रुकुमपश्चिम । रुकुमपश्चिमको एक कार्यालयको डिजिटल बोर्डमा ‘प्रमिला म तिमीलाई माया गर्छु, साँच्चै माया गर्छु’ लेखिएको तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चित भएको छ।
जिल्लाको आठबिसकोटस्थित नापी कार्यालयको डिजिटल बोर्ड ह्याक भएर यस्तो लेखिएको बताइएको छ।
कार्यालयका प्रमुख मानबहादुर आग्रीले कार्यालयको डिजिटल बोर्ड ह्याक भएर नै असान्दर्भिक कुरा डिस्प्ले भएको जानकारी दिनुभयो। सामाजिक सञ्जालमा उक्त फोटो भाइरल भएको विषयमा उनले भने, “म आफन्त बित्नु भएकोले शोकमा छु, कार्यालयको डिजिटल बोर्डमा अनावश्यक कुराहरु प्रशारण भएको जानकारी पाएँ। कसरी भयो, सुनेर अचम्मित भएको छु।”
उनले डिजिटल बोर्ड ह्याक भएर नै यस्तो हुन गएको बताए। नापी कार्यालय आठबिसकोटमा प्रमिलानामको कोही पनि कर्मचारी नभएको तर उक्त नाम अंकित गरेर डिस्प्ले भएको उनको भनाइ छ।
यस अघि पनि आठबिसकोटकै एक क्याम्पसको डिजिटल बोर्ड समेत ह्याक भएको उनले जानकारी दिए। कार्यालयको तर्फबाट नभई ह्याकरको कब्जाबाट त्यसो भएकोले त्यसैअनुसार बुझिदिन उहाँले आग्रह गरे। अहिले उक्त डिस्प्ले बन्द गरिएको छ।
यस विषयमा आठबिसकोट नगरपालिकाका सूचना अधिकारी इन्द्रबहादुर बिष्टले समेत ह्याक भएको हुनसक्ने उल्लेख गरे। यस विषयमा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराइएको र उक्त सिस्टमसँग सम्बन्धित निकायसँग सोधपुछ गरिने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३ गते, २०८३ - १३:३३
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने काममा सरकार केन्द्र...
आषाढ़ ३ गते, २०८३ - १३:२०
काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले नेपालको चिया उद्योगले वार्षिक ठूलो परिमाणमा तयारी चिया निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान द...
आषाढ़ ३ गते, २०८३ - १३:०९
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जन...
आषाढ़ ३ गते, २०८३ - १२:५०
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:४८
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:२४
काठमाडौं । प्रतिनिधिसभामा आफ्नो भूमिकामाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सांसद...
आषाढ़ ३ गते, २०८३ - १२:०९
काठमाडौं। नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोह...
आषाढ़ ३ गते, २०८३ - ११:५८
फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त...
आषाढ़ ३ गते, २०८३ - ११:४५
खोटाङ। खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ । दुई वर्षअघिको बाढी...
आषाढ़ ३ गते, २०८३ - ११:३४
काठमाडौँ । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने तथा बढी भाडा असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट...



प्रतिकृया लेख्नुहोस्: