नुवाकोट । नुवाकोटको सबैभन्दा ठूलो जात्रा सुरु भएको छ । लामो अवधिसम्म मनाइने प्रसिद्ध ‘सिन्दुरे जात्रा’ सुरु भएको हो ।
विदुर नगरपालिका–२ टाकुरोस्थित भैरवी मन्दिर नजिकै रहेको भगवतीको मन्दिर परिसरमा नारायणजात्रा गरिएसँगै प्रसिद्ध सिन्दुरे जात्रासमेत सुरु भएको हो। पर्यटकीय तथा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व रहेको नुवाकोटमा लामो समयसम्म सिन्दुरे जात्रा मनाइन्छ।
नुवाकोटकै प्रमुख धार्मिक जात्राको परिचय पाएको सिन्दुरे जात्रा १५ दिनसम्म चल्छ। जात्राको पहिलो दिन नारायण देवता शेराबेसीस्थित ब्रमायणी मन्दिर गएर वैशाख पूर्णिमाको पर्सिपल्ट द्वितीयाको दिन भैरवी मन्दिरका धामी–धमिनीलाई सिन्दुर हालेर सो जात्रा मनाइने परम्परा रहेको स्थानीयवासी महेन्द्र श्रेष्ठको भनाइ छ।
उनका अनुसार वैशाख शुक्ल पूर्णिमाको दिन नुवाकोटिस्थत भैरवी मन्दिरको रथ देवीघाटको जालपा देवीको मन्दिरमा पुर्याएपछि भव्यतासाथ प्रारम्भ हुने सिन्दुरे जात्राको मेलामा वैशाख शुक्ल पूर्णिमाका द्वितीयाको दिन भैरवी मन्दिरमा सिन्दुर खेलिन्छ।
चैत शुक्ल चतुर्दशीको दिन ऐतिहासिक साततले दरबारसँगै रहेको भैरवी मन्दिरमा गरिने सिन्दुरे जात्राको निम्तो स्वरूप बहिनी भैरवीले त्रिशूली र तादी नदकिो सँगमस्थल देवघिाटमा रहेको दिदी जालापादेवीलाई बोलाउन गएको भन्ने किंवदन्ती रहेको द्वारे महेन्द्रकुमार शाहीको भनाइ छ।
सिन्दुरे जात्रा पाँच सय वर्ष भन्दा पुरानो रहेको बुढापाकाहरू बताउँछन्। जालपादेवीबाट फर्किएका धामी, धमिनी स्थानीय धरमपानीको पाटीबाट बाजागाजासहित भैरवी मन्दिर परिसरमा पुगेपछि सरकारी अधिकारीको सहभागितामा सिन्दुरे जात्रा गरिन्छ। सिन्दुरे जात्रासहित तलेजु भवानीको मन्दिरमा रथ भित्राउने चलन रहेको छ।
द्वितीयाको राति धामीले भैरवी परिसरमा रांगा र बोकाको बली चढाउने धार्मिक चलन छ। देवीघाटमा पनि भैरवीका पुजारी धामीले जालपादेवीको मन्दिरमा जिउँदो राँगो, बोका र माछाको भोग दिन्छन्।
यसैबीच नुवाकोटको ऐतिहासिक क्षेत्र भैरवीमा मनाइने वर्ष बन्धन–२०८१ अर्थात् सिन्दुरे जात्राको सार्वजनिक तालिका अनुसार जात्रा भइरहेको छ। लामो जात्राको रुपमा स्थापित यसवर्षको सिन्दुरे जात्रा फाल्गुन शुक्ल पूर्णिमादेखि सुरु भएर २०८२ को वैशाख कृष्ण दशमीको दिन लिङ्गो ढालेपछि सकिन्छ।
प्रसिद्ध भैरवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा विदुर नगरपालिका–२ का वडाध्यक्ष दीपक कायस्थ र नेपाल सरकारका प्रतिनिधि ९द्वारे० नुवाकोट दरबार मौला अमालका प्रमुख महेन्द्रकुमार शाहीले संयुक्त रूपमा जात्राको कार्यक्रम तालिका सार्वजनिक गरेका हुन्। यस जात्राको अवलोकन गर्न काठमाडौं, रसुवा, धादिङ, चितवन, तनहुँ लगायत विभिन्न जिल्लाबाट हजारौं सर्वसाधारणको सहभागिता रहने गर्दछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - २१:५३
भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...
चैत्र २८ गते, २०८२ - २१:४५
नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...
चैत्र २८ गते, २०८२ - २१:४२
ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...
चैत्र २८ गते, २०८२ - २१:३१
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...
चैत्र २८ गते, २०८२ - २१:२९
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...
चैत्र २८ गते, २०८२ - २०:०६
निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था
चैत्र २८ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...
चैत्र २८ गते, २०८२ - १९:५५
काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...
चैत्र २८ गते, २०८२ - १९:५१
दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...
चैत्र २८ गते, २०८२ - १९:४५
प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए


प्रतिकृया लेख्नुहोस्: