बाजुरा । बाजुराको बडिमालिका नगरपालिकामा रहेको बाउली खोलामा शनिवार मृत अवस्थामा एक परुष फेला परेका छन्। जिल्लाको बडीमालिका नगरपालिका–९ चौराटाका सूर्य विष्ट मृत फेला परेका हुन्।
चौराटाका ४२ वर्षका विष्ट गत तीन दिनदेखि सम्पर्कविहीन थिए। बाउलीको आसपासमा मृत विष्टको जुत्ता र मोबाइल एक दिन पहिला बाउली नजिक फेला परेको थियो।
आज बिहान उनी पनि त्यसै नजिक मृत अवस्था भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनकबहादुर बोहराले बताए। उनले भने, ‘यहाँका स्थानीयले उहाँको शव नेपाल विद्युत प्रविधीकरणको बाजुरा वितरण केन्द्रको पावर हाउस नजिकै बाउली खोलामा भेटिएपछि खबर गरेका थिए। सोही खबर अनुसार हामी त्यहाँ जाँदा विष्ट मृत अवस्थामा भेटिएका हुन्।’
उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ। उनका आफन्तले हत्याको आशङ्का गरेकाले घटना कसले गरेको हो वा आफैँ लडेर खोलामा परेका हुन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी बोहराले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २९ गते, २०८१ - १०:२२
भोजपुर । सागसब्जीखेती प्रवर्द्धन गर्ने उद्देश्यले रामप्रसादराई गाउँपालिका–३ भुल्केमा ‘एक घर,एक टनेल’कार्यक्रम सञ्चालन भएको छ । किसानलाई व्यावसायिक साग...
चैत्र २९ गते, २०८१ - ०९:५५
काठमाडौं । भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याउन लागिएको सुरक्षा स्रोतले जनाएको छ । त्यसका लागि विशेष व्युरो र अपराध अनुसन्धान कार...
चैत्र २९ गते, २०८१ - ०९:४५
काठमाडौं । लुम्बिनी र मणिपाल मेडिकल कलेजका आवासीय चिकित्सक काठमाडौं आएर आन्दोलन गरेका छन्। काठमाडौंको नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, किस्ट,...
चैत्र २९ गते, २०८१ - ०८:५५
तीनकुने घटनाबारे संसदीय समितिले गृहमन्त्रीसँग छलफल गर्ने
चैत्र २९ गते, २०८१ - ०८:३५
काठमाडौं । काठमाडौंमा गत चैत १५ गते भएको राजावादीहरुको प्रदर्शनका क्रममा भएको हुलदंगाका कारण भएको क्षतिमा हालसम्म निर्जीवन बीमा कम्पनीहरुले ५ करोड रुप...
चैत्र २९ गते, २०८१ - ०७:४५
काठमाडौं । मुसाले पनि लाइमलाइटमा आएर तपाईलाई छक्क पार्न सक्छ। अफ्रिकी मुसा रोनिन यसको उदाहरण हो। अहिले रोनिनको नाम गिनिज बुक अफ रेकर्डमा दर्ता भए...
चैत्र २९ गते, २०८१ - ०७:१५
काठमाडौ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हु...
चैत्र २९ गते, २०८१ - ०६:५०
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। ...
चैत्र २८ गते, २०८१ - १५:५०
नवलपुर । सडकको खराब अवस्थाका कारण दाउन्नेमा यात्रुले निकै सास्ती खेप्नु परेको छ । बाटो विस्तारका क्रममा ठाउँ ठाउँमा कटान भएको र कल्भर्ट निर्माणका लाग...
चैत्र २८ गते, २०८१ - १५:५०
काठमाडौं । कालिकोट–सुर्खेत जोड्ने कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गएराती भएको अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको हो। सडक ...
प्रतिकृया लेख्नुहोस्: