Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

सन् २०३१ को महिला विश्वकपका लागि ‘अमेरिकाको मात्र’ बोलपत्र

खबरडबली संवाददाता

बेलग्रेड । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सन् २०३१ को महिला विश्वकपका लागि संयुक्त राज्य अमेरिका मात्र इच्छुक देखिएको बताए । 

“महिला विश्वकपका लागि अमेरिकाको मात्र बोलपत्र परेको छ भने सन् २०३५ को विश्वकप बेलायतले आयोजना गर्ने बताएको छ, उनले भने । बेलग्रेडमा आयोजित युइएफए कङ्ग्रेसमा बोल्दै इन्फान्टिनोले सन् २०३१ का लागि एक मात्र आशयपत्र संयुक्त राज्य अमेरिका र अन्य केही उत्तर अमेरिका, मध्य अमेरिका र क्यारेवियन फुटबल सङ्घ सदस्यहरूबाट र २०३५ युरोपबाट, घरेलु देशहरूबाट भएको बताए । 

इन्फान्टिनोले सन् २०३१ मा हुने महिला विश्वकपमा सहभागी हुने टोलीको सङ्ख्या ३२ बाट बढाएर ४८ पुर्‍याउने फिफाको योजना रहेको पनि बताए । इङल्यान्ड, स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्यान्डका फुटबल सङ्घहरूले गत महिना प्रतियोगिता आयोजनाका लागि इच्छापत्र पेश गर्ने घोषणा गरेपछि बिहीबारको घोषणा आएको हो ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३५ का लागि युरोप र अफ्रिकाबाट आउने बोलपत्रलाई मात्र स्वागत गर्ने बताएको थियो भने सन् २०२६ को दोस्रो त्रैमासिकमा हुने फिफा कङ्ग्रेसमा आयोजकको पहिचान पक्का हुने बताएको थियो ।

सन् २०२६ को पुरुष विश्वकप मेक्सिको र क्यानडासँग मिलेर आयोजना गरिरहेको संयुक्त राज्य अमेरिकाले मार्चको सुरुमा महिला विश्वकप फुटबलका लागि पनि सन् २०३१ का लागि दावेदारी पेश गर्ने घोषणा गरेको थियो । दक्षिण अफ्रिका र मोरक्को पनि प्रतिस्पर्धामा थिए र अफ्रिकी राष्ट्रहरूलाई पनि बोलपत्र पेश गर्न आमन्त्रित गरिएको थियो, तर इन्फान्टिनोको टिप्पणीले उनीहरू अब दौडबाट बाहिर छन् भन्ने देखाउँछ। आगामी महिला विश्वकप सन् २०२७ मा ब्राजिलमा हुनेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending