Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

२०८१ मा नेपाली चलचित्र- घरेलु बजारमा ‘पूर्णबहादुरको सारङ्गी’ले रेकर्ड तोडेको वर्ष, अरु कस्तो रह्यो ?

भेषराज कार्की

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद रह्यो। यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बजारमा गरेको व्यापार इतिहास बनेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस)मा यस चलचित्रले ४६ करोड ८० लाख (ग्रस) कारोबार गरेको तथ्यांक छ। जसले विसं २०८१ मा मात्रै नभई नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’ दर्ज गर्‍यो। यसकारण विसं २०८१ चलचित्रका लागि स्मरण गरिने वर्ष बन्नेछ।

चलचित्र विकास बोर्डको तथ्यांकअनुसार यो वर्ष ६० चलचित्र प्रदर्शन भइसकेका छन्भने दुई चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ चैत २९ देखि प्रदर्शन हुँदैछ। यो वर्ष स्वदेशी चलचित्र ६२ प्रदर्शन हुँदा विदेशी ८५ को हाराहारीमा प्रदर्शन हुने बोर्डले जनाएको छ । विदेशी चलचित्रको नेपाल प्रदर्शन अन्तिम समयमा टुङ्गो लाग्ने गरेकाले पनि अहिले एउटा अंक भन्न कठिन रहेको बोर्डको भनाइ छ।

यो वर्षको सुरुआतमा वैशाख १ गते प्रदर्शन भएको ‘डिग्री माइला’ ले ठीकठाक व्यापार गरिरहँदा वैशाख १४ मा प्रदर्शन भएको ‘बोक्सीको घर’ ले आक्रामक व्यापार गर्न सफल भयो। चलचित्रमा समावेश गीत ‘बुझिन मैले, बुझाइ देऊ कसैले’ सफल हुँदा त्यसको प्रभाव चलचित्रमा पर्‍यो। केकी अधिकारीले अभिनय गर्नुभएको र सुलक्षण भारतीले निर्देशन गरेको चलचित्रलाई प्रदर्शन अगाडि सामान्य रुपमा हेरिएको थियो। तर, यसले अकल्पनीय व्यापार गर्‍यो।

‘बक्सअफिस’को तथ्यांकअनुसार यस चलचित्रको घरेलु बजारमा १० करोडको हाराहारीमा व्यापार भएको छ। यो चलचित्र सफलताको श्रेय गीतसंगीत र विषयलाई जान्छ। त्यसकारण यो वर्ष कलाकारको ‘स्टारडम’ भन्दा ‘कन्टेन्ट’ चलेको वर्षका रुपमा हेर्न सकिन्छ। यसपछि दशैंमा प्रदर्शन भएको ‘१२ गाउँ’ र तिहारमा प्रदर्शन भएको ‘पूर्णबहादुरको सारङ्गी’ ले चलचित्र क्षेत्रलाई चलायमान बनायो।

यी दुवै चलचित्र प्रदर्शन अगाडि सामान्य सोचिएका थिए। तर, प्रदर्शन भएपछि दर्शकले नै सिफारिस गरेका कारण सफलताको नयाँ ‘रेकर्ड’ बनाउन सफल भए। यो वर्ष दर्शकहरू कलाकारको अनुहारभन्दा पनि चलचित्रमा उठान गरिएको विषयलाई हेर्न आएका निर्देशक तथा वितरक प्रचण्डमान श्रेष्ठले बताए।

उनले भने, “यो वर्ष ‘स्टार’ भनिने कलाकारका चलचित्रभन्दा सामान्य रुपमा हेरिएको तर पात्रलाई पर्दामा जीवन्त बनाउन सक्ने कलाकारको चलचित्रको व्यापार धेरै भएको छ। दशैं र तिहारमा भएको चलचित्रको व्यापारले समग्र क्षेत्रलाई चलायमान बनाउन सफल भयो। तर, समग्र वर्षको तथ्यांक हेर्ने हो भने समग्र बजारको आकार भने बढेको छैन।”

उनले “रैयाँ चाँदीको” बोलको हिट गीतका साथ बनेको ‘पूर्णबहादुरको सारङ्गी’ ले गरेको व्यापार ऐतिहासिक भए पनि अन्य चलचित्रले उल्लेख्य व्यापार गर्न नसक्दा समग्रमा अघिल्ला वर्षकै तुलनामा बजारमा हुने व्यापारको आकार सीमित भएको बताए।

चलचित्र वितरक तथा निर्माण समूहको दाबीअनुसार यो वर्ष घरेलु बजारमार्फत अघिल्ला उल्लिखित चलचित्रसँगै ‘छक्का पञ्जा ५’, ‘होस्टेल ३’, ‘अन्जिला’ ले लगानी सुरक्षित गर्दै मुनाफा आर्जन गर्न सफल भए । यसबाहेक विदेशी बजारसहित ‘घर ज्वाईं’, ‘गाउँ आएको बाटो’ र ‘लाज शरणम्’ चलचित्रले निर्मातालाई घाटा गराएन। चलचित्र ‘वसन्त’ चैत २२ देखि प्रदर्शनरत रहेकाले यसको व्यावसायिक तथ्यांक आउन बाँकी छ।

यस वर्ष अरू पनि चलचित्र बजारमा देखिए। मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यको अभिनयमा ‘महापुरुष’का साथै चलचित्र ‘राजागन्ज’ विवादका बीच प्रदर्शनमा आए।

अभिनेता प्रदीप खड्काले नेपाली चलचित्रका लागि यो वर्षको सुरुआत राम्रो भए झैँ अन्त्य पनि सुखद हुने विश्वास व्यक्त गरे। उनले भने, “यो वर्ष भिन्नभिन्न विषयका चलचित्र प्रदर्शन भए, वर्षको सुरुआत निकै राम्रो रह्यो। इतिहास रच्ने चलचित्रदेखि नयाँ अनुहारलाई पनि दर्शकले विश्वास गरेको पाइयो। यस वर्षको अन्त्य पनि सुखद हुने विश्वास लिएको छु।”

उनले वर्षको अन्त्यमा प्रदर्शन हुने चलचित्रले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे। चलचित्रमा विषयवस्तु वा कथा आकर्षणको केन्द्र हुनु सुखद रहेको निर्देशक मिलन चाम्सले बताए। “चलचित्रको कथामा दर्शक आकर्षित हुनु चलचित्रकर्मीका लागि सुखद विषय हो, किनकि कलाकारमा केन्द्रित हुँदा त्यहाँ रचनात्मक पक्ष कमजोर हुनसक्छ। यसले नयाँ चलचित्रकर्मीलाई पनि प्रेरणा दिन्छ”, निर्देशक चाम्सले भने।

यो वर्षको सुरुआतमा प्रदर्शन भएका चलचित्रको व्यापारले आशावादी बनाएको थियो। तर, वर्षको अन्त्यमा बजार उही आकारमा रहनुले अघिल्ला वर्षभन्दा फरकपन ल्याउन नसकेको वितरक श्रेष्ठको बुझाइ छ। “एक दुई चलचित्रको सफलताले हामीलाई उत्साहित बनाउनु स्वाभाविक हो। तर, समग्र वर्षभरिमा भएको व्यापारको आकार नबढ्ने हो भने त्यसलाई उपलब्धि कसरी मान्न सकिन्छ ?”, वितरक श्रेष्ठले भने।

बजारको आकार बढ्न र नयाँ दर्शक चलचित्र भवनसम्म ल्याउन एउटा फरक चलचित्र चाहिने उनको बुझाइ छ। “लुट चलचित्रले बनाएको नयाँ दर्शकलाई कबड्डी, छक्का पञ्जा, जात्राजस्ता चलचित्रले बढाए। त्यस्तै, एउटा चलचित्र अहिलेको समयमा चाहिएको छ, अनि नयाँ दर्शक थपिनाका साथै चलचित्रको नयाँ युगको सुरुआत हुन्छ,” वितरक श्रेष्ठले भने।

उनी आफैं आउँदो वर्ष २०८२ मा चलचित्र निर्देशन गर्ने तयारीमा छन्। यो वर्ष प्रदर्शन भएका झन्डै नौवटा चलचित्रमा अभिनेता दयाहाङ राईले अभिनय गरे। उनले अभिनय गरेको चलचित्र ‘डिग्री माइला’ वैशाख १ मा प्रदर्शन भएको थियो भने चैत २९ मा ‘पिताम्बर’ प्रदर्शन हुँदैछ।

अर्थात् वर्षको सुरुआतदेखि अन्त्य पनि उनकै चलचित्रमार्फत हुँदैछ। यद्यपि उनले सङ्ख्या बढाउने मात्र नभई भिन्न विषयवस्तुका कारण आफूले चलचित्रमा अभिनय गरेको बताए।

“मैले कथामा विविधता देखेर चलचित्रमा काम गरेको हुँ। तपाईंले सङ्ख्यासँगै विषयवस्तु हेर्नुभयो भने एउटा अभिनेता त्यसलाई छाड्न सक्दैन । साथै मेरो उपस्थितिले कुनै निर्देशक र निर्मातालाई लाभ मिल्छ र मलाई विषय मन परेको छभने किन नगर्ने ?” अभिनेता राईले भने।

यो वर्ष प्रदर्शन भएको चलचित्र ‘छक्का पञ्जा ५’ ले १५ करोड २१ लाख, चलचित्र ‘१२ गाउँ’ ले १९ करोड ९१ लाख रूपैयाँ घरेलु बजारमा व्यापार गरेको तथ्यांक बक्स अफिसमा छ। यी चलचित्रको व्यापार हुनुको एउटा मुख्य कारण परिवार नै दर्शक बनेर चलचित्र भवनसम्म आउनु हो।

यसअगाडि पनि व्यावसायिक रुपमा सफल भएका अधिकांश चलचित्रमा सबै उमेर समूहका दर्शकको उपस्थिति देखिएको छ। निर्देशक पुर्नेन्दु झाले चलचित्रको पर्दामा देखिने पात्रसँग दर्शक जोडिने पारिवारिक चलचित्रले घरेलु बजारमा सफलता पाउने गरेको भाष्यले यस वर्ष पनि निरन्तरता पाएको बताए।

“नेपालमा सफल भएका चलचित्रहरू आफ्नै मौलिक कथा बनेको पाइएको छ। यो वर्ष पनि सफल भएका चलचित्र सूची हेर्दा मौलिक कथा, सामाजिक विषयले दर्शकलाई चलचित्र भवनसम्म आकर्षित गरेको पाइयो। यद्यपि व्यापार मात्र सोचेर चलचित्र बनाउनु भने हुन्न, किनकि यसले विविधतामा असर गर्नाका साथै बजारीकरण गर्छ। चलचित्र भवनसम्म आउँदा दर्शकमा देखिएको उत्साह निस्किँदा पनि देखियोस् भन्ने सोच राखेर चलचित्र निर्माण गर्न सक्नुपर्दछ,” निर्देशक झाले भने।

चलचित्र मनोरञ्जनका लागि हेर्ने गरिन्छ। यद्यपि यसले पार्ने प्रभावप्रति सोच्ने कमै हुन्छन्, यसकारण यस वर्ष भइरहेका कामले आशावादी हुने ठाउँ प्रशस्तै दिएको छ। कामको नतिजा आउँदो वर्ष देखिनेछ, जहाँ नेपाली चलचित्रले कलात्मक र व्यावसायिक दुवै पाटोमा आफूलाई अब्बल साबित गर्ने चलचित्रकर्मीको विश्वास छ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आगामी वर्ष चलचित्र निर्माण, वितरण र प्रदर्शनका लागि बनेको ‘चलचित्र ऐन’ संशोधन हुने, बक्सअफिसमा ‘रियल डाटा’ प्राप्त हुने लगायतका बोर्डका कार्यले चलचित्रकर्मीलाई लाभान्वित बनाउने बताएका छन्। एक तथ्यांकअनुसार हाल नेपाली चलचित्र उद्योगमा करिब १० हजार कलाकर्मी आबद्ध छन्।

यो वर्ष चलचित्र भवनले सो सङ्ख्या नदिएको विवाद धेरै पटक उठ्यो। यही कारण निर्देशक निश्चल बस्नेतले चलचित्र ‘बेहुली फ्रम मेघौली’को प्रदर्शन स्थगित गरेर ‘ओभर दी टप (ओटिटी)’ मा चलचित्र प्रसारण गरे। यद्यपि न्यून शोबाट सुरु भएको ‘पूर्णबहादुरको सारङ्गी’ले गरेको व्यापारका कारण सर्वकालीन सफल पनि बन्न पुग्यो। फलस्वरूप नेपाली चलचित्रले गरिरहेको व्यापार देखेर वितरकले विदेशी चलचित्र नेपालमा महँगाे मूल्यमा ल्याउने संख्या कम गरेका छन्।

विदेशी चलचित्रकै कारण स्वदेशी चलचित्र हेपिएको प्रश्न उठिरहँदा केही नेपाली चलचित्रले विदेशी चलचित्रलाई पराजित गर्दै सफल बनेपछि नेपाली निर्मातामा साहस र ऊर्जा थपिएको छ।

हाल प्रदर्शनरत चलचित्र ‘अञ्जिला’ ले राम्रो व्यापार गरेपछि भारतीय चलचित्र ‘सिकन्दर’ नेपालमा असफल बनेको छ। यी यस्तै गतिविधिले गरेको संकेतका कारण पनि आउँदो वर्ष विसं २०८२ नेपाली चलचित्रका लागि राम्रो हुनेमा आशावादी हुन सकिन्छ। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending