Ntc summer Offer
Khabar Dabali २७ चैत्र २०८१ बुधबार | 9th April, 2025 Wed
Investment bank

जलवायु परिवर्तन नेपालको लागि सबैभन्दा गम्भीर चुनौतीः सभामुख

खबरडबली संवाददाता

उज्बेकिस्तान ।  सभामुख देवराज घिमिरेले नेपालको सामाजिक न्याय, समावेशिता र शान्तिपूर्ण रुपान्तरणको  यात्रा विश्वकै लागि उदाहरणीय भएको बताएका छन् । 

उज्बेकिस्तानको ताशकन्दमा अन्तर–व्यवस्थापिका संघको १५०औँ सभालाई आइतबार सम्बोधन गर्दै सभामुख घिमिरेले नेपालले राजनीतिक द्वन्द्वलाई मौलिक सम्झौतामार्फत अन्त्य गर्दै एकात्मक राज्य व्यवस्थाबाट संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको सफल यात्रा तय गरेको उल्लेख गरेका हुन् ।

नेपालको संविधानले सामाजिक न्याय, समानता र समावेशिताको पूर्ण सुनिश्चितता गरेको उल्लेख गर्दै सभामुखले राष्ट्रका उच्च पदहरूदेखि नीति निर्माण तहसम्म लैंगिक तथा जातीय समावेशिताको ग्यारेन्टी गरिएको तथ्य प्रस्तुत गर्नुभयो। विशेषगरी राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायबाट चयन गर्नुपर्ने संवैधानिक प्रावधान र संसदका दुबै सदनको नेतृत्व फरक लिङ्ग तथा राजनीतिक दलबाट हुने व्यवस्था उदाहरणीय भएको उनको भनाइ छ ।

“सामाजिक विकास र न्यायका लागि संसदीय कार्य” शीर्षकमा नेपालको संसदको तर्फबाट धारणा राख्दै सभामुख घिमिरेले संसदलाई सामाजिक परिवर्तनको प्रमुख माध्यमको रूपमा प्रस्तुत गरे । “संसदहरूले नीति निर्माण, बजेट विनियोजन, कानुन निर्माण र कार्यान्वयनको निगरानीमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छन्,” उनको भनाइ थियो । संसदीय कूटनीतिको प्रयोगमार्फत अन्तर्राष्ट्रिय सहयोग विस्तार गर्दै, गरिबी, द्वन्द्व र जलवायु परिवर्तनजस्ता सामाजिक प्रगतिका प्रमुख अवरोधहरूको सामना गर्न सकिने उनले विश्वास व्यक्त गरे ।

सभामुखले संसदमार्फत महिला, युवा, आदिवासी, जनजाति तथा पछाडि पारिएका वर्गहरूको सशक्त प्रतिनिधित्व सुनिश्चित गर्नुका साथै संसदीय खुलापन प्रवर्द्धन गर्ने अभ्यासलाई नेपालको एक महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे । 

नेपालको १६औं पञ्चवर्षीय योजनाको चर्चा गर्दै उनले स्वास्थ्य, शिक्षा, रोजगारी र आवासमा नागरिकहरूको समान पहुँच सुनिश्चित गर्न सरकारले विशेष प्राथमिकता दिएको बताए।

जलवायु परिवर्तनलाई नेपालको लागि सबैभन्दा गम्भीर चुनौतीका रूपमा रहेको बताउँदै सभामुखले प्राकृतिक विपत्तिहरूले वार्षिक लाखौँ नागरिकको जीवन प्रभावित भइरहेको बताए । उनले जलवायु न्याय सुनिश्चित गर्न हरित ऊर्जा प्रवर्द्धन, जलवायु अनुकूलन नीतिहरू र अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा नेपालले खेलेको भूमिकाको पुनस् स्मरण गराए  । 

आगामी मे १६–१८ मा नेपालमा “सगरमाथा सम्वाद” आयोजना हुने जानकारी दिँदै पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावबारे अन्तर्राष्ट्रिय बहस अघि बढाउने तयारी भइरहेको जानकारी दिए।

सभामुख घिमिरेले लोकतन्त्र, समावेशिता र सामाजिक न्यायका आदर्शहरूलाई आत्मसात् गर्दै साझा भविष्य निर्माणमा नेपाल अग्रसर रहेको सन्देश अन्तर्राष्ट्रिय समुदायलाई दिए । “संसदीय नेतृत्वसँगै हामीले न्यायसंगत, दिगो तथा समावेशी विश्व निर्माणमा योगदान दिनु आवश्यक छ,” उनले भने ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुनेवाला ससुरा आफ्नो पुर्व प्रेमी परेपछि....

लन्डन । स्कटल्याण्डबाट एउटा यस्तो घटना बाहिर आएको छ, जसले सबैलाई चकित बनाएको छ ।  बिहेको तयारीमा व्यस्त रहेकी एउटी युवती क्रिस्टिना मार्कले आफ्नो ह...

बल्खु प्रदर्शनबाट पक्राउ परेका चार जना को को हुन् ?

काठमाडौ । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बल्खुमा मङ्गलबार गरेको प्रदर्शनबाट चार जना पक्राउ परेका छन् ।  काठमाडौँ प्रहरी परिसरका...

राप्रपा नेता राणा र मिश्र थप १५ दिन हिरासतमै

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता रबिन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा थप १५ दिन हिरासतमा बस्नु पर्ने भएको छ । काठमाडौं जि...

बालेनलाई लिङ्देनको सुझावः आजको कार्यक्रमका बारेमा धेरै हिरो भएर पत्र नकाट्नू

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धेरै हिरो भएर पत्र नकाट्न सु...

चीनको सैन्य विस्तार ‘आश्चर्यजनक’: नाटो प्रमुख

टोकियो । मङ्गलबारदेखि सुरु भएको जापान भ्रमणमा नाटो प्रमुखले चीनको सशस्त्र बलको विस्तार ‘आश्चर्यजनक’ रहेको बताएका छन् । नाटो प्रमुखको भ्रमण एसिया(प्रशा...

आईजीपीलाई दीपक थापा एमालेको भ्रातृ संगठन युवा संघको सहअध्यक्ष रहेछन्ः राजेन्द्र लिङ्देन

याद राख्नुस्, फुली लगाइदिने दलका नाइके र सिफारिस गर्नेहरू सधैं सत्तामा हुँदैनन्

राप्रपाको सभाबाट घुसपैठको आरोपमा दुई जना नियन्त्रणमा

काठमाडौं । राप्रपाले बल्खुमा आयोजना गरेको सभास्थलबाट घुसपैठ गरेर सभाको वातावरण बिथोल्न खोजेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  उनी...

संविधान संसोधनका लागि समिति बनाएर काम गर्छौं: प्रधानमन्त्री

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको अनुभवका आधारमा विद्यमान व्यवस्थालाई सबल बनाउने लक्ष्यका लागि संविधान संशोधन गर्न राजनीतिक समिति ...

जडिबुटी प्रशोधन केन्द्रमा माओवादी कार्यकर्ताले आगो लगाएको ज्ञानेन्द्र शाहीको आरोप

झूटा मुद्दा लगाएर थुन्ने कोसिस गरिए लाखौँ जनताले गणतन्त्रवादी नेताहरूको घर घेर्ने चेतावनी

जनप्रतिनिधि, कर्मचारी र शिक्षकका छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने

ओखलढुङ्गा ।  ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी नपढाउने जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकको सेवा सुविधा रोकिने भएको छ । ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy