काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मङ्गलवार विभिन्न उद्योग तथा फर्महरूको अनुगमन गरेको छ।
अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ को उल्लङ्घन पाइएपछि विभागले सम्बन्धित व्यवसायीहरूलाई आवश्यक निर्देशन तथा कारबाही गरेको छ । अनुगमनका क्रममा एउटा फर्मको बिक्री रोक्काको सहित ७ फर्मलाई कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
"स्वच्छ र प्रतिस्पर्धी बजार : उपभोक्ता संरक्षणको दिगो आधार" भन्ने नाराका साथ गरिएको अनुगमनका क्रममा स्पार्क अटो केयर प्रा. लि. (काठमाडौं महानगरपालिका-८) बिक्री वितरण रोक्का गर्दै सम्बन्धित कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ भने ६ वटा फर्मलाई कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । गौरङ्ग सारीज प्रा. लि. (काठमाडौं महानगरपालिका-३१), सी.जी. मोटर्स प्रा. लि. (ललितपुर महानगरपालिका-०२), एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा. लि. (विराटनगर महानगरपालिका-०९), सिजन आई.टी. (काठमाडौं महानगरपालिका-२२), अर्बन गेअर्स (काठमाडौं महानगरपालिका-३१), गाभिनो फेशन वेयर (काठमाडौं महानगरपालिका-३१) लाई कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
भी.जी. अटोमोबाइल्स प्रा. लि. (काठमाडौं महानगरपालिका)को भने बिक्री वितरण फुकुवा गरिएको छ ।
विभागले उपभोक्ताको हक र हित संरक्षण गर्दै बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने उद्देश्यले निरन्तर अनुगमन तथा आवश्यक कारबाही गर्ने जनाएको छ। उपभोक्ता अधिकार सुनिश्चित गर्न व्यवसायहरूले कानुनी प्रावधानहरू पूर्ण रूपमा पालना गर्नुपर्ने विभागको भनाइ छ।
विभागका अनुसार २० चैत देखि सबै सामग्रीहरूमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गरिएको छ । विभागका महानिर्देशक कुमार दहालले भने, `जोखेर वा नापेर विक्री गर्ने बाहेकका सबै सामग्रीमा एमआरपी अनिवार्य गरेका हौँ । जसले गर्दा स्वच्छ तथा पारदर्शी बजार हुनेछ, सानो सामग्री देखि ठुला गाडीहरूमा सम्म सबैमा एमआरपी उल्लेख हुनुपर्ने छ ।´
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको कडा निर्देशनमा विभागले उपभोक्ता ठगी हटाउन एक्सन लिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: