काठमाडौँ । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले राजावादीले तीनकुनेमा गरेको प्रदर्शनको मुख्य योजनाकार को हो भनेर गृहमन्त्रीलाई प्रश्न गरेका छन् ।
शुक्रबारको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा पाण्डेले राजावादीहरूले गरेको तोडफोड, आगजनी र लुटपाटको घटनाको छानबिन गर्नका लागि छानबिन आयोग बन्छ कि बन्दैन भनेर पनि पाण्डेले गृहमन्त्रीलाई सोधेका छन् ।'बालकुमारी घटनामा त न्यायिक छानबिन आयोग बनेको थियो । यसमा छानबिन आयोग बन्छ कि बन्दैन ?' उनले भने ।'त्यो प्रदर्शनको मुख्य योजनाकार को हो रु को हो मुख्य योजनाकार, कसले लियो जिम्मेवारी ?' पाण्डेले गृहमन्त्री रमेश लेखकलाई सोधे,'राजावादी भनेर सबैलाई दोष लगाएर भएन । मुख्य योजनाकार को हो आउनुपर्छ ।'
उक्त प्रदर्शनका तथाकथित जनकमान्डर दुर्गा प्रसाईँले विगतमा दिएका अभिव्यक्तिका आधामा किन नियन्त्रण नगरेको भनेर पनि पाण्डेले प्रश्न गरेका थिए । प्रहरीमाथि गाडी कुदाउने प्रसाईंलाई तत्काल किन पक्राउ नगरेको र उनी भागेपछि योजना बनाइरहेको भन्ने अभिव्यक्ति सरकारका अधिकारीबाट आएको पाण्डेको भनाइ थियो ।
प्रतिकृया लेख्नुहोस्: