ढाका । बङ्गलादेशी कपडा उद्योगसम्बद्ध उद्यमीहरूले बिहीबार अमेरिकी करले विश्वको दोस्रो ठूलो गार्मेन्ट उत्पादक बङ्गलादेशलाई ‘ठूलो धक्का’ पुर्याएको बताएका छन् ।आरडिएम ग्रुपका अध्यक्ष रकिबुल आलम चौधरीले भने, “कर वृद्धिका कारण मूल्यमा हुने वृद्धिले मागलाई प्रभावित गर्नेछ । हामी खरीदकर्ताहरू गुमाउनेछौँ । क्रेताहरू अन्य लागत–प्रतिस्पर्धी बजारमा जानेछन् र यो हाम्रो उद्योगको लागि ठूलो धक्का हुनेछ ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बङ्गलादेशमा कपासमा १६ प्रतिशत र पोलिस्टर उत्पादनमा ३२ प्रतिशत कर वृद्धि गर्दै समग्रमा ३७ प्रतिशत कर वृद्धि गर्ने घोषणा गरेका छन् । बङ्गलादेशले संयुक्त राज्य अमेरिकामा वार्षिक ८.४ अर्ब अमेरिकी डलरबराबरको तयारी कपडा निर्यात गर्ने गरेको बङ्गलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एण्ड एक्सपोर्टर्स एसोसिएसन (बीजीएमईए) को तथ्याङ्कले देखाएको छ ।
यो बङ्गलादेशको कुल तयारी पोशाक निर्यातको करिब २० प्रतिशत हो । “हामी करवृद्धिकलागि तयार थिएनौँ तर यो अचानक आयो,” बीजीएमईएका प्रशासक अनवर हुसेनले भने । हुसेनले अन्य क्षेत्रीय व्यापार प्रतिद्वन्द्वीहरूको अवस्था अझ खराब रहेको बताएका छन् । “चीन, भियतनाम र श्रीलङ्काजस्ता हाम्रा प्रतिस्पर्धीको तुलनामा हामी अझै अगाडि छौँ किनभने उनीहरूको कर हाम्रोभन्दा बढी छ,” हुसेनले भने ।
संयुक्त राज्य अमेरिकामा बङ्गलादेशको निर्यातको अधिकांश हिस्सा सूती कपडा हो,” बीजीएमईएका पूर्व उपाध्यक्ष चौधरीले भने । बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसका प्रेस सचिव शफिकुल आलमले सरकारले समाधान खोजिरहेको बताए ।
“राष्ट्रिय राजस्व बोर्डले शुल्कलाई छिटो तर्कसङ्गत बनाउने विकल्पहरूको पहिचान गरिरहेको छ, यो अमेरिकी कर वृद्धिको विषयलाई सम्बोधन गर्न आवश्यक छ,” आलमले एक विज्ञप्तिमा भनेका छन् । चीनपछि दोस्रो ठूलो उत्पादक बङ्गलादेशले फ्रान्सको क्यारेफोर, क्यानाडाको टायर, जापानको युनिक्लो, आयरल्याण्डको प्रिमार्क, स्वीडेनको एच एण्ड एम र स्पेनको जाराजस्ता विश्वव्यापी ब्रान्डका लागि कपडा उत्पादन गर्छ ।
सरकारलाई ढाल्न सफल भएको सन् २०२४ को अगष्टमा भएको विद्यार्थी आन्दोलनले बङ्गलादेशको गार्मेन्ट उद्योगलाई अस्तव्यस्त बनाएको थियो । आन्दोलनमा गार्मेन्ट क्षेत्रका प्रदर्शनकारीहरूले पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए ।बङ्गलादेशमा महिनौँ लामो हिंसाका कारण पटक–पटक उत्पादन ठप्प भएको थियो यद्यपि वार्षिक आम्दानीमा खासै कमी आएको थिएन ।
कपडा उद्योगले सन् २०२४ मा ३६ अर्ब डलर नियौत गरेको थियो भने अघिल्लो वर्ष ३८ अर्ब डलर निर्यात गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: