बुटवल । बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नतिका क्रममा सडक किनारमा रहेका तीन सयभन्दा बढी वरपिपलका चौतारी (चौपारी) काटिएको छ । सडक स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढिरहेका बेला पहिलो चरणमा सडक किनारमा रहेका करिब सात हजार रुख काटिएको छ भने त्यसमध्ये तीन सयभन्दा बढी वरपिपलका चौतारी कटानमा परेका हुन् ।
बुटवल–गोरुसिङ्गे सडक आयोजना बुटवल प्रमुख कुशलता न्यौपानेले रुख र चौतारीको कटानको काम सकिएको र अब सडक किनारमा रहेका यात्रुका बनेको प्रतीक्षालयसमेत हटाउन सुरु भएको जानकारी दिए । सडक किनारका रुख, चौतारी र यात्रु प्रतीक्षालयसमेत हटाउँदा अहिले बुटवल–गोरुसिङ्गे सडकखण्ड उजाड देखिएको छ ।
वन तथा वातावरणविज्ञ युवराज कँडेलले बुटवलदेखि गोरुसिङ्गेसम्मको करिब ५० किलोमिटर सडकखण्डमा करिब तीन सय वरपिपल र शमीका चौतारी काटिएको बताउँदै वातावरणका दृष्टिले चिन्ताजनक कुरा भएको बताए । गर्मीमा वरपिपल र शमीको चौतारीमा बस्दा गर्मीको महसुस नहुने तथा स्थानीय ज्येष्ठ नागरिकलाई यी चौतारी दिन कटाउने माध्यम बनेका थियो ।
बुटवल–१७, तामनगरका स्थानेश्वर पौडेलले विकासका लागि सडक विस्तार हुनु खुसीको कुरा भए पनि सडक किनारका वरपिपलका चौतारी काटिएकामा निकै दुःख लागेको बताए । उनले आफूहरू जस्ता धेरै ज्येष्ठ नागरिक यिनै वरपिपल र शमीका चौतारीमा बसेर दिन कटाउने गरेकोमा अब सबै काटिएपछि बसिबियाँलो गर्ने ठाउँसमेत नहुने कुराले पिरोलेको बताए ।
वातावरणविज्ञ युवराज कँडेलले वरपिपल र शमीका चौतारी मासिँदा वातावरणमा असर पर्ने भन्दै सडकलाई बाधा नपर्ने गरी सडक छेउछाउमा रुखबिरुवा लगाउनुपर्ने बताए । पण्डित पीताम्बर भुसालले हिन्दु धर्ममा वरपिपल र शमी हरेक मङ्गल कार्यमा आवश्यक पर्ने भन्दै जति काटिएको छ, त्योभन्दा धेरै लगाउन आग्रह गरे । बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रमुख न्यौपानेले करिब सात हजार रुख कटान भएकाले अब एक रुख बराबर १० रुख रोप्न आयोजनाले वन विभागलाई करिब चार करोड रुपियाँ उपलब्ध गराइसकेको बताए । तत्कालीन राजा महेन्द्र शाहको पालामा २०१९ सालमा बनेको बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडकखण्ड ६२ वर्षपछि विस्तारको काम भइरहेको हो ।
बुटवल–नारायणगढ सडकमा जस्तो जनतालाई सास्ती नहोस् भन्ने उद्देश्यले बुटवल–गोरुसिङ्गे खण्ड विस्तार गर्दा अहिलेको पिच नभत्काई गर्ने पूर्वतयारी छ । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले उक्त सडक विस्तारका लागि १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपियाँमा गत असार १३ गते ठेक्का लिएको हो ।
आयोजनाका अनुसार ५० किलोमिटर सडक दुई चरणमा २५र२५ किलोमिटर गरी विस्तार गर्न लागिएको हो । पहिलो चरणका लागि सात अर्ब ८९ करोड ४३ लाख र दोस्रो चरणका लागि पाँच अर्ब ६६ करोड २२ लाख रुपियाँमा ठेक्का लागेको हो । पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुने छ भने १४९ वटा कलभर्ट पनि निर्माण हुने छ । आयोजनाका अनुसार सडक विस्तारको काम सहरी क्षेत्रमा ५० मिटर, सहरोन्मुख क्षेत्रमा ३७।४ मिटर र जङ्गल क्षेत्रमा २४ मिटर चौडाइ कायम हुने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - २१:५३
भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...
चैत्र २८ गते, २०८२ - २१:४५
नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...
चैत्र २८ गते, २०८२ - २१:४२
ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...
चैत्र २८ गते, २०८२ - २१:३१
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...
चैत्र २८ गते, २०८२ - २१:२९
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...
चैत्र २८ गते, २०८२ - २०:०६
निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था
चैत्र २८ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...
चैत्र २८ गते, २०८२ - १९:५५
काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...
चैत्र २८ गते, २०८२ - १९:५१
दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...
चैत्र २८ गते, २०८२ - १९:४५
प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए


प्रतिकृया लेख्नुहोस्: