Ntc summer Offer
Khabar Dabali ५ बैशाख २०८२ बिहीबार | 17th April, 2025 Thu
Investment bank

व्यवस्था परिवर्तनका लागि सशस्त्र विद्रोहको घोषणा गर्न राजावादीलाई चुनौति

खबरडबली संवाददाता

काठमाडौं । तीनकुने घटना राजनीतिक नभएर अराजनीतिक भएकाले सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उक्त घटनाका बारेमा सरकारले गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने बताएका हुन् ।

घटनामा कुनैपनि राजनीतिक क्रियाकलाप नदेखिएको सांसदहरुको भनाइ छ । लुटपाट, आगजनी तथा हिंसक घटना भएकाले देशको देशको दिशा कतातिर जाँदैछ भन्ने निर्धारण गर्नसक्ने भएकाले सरकार संयमित हुनुपर्ने सांसदहरुले बताएका छन् ।

नेपाल समाजवादी पार्टी,नेपालका सांसद प्रकाश अधिकारीले तीनकुने घटनामा आयोजकले शान्तिपूर्ण प्रदर्शन गर्ने भने पनि हिंसात्मक गतिविधि गरेकाले सैह्य नहुने बताए । उनले राजतन्त्र अन्त्य गर्न विगतमा दलहरुले घोषणा गरेरै सशस्त्र विद्रोह गरेको उदाहरण दिँदै राजावादीहरुले व्यवस्था परिवर्तन गर्नै खोजेका हुन् भने सशस्त्र विद्रोह गर्न चुनौती दिए ।

उनले भने, ‘जसरी हिजो राजतन्त्र फाल्नलाई भनेर दलहरुले सशस्त्र आन्दोलन र विद्रोह गरेकै हो घोषणै गरेर । यदि हो भने राजावादी पनि आउनु पर्‍यो कि हामी सशस्त्र विद्रोह हिंसा गरेरै बदलिन्छौ । त्यसो भएपछि एउटा कुरा हुन्छ । तर भन्ने शान्तिपूर्ण गर्ने हिंसात्मक गतिविधि, अराजक गतिविधि । त्यो सैह्य हुन सक्दैन । जे घोषणा हो त्यो साकारमा जानु पर्‍यो । त्यसका लागि सरकार पनि त्यही ढंगले आउनुपर्‍यो ।

नेपाली काँग्रेसकी सांसद सरिता प्रसाईँले देशमा राजनीतिक स्थिरता हुन लागेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बताउनु भयो । उहाँले तीनकुने घटनामात्रै हेरेर सरकार चुप लाग्ने अवस्था नभएको बताए । उनले सहज अवस्था नभएकाले घटनाका बारेमा गृहमन्त्रीले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताए ।

उनले भने, ‘सरकारले अहिले १५ गतेको घटना मात्रै हेरेर शान्त भएर बस्ने दिन छैन । किनभने यो घटना सजिलै घटेको पनि छैन । यो भन्दा धेरै पहिला यसै समितिमा सुरक्षा प्रमुखहरुले पनि धेरै कुराहरुको बिफ्रिङ गर्नुभएको थियो । त्यसकारणले गृहमन्त्री जी तपाईँलाई म आग्रह गर्न चाहन्छु तपाईँहरु सरकार सिरियस हुनुस् । सजिलो परिस्थिति म देख्दिनँ । जबजब देशमा स्थिर सरकारतिर मुलुक स्थिरतातिर जान्छ अहिले मात्रै होइन सात सालदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय चलखेल शुरु हुन्छ । शक्तिहरुको बीचमा चलखेल शुरु गराउने परम्परा पहिलेदेखि चलिआएको छ ।’

नेपाली काँग्रेसकी सांसद अम्बिका बस्नेतले तीनकुनेमा भएको आगलागीमा मिश्रित प्रतिक्रिया आएकाले अन्योल छाएको बताए । उनले घरको छतबाट प्रहरीले अश्रु ग्यास हानेकाले त्यस्तो अवस्था सिर्जना भएको भन्ने र प्रहरी छतमा नगएको भन्ने प्रतिक्रियाले भ्रम सिर्जना गरेको बताए । यस्ता भ्रमहरु समाधान गर्न सरकारले छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘आगलागी गरेको विषयमा पनि धेरै कुराहरु बाहिर आएका छन् । एकथरीले भन्छ किन यो घटना घट्यो भन्दाखेरि होइन यो सरकारले नै यस्तो खालको परिस्थिति सिर्जना गर्‍यो किनभने छतमा बसेर प्रहरीहरुले टियर ग्यास हान्यो भन्ने छ एकातिर । अर्कोतिर ताला लागेको छ ।अब मैले त भिडियोहरु हेरेको छु घरभेटी भनेर जस्लो बोलिरहनुभएको छ, होइन त्यहाँ तला लगाएको थियो प्रहरी गएको छैन भन्ने पनि सुनेको छु । अरुले भन्दाखेरि त्यहाँ प्रहरीहरु नै थिए, त्यही छतबाट हान्यो भन्ने पनि कुरा आएको छ । यस्तो मिश्रित प्रतिक्रिया आइरहेको बेलमा सत्यतथ्य के हो यो पनि प्रष्ट पार्ने पर्ने जरुरी छ ।’

नेपाली काँग्रेसका सांसद ह्रदयराम थानीले विमानस्थल रहेको तीनकुने र सिनामंगल क्षेत्रमा सुरक्षाका दृष्टिले संवेदनशिल भएकाले त्यस्तो ठाउँमा कार्यक्रम गर्न दिनु सरकार र सुरक्षा निकायको कमजोरी भएको बताए ।

उनले गृहमन्त्रीलाई संभावित अराजनीतिक घटना हुन सक्ने सूचना भएर पनि प्रभावकारी कार्यान्वयन गर्न नसकेको आरोप लगाए। उनले सुरक्षा निकायसँग सूचना लिन नसकेको हो वा सुरक्षा निकायको कार्यक्षमतामै ह्रास आएको हो रु भन्दै गृहमन्त्रीमाथि प्रश्न गरे ।

उनले भने, ‘मलाई सिनामंगल क्षेत्र कस्तो लाग्छ भने विमानस्थल पनि यहीँ छ, इन्धन भण्डारणको ठूलो डिपो पनि त्यहीँ छ । पेट्रोल पम्पदेखि मिडिया हाउसहरु त्यहीँ छ । सिनामंगल र तीनकुने जस्तो संवेदनशील ठाउँमा जो सुरक्षाको राडार भित्र पर्छ होला आज त्यो ठाउँ हामीले कल्पना गरेको व्यक्तिहरुलाई कार्यक्रम गर भन्नु सुरक्षा निकाय र हाम्रो कमी कमजोरी हो कि होइन रु यिनीहरु उच्छृृङ्खल र अराजक हुन् भनेर थाहा छ र गर्न सकेको सबै गर्छन भन्ने कुरा गृहमन्त्रीलाई सूचना नभएको होइन । त्यस्तो अवस्थामा गृह प्रशासन,राष्ट्रिय अनुसन्धान विभाग जस्ले देशको सुरक्षालाई आफ्नो हातमा र सूचना दिनुपर्ने हो त्यस्तै सिआइबी जस्तो इन्टलिजेन्स कहाँ हामी चुक्या छौँ रु  अपारध महाशाखा कहाँ गयो रु आज हामीले सुरक्षा निकायहरुलाई एक ठाउँमा राखेर सूचना लिन नसकेको हो वा इन्टेलिजेन्समा पनि केही ल्याप्सेस भएको गएको हो ?’

नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले तीनकुने घटनामा धर्म गुरुहरु पनि सम्लग्न भएको भन्दै साधुको हातमा ढुंगा देखिनु हिन्दु धर्मका लागि पनि घाटा हुने बताए ।

उनले भने, ‘ढुंगा देखियो के, साधुको हातमा त बाइबल वेद के पो हुनु पथ्र्यो होला त । त्यसकारण हिन्दु धर्माअवलम्बीहरुलाई पनि घाटा छ यस्तो तरिकाको आन्दोनलबाट विचार गरियोस भन्ने विषय राख्छु । समाजवादी मोर्चाको कार्याक्रम भोलिपल्ट राख्नुपथ्र्यो भन्ने कुरापनि उठ्यो त्यस्तो कुरा नगरौँ, हाम्रो समाजवादी मोर्चाले अगाडि नै स्वीकृति भइसक्या हुनाले यो विषय नउठाउनै राम्रो हुन्छ ।’

नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले दुर्गा प्रसाईँलाई घटनाको दिन प्रहरीले घेरा हालेर नियन्त्रणमा लिएर किन छोडेको भन्दै प्रश्न गरे । प्रसाईँलाई सरकारले तत्काल गिरफ्तार गरेर कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

उनले घटना भएको दिन नेपाली कांग्रेस, नेकपा एमाले तथा माओवादी केन्द्रको पार्टी कार्यालयमा सुरक्षा प्रहरी तैनाथ गरिएपनि आफ्नो पार्टी एकीकृत समाजवादीको कार्यालयमा सुरक्षा दिन माग गर्दा पनि प्रहरी परिचालन नगरिएको गुनासो गरे ।

उनले भने, ‘दुर्गा प्रसाईँलाई नियन्त्रणमा लिएको हामीले भिजुएल देखेका छौँ, प्रहरीले घेरा हालेको भिजुएल देखेका छौँ । टेलिभिजनमा पनि हेरेको थिएँ । नियन्त्रणमा लिइ सकेपछि दुर्गा प्रसाईँलाई किन छोडियो रु र आज उनी कहाँ छन् रु गिरफ्तार किन गरिएनरु तीनकुनेको सबैभन्दा नजिकको हाम्रो पार्टी नेकपा एकीकृत समाजवादीको कार्यालय केन्द्रीय कार्यालय र जिल्ला कार्यालय आमनेसामने ।दुईटै कार्यालयमा हमला भयो । नेपाली कांग्रेसको कार्यालयमा एक ट्रक प्रहरी राखियो, एमालेको कार्यालयमा एक ट्रक प्रहरी राखियो, माओवादी केन्द्रको कार्यालयमा पनि प्रहरी भएको देखियो तर घटना भएको सबैभन्दा नजिकै भएको एकीकृत समाजवादीको कार्यालयमा नि प्रहरी राखिएन ?’

समिति बैठकमा सांसदहरुले जनप्रतिनिधि, सरकार तथा सुरक्षा निकायले जिम्मेवारी अनुरुप काम गरेर जनताका निराशा सम्बोधन गरी यस्ता घटना हुन नदिन सचेत हुनपर्ने बताएका थिए । सांसदहरुले तीनकुने घटनाका बारेमा सरकारले निश्पक्ष छानबिन समिति गठन गरेर सत्यतथ्य सार्वजनिक गर्न जोड दिएका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले कार्यकर्ताद्वारा शर्मीला वाइवामाथि रड प्रहार, टाउकोमा गम्भीर चोट

काठमाडौं । काठमाडौंको बौद्ध क्षेत्रमा  शर्मिला वाइवामाथि रड प्रहार भएको छ। रड प्रहारबाट उनको टाउकोमा गम्भीर चोट लागेको भए पनि हाल खतरामुक्त रहेको प्रह...

कोरलामा बढ्यो व्यापारिक चहलपहल

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित दशगजा क्षेत्रको नेपाली भूमिमा करिब एक दर्जन स्थानीय व्यापारीले नेपाली तथा चिनियाँ सामानको पसल सञ्चालन गरिरहे...

कवाड गोदाममा महानगरको डोजर, नगर प्रहरीसँगको झडपमा दुईजना घाइते

काठमाडौं । काठमाडौं महानगरका नगर प्रहरी र कवाडी व्यवसायीबीच झडप हुँदा २ जना घाइते भएका छन् । च्यासलमा कवाडी सामान भण्डारण गरिएको स्थान खाली गर्न मह...

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्नः कांग्रेस

काठमाडौं  । नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलका नेताले भन्ने बितिक्कै सरकार नढल्ने स्पष्ट पारेको छ । केही दिन अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष...

इजरायली हमलामा २५ जनाको मृत्यु

काठमाडौं । इजरायलले बिहिबार विस्थापित प्यालेस्टिनीहरूका शिविर लक्षित गरी गरेको आक्रमणमा परी कम्तीमा २५ जनाको ज्यान गएको गाजाको नागरिक सुरक्षा एजेन्सील...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा  । ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन। हल्दिबारी गाउँपालिका–१ बस्ने ६१ वर्षीय नरबहादुर विकलाई  बेलुकी प्रहरीले पक्राउ गरेको छ । ठगी म...

सात ताेला भन्दा बढी सुनसहित एक जना पक्राउ

स्याङ्जा । गल्याङ नगरपालिका–१ राम्दीबाट सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ परेका छन । सुन जस्तो देखिने ७ तोला ९ सय ६९ लालसहित वालिङ नगरपालिका–६...

आयोडिनयुक्त नुन उत्पादन तथा बिक्रीसम्बन्धी ऐन २६ वर्षपछि कार्यान्वयनमा

काठमाडौं । सरकारले आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरणसम्बन्धी ऐन लागू गरेको छ । विसं २०५५ मा बनेको उक्त ऐन २६ वर्षपछि कार्यान्वयनमा आएको हो । ...

२५ करोड प्रकरणमा चालक कारागार चलान, मालिक अझै फरार

काठमाडौं । काठमाडौंको टोखास्थित झोरबाट २५ करोड बराबरको डलर र युरोसहित पक्राउ परेका ट्रक चालक कारागार चलान भएका छन् ।  ट्रक चालक सिन्धुपाल्चोकको फुच्चे...

करिब २ सय ४४ किलोग्राम गाँजासहित बोलेरो चालक पक्राउ

सर्लाही । प्रहरीले करिब २ सय ४४ किलोग्राम गाँजासहित बोलेरो चालकलाई पक्राउ गरेको छ ।  लालबन्दी नगरपालिका–११ हिरापुरबाट अवैध लागु औषध गाँजा करिब २ सय...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending