Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

अनुगमन भन्दै महिनामा ७ पटकसम्म पुगेपछि बालसुधार गृहहमा तनाव

खबरडबली संवाददाता

वीरगञ्ज । वीरगञ्जको बालसुधार गृहमा डेढ वर्षपछि फेरि तनाव उत्पन्न भएको छ । बालसुधार गृहमा रहेका बाल कैदीबन्दीले सुधार गृहमा खाना, बास लगायतको समस्या भएको भन्दै मंगलवार होहल्ला गर्दै तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो ।

सुधार गृहमा बाल कैदीबन्दीहरुले होहल्ला गर्दै तोडफोड गर्न खोजेको सूचना पाए लगत्तै त्यहाँ पुगेको प्रहरीले स्थिति नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।

अहिले सुधार गृहभित्रै असन्तुष्ट बाल कैदीबन्दीहरुसँग पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक मिश्र, प्रहरी नायब उपरीक्षक किशोर लम्साल सहितको टोलीले छलफल गरी उनीहरूको माग सम्बोधन गर्ने आश्वासन दिएपछि अहिले स्थिति समान्य भएको प्रवक्ता लम्सालले बताए ।

बाल सुधार गृहमा विभिन्न कसुरमा संलग्न १२७ जना बाल कैदीबन्दीहरु छन् । तर सुधार गृहको क्षमता ५० जनासम्मको छ । बाल कैदीबन्दीहरु आक्रोशित हुनुमा सरकारी संघ संस्थादेखि, गैरसरकारी संघसंस्था धेरै आउने गरेको कारण रहेको पनि बताए ।

उनले एक महिनामा अनुगमनका लागि भनेर ५–७ पटक भन्दा बढी टोलीहरू आउने क्रम रहेको बताए । यो क्रम तीन वर्षदेखि नै जारी रहेको र उनीहरुले सोधपुछ गर्ने क्रममा तपाईँहरूका समस्या समाधान गर्छौँ भन्ने आश्वासन दिने तर अहिलेसम्म पूरा नगरेकोमा आफूहरूलाई जिस्क्याएको महसुस गरेर आक्रोशित भएको हुनसक्ने बताए ।

उनले भने ‘आज लगभग पौने १ बजेतिर त्यहाँभित्र भएका भाइहरू (१२७ जना ) ले त्यहाँको प्रशासनसँगको असन्तुष्टि र अन्य विभिन्न निकायहरूबाट अनुगमनको क्रममा एक महिनामा ५÷७ पटक भन्दा बढी टिमहरू आउने । प्रत्येक दिन आउने, सोधपुछ गर्ने, त्यहाँको अवस्थालाई हेर्ने, त्यहाँको भौतिक पूर्वाधारदेखि अन्य अवस्था पनि कमजोर नै छ । हाम्रो कम्पाउन्ड नै सानो छ । त्यहाँको क्यापासिटी ४५÷५० जनाको हो । १२७ जना बसिरहेका छन् । खानेपानीका समस्या, छन्, गर्मीको समस्या, सुत्ने ठाउँको समस्या छ । त्यो समस्या विभिन्न सरकारी संस्था, गैरसकारी संस्थाहरूबाट अनुगमनका क्रममा जाँदा हिजो पनि र आज पनि फरक फरक अनुगमनको टोली आएको रहेछ । ती अनुगमन टोलीहरू पटक पटक आउँदा हामीलाई जिस्क्याउन आएको जस्तो लाग्यो । आउनुहुन्छ, सोध्नुहुन्छ, सुनुवाइ हुन्छ भन्नुहुन्छ, दुई तीन वर्षदेखि समस्या उस्तै छ । जिस्क्याउन आएको जस्तो लाग्यो । न्यूनतम सुविधाबाट वञ्चित भएका छौँ । भन्नेकुरा गरेर आवेगमा आएर होहल्ला गर्नुभयो । सुरक्षाकर्मीले तत्काल खबर गरेपछि सम्झाइ बुझाइ गरेका छौँ । एउटा लगाएको ताला फुटाउने कोसिस गर्नुभयो । तर सफल हुन सक्नुभएन ।’

यसअघि २०८० भदौ २६ गतेपनि बालसुधार गृहमा बालकैदीबन्दीहरुबीच नै आपसमा झडप हुँदा ११ बालकैदीबन्दी र ३ जना प्रहरी घाइते भएका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आकस्मिक गस्ती’ कि आकस्मिक प्रदर्शन ? फिल्डमा गृहमन्त्री, दबाबमा प्रहरी !

काठमाडौं। गृह मन्त्रालय सम्हालेयता गृहमन्त्री सुदन गुरुङको शैली परम्परागत भन्दा फरक देखिएको छ। मन्त्रालयको बैठक कक्ष र नियमित ब्रिफिङभन्दा बाहिर निस्क...

बिसुपर्व मनाउन घर फर्कँदै नेपाली

कैलाली। सुदूरपश्चिमवासीले मनाउने बिसुपर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारततर्फ गएका सर्वसाधारण केही दिनयता धमाधम घर फर्...

हदबन्दीको कागज र सत्ता वरिपरि फैलिएको जग्गा : कानुन, परिवार र ‘लुपहोल’को कथा

काठमाडौं।  नेपालमा भूमिसम्बन्धी ऐन २०२१ (२०७६ संशोधनसहित) ले स्पष्ट रूपमा भन्छ— कुनै व्यक्ति वा निजको परिवारले क्षेत्रअनुसार तोकिएको सीमा भन्दा बढी जग...

सुनको कसीमा सरकार : ‘स्वर्णिम’ व्यंग्यदेखि ‘पहेँलपुर’ यथार्थसम्म

काठमाडौं । राजनीतिमा स्मृति छोटो हुन्छ भनिन्छ, तर सामाजिक सञ्जालको स्मृति असाध्यै लामो हुन्छ। आठ वर्षअघिको एउटा व्यंग्यात्मक पोस्टले अहिलेको सत्तालाई ...

बागमती प्रदेशका सांसदहरूसँगको छलफल प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले स...

चर्च ब्वाइज काठमाडौँ विराट गोल्ड कपको सेमिफाइनलमा

मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...

सुनले झपक्कै मन्त्रिपरिषद् : सरकार चल्ला कि सुनकै तौलमा ढल्ला ?

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः २२ तोला सुन

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...

तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending