Ntc summer Offer
Khabar Dabali २० चैत्र २०८१ बुधबार | 2nd April, 2025 Wed
Investment bank

सडक स्तरोन्नतिको वहनामा तीन सयभन्दा बढी वरपिपलका चौतारी नष्ट

रामापुरमा एक महिनाअघिसम्म रहेको वरपिपलको चौतारी । तस्बिरः छविलाल पाण्डे ।
खबरडबली संवाददाता

बुटवल  । बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नतिका क्रममा सडक किनारमा रहेका तीन सयभन्दा बढी वरपिपलका चौतारी (चौपारी) काटिएको छ ।   सडक स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढिरहेका बेला पहिलो चरणमा सडक किनारमा रहेका करिब सात हजार रुख काटिएको छ भने त्यसमध्ये तीन सयभन्दा बढी वरपिपलका चौतारी कटानमा परेका हुन् । 

बुटवल–गोरुसिङ्गे सडक आयोजना बुटवल प्रमुख कुशलता न्यौपानेले रुख र चौतारीको कटानको काम सकिएको र अब सडक किनारमा रहेका यात्रुका बनेको प्रतीक्षालयसमेत हटाउन सुरु भएको जानकारी दिए । सडक किनारका रुख, चौतारी र यात्रु प्रतीक्षालयसमेत हटाउँदा अहिले बुटवल–गोरुसिङ्गे सडकखण्ड उजाड देखिएको छ ।  

वन तथा वातावरणविज्ञ युवराज कँडेलले बुटवलदेखि गोरुसिङ्गेसम्मको करिब ५० किलोमिटर सडकखण्डमा करिब तीन सय वरपिपल र शमीका चौतारी काटिएको बताउँदै वातावरणका दृष्टिले चिन्ताजनक कुरा भएको बताए । गर्मीमा वरपिपल र शमीको चौतारीमा बस्दा गर्मीको महसुस नहुने तथा स्थानीय ज्येष्ठ नागरिकलाई यी चौतारी दिन कटाउने माध्यम बनेका थियो । 

बुटवल–१७, तामनगरका स्थानेश्वर पौडेलले विकासका लागि सडक विस्तार हुनु खुसीको कुरा भए पनि सडक किनारका वरपिपलका चौतारी काटिएकामा निकै दुःख लागेको बताए । उनले आफूहरू जस्ता धेरै ज्येष्ठ नागरिक यिनै वरपिपल र शमीका चौतारीमा बसेर दिन कटाउने गरेकोमा अब सबै काटिएपछि बसिबियाँलो गर्ने ठाउँसमेत नहुने कुराले पिरोलेको बताए ।   

वातावरणविज्ञ युवराज कँडेलले वरपिपल र शमीका चौतारी मासिँदा वातावरणमा असर पर्ने भन्दै सडकलाई बाधा नपर्ने गरी सडक छेउछाउमा रुखबिरुवा लगाउनुपर्ने बताए । पण्डित पीताम्बर भुसालले हिन्दु धर्ममा वरपिपल र शमी हरेक मङ्गल कार्यमा आवश्यक पर्ने भन्दै जति काटिएको छ, त्योभन्दा धेरै लगाउन आग्रह गरे ।  बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रमुख न्यौपानेले करिब सात हजार रुख कटान भएकाले अब एक रुख बराबर १० रुख रोप्न आयोजनाले वन विभागलाई करिब चार करोड रुपियाँ उपलब्ध गराइसकेको बताए ।  तत्कालीन राजा महेन्द्र शाहको पालामा २०१९ सालमा बनेको बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडकखण्ड ६२ वर्षपछि विस्तारको काम भइरहेको हो । 

बुटवल–नारायणगढ सडकमा जस्तो जनतालाई सास्ती नहोस् भन्ने उद्देश्यले बुटवल–गोरुसिङ्गे खण्ड विस्तार गर्दा अहिलेको पिच नभत्काई गर्ने पूर्वतयारी छ । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले उक्त सडक विस्तारका लागि १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपियाँमा गत असार १३ गते ठेक्का लिएको हो ।

आयोजनाका अनुसार ५० किलोमिटर सडक दुई चरणमा २५र२५ किलोमिटर गरी विस्तार गर्न लागिएको हो । पहिलो चरणका लागि सात अर्ब ८९ करोड ४३ लाख र दोस्रो चरणका लागि पाँच अर्ब ६६ करोड २२ लाख रुपियाँमा ठेक्का लागेको हो । पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुने छ भने १४९ वटा कलभर्ट पनि निर्माण हुने छ । आयोजनाका अनुसार सडक विस्तारको काम सहरी क्षेत्रमा ५० मिटर, सहरोन्मुख क्षेत्रमा ३७।४ मिटर र जङ्गल क्षेत्रमा २४ मिटर चौडाइ कायम हुने छ ।   

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुबईबाट फर्किने यात्रु ल्यापटप ओसार्न लगाउँदै, न्युरोडमा भन्सार छलेर पसल चलाउँदै

व्यापारीसहित ७ जना पक्राउ, ७२ थान ल्यापटप बरामद

पक्राउ परिन् युट्युबर गंगा लामा

काठमाडौं । युट्युबर गंगा लामा पक्राउ परेकी छन् । साइबर अपराधको कसुरमा प्रहरीले लामालाई मङ्गलवार पक्राउ गरेको हो । मोरङको मिक्लाजुङ गाउँपालिका ६ बेत...

विदेशबाट फर्केर बगरमा तरभुजाखेती

देउखुरी । लमहीका युवराज पौडेल दुई वर्ष साउदीअरब बसेर २०७५ सालमा नेपाल आए। यहाँ आएपछि के काम गर्ने भन्ने उनलाई अन्योल थियो। साउदीमा पानीको मात्रा धेरै ...

नेपालीभाषीलाई पुनः देश निकाला गर्न थाल्यो भुटान, अन्तर्राष्ट्रिय समुदाय गुहार्दै शरणार्थी अगुवा

काठमाडौं  । प्रजातन्त्रको घोषणापश्चात् पनि भुटान सरकारले आफ्ना नागरिकहरूलाई बलपूर्वक देश निष्कासन गर्ने र बेपत्ता पार्ने काम अझै गरिरहेको भन्दै भुटानी...

घुमाउने पुल निर्माण, १० वर्षमा ३० प्रतिशत मात्रै भौतिक प्रगति

तनहुँ। चितवन र तनहुँ जोड्ने घुमाउनेस्थित त्रिशूली नदीमाथि निर्माणाधीन मोटरेवल पुलको १० वर्षको अवधिमा ३० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। विसं २०...

‘लाज शरणम्’ का बालकलाकार केसीको कुपोषणबाट निधन

काठमाडौं । महाशिवरात्रिमा प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’ मा कुपोषित बालकको भूमिकामा अभिनय गरेका विकास केसीको कुपोषणकै कारण मृत्यु भएको छ। २०६६ स...

स्वास्थ्य बजेट कार्यान्वयनमा मन्त्री पौडेलको सक्रियता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्यका बजेट समयमै खर्च गर्ने वातावरण बनाउन सक्रियता देखाएका छन् । मन्त्रालयअन्तर्गतका वि...

पटाका गोदाममा भीषण विस्फोट, १७ को मृत्यु, पाँच घाइते

काठमाडौं  । भारतको गुजरात राज्यमा मंगलबार एक पटाका गोदाममा भएको ठूलो विस्फोटपछि आगलागी हुँदा १७ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । बनासक...

राजावादीको निसानामा परेको जडीबुटी कम्पनी उत्पादन गर्ने अवस्थामा कहिले आउला ?

काठमाडडौं । ‘सञ्चो’ भनेर धेरै नेपालीलाई थाहा छ तर उत्पादक संस्थाबारे कतिपयलाई थाहा नहुन सक्छ । कम्पनिले अन्य विविध उत्पादनहरू गरिरहे पनि ‘सञ्चो’ एक स्...

तलब भत्तामार्फत आएको ७९ लाख सामाजिक सेवामा खर्चिए गण्डकीका मन्त्री थापाले

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले तलब भत्तामार्फत आएको रकम सामाजिक काममा खर्चिएका छन् । उनले ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy