काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईलाई काठमाडौं जिल्ला अदालतले ३६ दिनभित्र प्रत्युत्तरसहित आफैउले वा वारेसलाई अदालतमा उपस्थित हुन म्याद तामेल गरेको छ ।
एन्फा पूर्वअध्यक्ष गणेश थापाले वर्तमान महासचिव राईलाई कानुनी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी गर्नुका साथै काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दायर गरेको थिएँ ।
काठमाडौं जिल्ला अदालतले प्रक्रियाअनुसार एन्फाको मुख्यालय सातदोबाटोमा रहेकोले कार्यक्षेत्र पर्ने ललितपुर जिल्ला अदालतलाई पठाएको पत्रअनुसार ललितपुर जिल्ला अदालतले १८ चैतमा तामेल गरेको हो । अदालतका कर्मचारीले एन्फा मुख्यालयमा पुगेर एन्फाका कर्मचारी सन्तराम राईलाई म्याद बुझेको पत्रमा हस्ताक्षर गराएका थिए । अब म्याद तामेल भएको मितिले राई ३६ दिनभित्र स्वयं वा वारेसमार्फत प्रतिउत्तरसहित काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ ।
यसअघि राईले एक अन्तरवार्तामा अत्यन्तै आधारहीन र झुटा आरोप लगाएर चरित्रहत्याको प्रयास गरेको थापाको आरोप छ । राईले थापालाई १७ करोड रुपैयाँ हिनामिना गरेको, सम्पत्ति शुद्धीकरणको छानबिनपछि आठ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको आरोप लगाएका थिए । ‘मैले झुटा र तथ्यहीन आरोप सच्याउन र आत्मालोचना गर्न अनुरोध गरेको थिएँ । तर, उनहाँले आफ्नो भनाइ सच्याउने र आत्मालोचना गर्नेमा कुनै चासो नदेखाएपछि मैले बाध्य भएर कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको हो,’ थापाले भने ।
थापाले कानुनी राज्यको हिमायती भएको नाताले आरोपअनुसार आठ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको विषयमा छानबिन गर्न र दोषी भए कानुनअनुसार कारबाही भोग्न तयार रहेको प्रतिबद्धता जाहेर गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २७ गते, २०८१ - १७:३०
काठमाडौं । युएस वर्ड क्लास (युएसडब्लुसी) तेक्वान्दो–हलिउडले आफ्नो स्थापनाको ३०औँ वार्षिक उत्सव भव्य रूपमा मनाउने तयारी गरेको छ । युएसडब्लुसी तेक्वा...
चैत्र २७ गते, २०८१ - १७:२६
उदयपुर । मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको चौदण्डीगढी नगरपालिका– ६ सातधारे खण्डमा कार दुर्घटना हुँदा चारजना घाइते भएका छन् । जिल्ला प्रहरी कार...
चैत्र २७ गते, २०८१ - १७:२१
मुस्ताङ । जिल्लाको बारागुङ मुक्तिक्षेत्र–४ कागबेनी गाउँभित्र भग्नावशेष अवस्थामा बाह्र सय वर्ष पुरानो ऐतिहासिक दरबार छ । पूरै सख्खर माटोले निर्माण भएको...
चैत्र २७ गते, २०८१ - १७:१४
डोमिनिकन । डोमेनिकन रिपब्लिकनमा गायक रुबी पेरेजको जेट सेट नाइटक्लबमा भएको कन्सर्टको समयमा उक्त क्लबको छत भत्किँदा करिब एक सय जनाको मृत्यु भएको तथा उद्...
चैत्र २७ गते, २०८१ - १७:०७
गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गुल्मीको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । जिल्लाको सदरमुकाम तम्घासको बालमन्दिरमा सम्पन्न १२ औं ज...
चैत्र २६ गते, २०८१ - २१:२०
नयाँदिल्ली । सात जना बिरामीको मृत्युको अनुसन्धान गरेको केही दिनपछि भारतीय प्रहरीले मङ्गलबार लन्डनमा आधारित एक प्रतिष्ठित हृदयरोग विशेषज्ञका रूपमा छद्म...
चैत्र २६ गते, २०८१ - २१:१२
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी भित्र आन्तरिक समीक्षाको जरुरी रहेको बताएका छन् । नेपाली कांग्रेस चितवनले मंगलबार चितवनम...
चैत्र २६ गते, २०८१ - २०:५४
रौतहट । लागुऔषध गाँजा र कटुवा पेस्तोलसहित रौतहट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालिका-४ टिकुलियाका २१ वर्षीय सावन गिरी रहे...
चैत्र २६ गते, २०८१ - २०:४५
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उदयपुर सिमेन्ट उद्योगका विषयमा उदयपुरका सरोकारवालासँग छलफल गरेको...
चैत्र २६ गते, २०८१ - २०:२४
रोम । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले सोमबार १४ वटा देशमा आपत्कालीन खाद्य सहायता कोषमा रोक लगाउने हालैको अमेरिकी सूचनाप्रति...
प्रतिकृया लेख्नुहोस्: