Ntc summer Offer
Khabar Dabali २९ चैत्र २०८१ शुक्रबार | 11th April, 2025 Fri
Investment bank

बाँकेमा हात्तीको आक्रमणबाट माहुतेको मृत्यु

खबरडबली संवाददाता

बाँके । हात्तीको आक्रमणमा परी बाँकेमा एकजनाको मृत्यु भएको छ । बाँके राष्ट्रिय निकुञ्जको खड्गवारस्थित हात्तीसारमा रहेको गणेशगज हात्तीले आक्रमण गर्दा माहुतेको मृत्यु भएको छ । 

हात्तीको आक्रमणमा परी ठाकुरबाबा नगरपालिका– ९ घर भई बाँके राष्ट्रिय निकुञ्जका माहुते ४५ वर्षीय आशाराम थारूको घटनास्थलमै मृत्यु भएको प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए ।

खड्वार हात्तीसारमा बुधबार राति ८:३० बजेतिर घाँस, दाना हाल्ने क्रममा १८ वर्षको गणेशगजले थारूलाई आक्रमण गरेको उनले बताए । ‘हात्तीले सुँढले हानेर त्यसपछि किचेर मार्‍याे,’ उनले भने ।

०७३ सालदेखि खड्गवारमा उक्त हात्तीको स्याहार गर्न थालेका उनले नै ०७३ सालमा गणेशगजलाई बर्दियाबाट ल्याएका हुन् । ‘केही दिनदेखि हात्तीमा मात चढेको संकेत देखिएको थियो,’ प्रमुख कँडेलले भने, ‘मात चढेपछि रिसाउने र आक्रमण गर्ने सम्भावना हुन्छ ।’

हात्तीको आक्रमणबाट मृत्यु भएका थारूको शव नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा राखिएको प्रहरीले जनाएको छ । उनको शव पोस्टमार्टमपश्चात् परिवारलाई बुझाउने तयारी छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतको आसाममा लुकेको अवस्थामा दुर्गा प्रसाई पक्राउ

काठमाडाैं । गत चैत्र १५ गते तीनकुनेमा राजवादी आन्दोलनमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाई भारतमा पक्राउ परेका छन् । नेपाल प्रहरीले उनलाई भारतको आसा...

एसियन हाइवे सडक विस्तार व्यक्तिको जग्गामा, वर्षौंदेखि न्याय खोज्दै

माेरङ । एसियन हाइवे निर्माणका क्रममा मोरङको पथरीशनिश्चरे वडा नम्बर १० स्थित जिरिखिम्तीमा देखिएको जग्गा विवाद मिलाउन सरोकारवालाको ढिलासुस्तीका कारण स्थ...

डोटीमा खोलामा डुबेर एक युवा बेपत्ता

डोटी । डोटीमा खोलामा डुबेर युवक बेपत्ता भएका छन् । शिखर नगरपालिका-४ बनोलीका  गणेश महराका १९ वर्षीय छोरा नरेश महरा खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता ...

वाणिज्य विभागको अनुगमन जारी, २० उद्याेगकाे काराेबार राेक्का

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ । विभ...

लेनदेन बिगो सम्बन्धि कसूमा निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष कार्की पक्राउ

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष यक्षध्वज कार्की पक्राउ परेका छन् । लेनदेन बिगो सम्बन्धि कसूमा उनी बिहीबार नयाँ बानेश्वरबाट पक...

म्यासेजमा पठाइएका लिङ्क नखोल्न साइबर ब्यूरोको अनुरोध

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अ...

बेलायती प्रतिबन्धविरुद्ध हमासद्वारा अपिल

लण्डन । बेलायतका वकिलहरूको एक समूहले प्यालेस्टिनी लडाकू समूह हमासमाथिको प्रतिबन्ध फुकुवा गर्न बेलायत सरकारसँग हमासले माग गरेको बताएको छ । प्रतिबन्धले ...

दोब्बरले बढ्यो भैरवस्थान मन्दिरको भेटी

बागलुङ । बागलुङको धार्मिक शिक्तपीठमध्येको एक  बलेवाको कालभैरव मन्दिरमा भेटी सङ्कलन दोब्बरले वृद्धि भएको छ । धार्मिक पर्यटक भित्र्याउँदै आएको भैरवस्...

डोमिनिकन रिपब्लिकः नाइट क्लबको छत भत्किँदा मृत्यु हुनेको सङ्ख्या २१८ पुग्यो

डोमिनिकन । डोमेनिकन रिपब्लिकमा गायक रुबी पेरेजको जेट सेट नाइटक्लबमा भएको कन्सर्टको समयमा उक्त क्लबको छत भत्किएर मृत्यु हुनेको सङ्ख्या २१८ पुगेको छ । ...

रामेछापमा बोलेरो दुर्घटना हुँदा दुईको मृत्यु, १२ जना घाइते

रामेछाप । रामेछापमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।  बिहीबार अपराह्न भएको दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् । मन्थली नगरपालिक...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy