हुन नसकेको हो । पोस्टमार्टममा संलग्न चिकित्सकले रजकको शरिरको पोर्टेबल एक्स–रे नगरी पोस्टमार्टम गर्न अस्वीकार गरेको स्रोतले बतायो । ‘राजावादी प्रदर्शनमा मृत्यु भएका दुई जनाकै शव पोस्टमार्टमका लागि पठाएका थियौं । एक जनाको पोस्टमार्टम भए पनि अर्को एक जना पत्रकारको भने पोस्टमार्टम हुन सकेको छैन’ परिसरका एक अधिकृतले भने, ‘गोली लागेको भन्ने हल्ला चलेपछि पोर्टबल एक्स–रे नगरी पोस्टमार्टम नगर्ने चिकित्सकको अडान छ ।’
पुरै शरीरको पोर्टेबल एक्स–रे गर्ने भनिए पनि त्रिवि शिक्षण अस्तालमा त्यस्तो एक्स–रे मेसिन नरहेकाले अन्यत्र बुझ्ने काम भइरहेको प्रहरीको भनाइ छ ।
‘प्रोटोकल अनुसार नै जलेको शरीरको एक्सरे गर्नुपर्ने हुन्छ । जसले मृत्युको कारण पत्ता लगाउन सहयोग गर्छ,’ विभाग एक चिकित्सकले भने, ‘ हामीसँग भएको एक्सरे मेसिन बिग्रिएकाले समय लागेको हो । ’
यसैगरी रजकको मृत्यु गोली लागेको भएको भन्ने बाहिर हल्ला आएको त्यसले विवाद निम्ताउनेसक्ने भएकाले एक्सरे गर्न लागिएको ती चिकित्सक बताउँछन् ।
‘हवाइ दुर्घटनामा परेका मानिसको पनि एक्सरे गरेमात्रै शवको पोस्टमार्टम गर्ने गरिएको छ,’ ती चिकित्सक भन्छन्, ‘अर्को एक्सरे मेसिनका लागि निर्देशकज्यूसँग भनेका छौं । व्यवस्थापन भइरहेको होला ।’
गोली लागे–नलागेको कुरा एक्सरेबाट मात्र थाहा हुने ती चिकित्सकले बताए । ‘शरीर पुरै जलेको अवस्थामा छ । त्यसकारण गोली लागेको थियो, थिएन भने देख्न गाह्रो पर्छ । त्यसकारण पनि एक्सरे गर्न लागेका हौं,’ ती चिकित्सक भन्छन् ।
फरेन्सिक विभागमा एक्सरे मेसिनको व्यवस्था हुनेबित्तिकै एक्सरे गरेर पोस्टमार्टमको प्रक्रिया अघि बढ्ने ती चिकित्सकले जानकारी दिए ।
केही मिडिया तथामा सामाजिक सञ्जालमा पत्रकार रजकलाई गोली लागेको भन्दै खबरहरु सार्वजनिक भएका थिए । त्यसपछि चिकित्सकले एक्स–रे नगरी पोस्टमार्टम नगर्ने बताएका हुन् । यता प्रहरीले भने विज्ञप्ती निकाल्दै भ्रामक खबरहरु फैलाइएको र त्यस्तो खबर फैलाएर कारबाहीसम्म गर्ने बताएको थियो ।
रजकसँगै पठाइएका सुरेश महर्जनको भने पोस्टमार्टम भइसकेको छ । प्रहरी स्रोतका अनुसार उनको दायाँ हातको कुहिने नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: