Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

जिबी राईले भानुआतुको नागरिकता लिएको आशंका

खबरडबली संवाददाता

काठमाडौं । सहकारी ठगी अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन्। उनलाई बुटवल उच्च अदालतले थुनामा राख्न आदेश दिएको थियो। उनी कारागार चलान हुँदा सहकारी ठगीमा फरार रहेका गीतेन्द्रबाबु (जिबी) राई भने फरार छन्। खुला रहेका रविलाई पक्राउ गर्न प्रहरीले हतार गरेका बेला राईलाई भने खोजी नगरेको भन्दै रास्वपाले सरकारको आलोचनासमेत गरेको छ।

पछिल्लो पटक प्रहरीले जिबी राई मलेसिया रहेको जनाएको थियो। लामिछाने गृहमन्त्री भएका बेला पनि राईलाई नेपाल ल्याउने प्रयासस्वरूप मलेसिया सरकारसँग समन्वय गरिएको थियो। हालका गृहमन्त्री रमेश लेखकले पनि प्रहरी पठाएर त्यहाँको प्रहरीसँग समन्वयको प्रयास गरेका थिए। साथै नेपालको कारागारमा रहेकी एक मलेसियाली नागरिकलाई विधि–प्रक्रिया पुर्‍याएर छुटाइएको थियो। तर पनि सरकारले राईलाई ल्याउन सकेको छैन। तर अहिले राई कहाँ छन् भन्ने प्रहरी प्रधान कार्यालय नै अन्योलमा छ।

प्रहरीको उच्च स्रोतले दिएको जानकारीअनुसार राई यतिबेला मलेसिया र भानुआतु भन्ने देश आउजाउ गरिरहेका छन्। प्रशान्त महासागरीय सुन्दर टापु भानुआतुमा एक लाख ५५ हजार डलर तिरेपछि र केही कानुनी प्रक्रिया पूरा गरेपछि राहदानी प्राप्त हुन्छ। ‘कास्की जिल्ला अदालतले राहदानी रद्द गर्न नेपाल सरकारलाई आदेश दिएपछि उनले भानुआतुको राहदानी लिएको आशंका गरिएको छ,’ प्रहरी प्रधान कार्यालय उच्च स्रोतले भन्यो। त्यहाँ गैरआवासीय नेपाली संघका साथै नेपालीका अन्य संघसंस्था पनि छन्।

भानुआतु दक्षिण प्रशान्त महासागरमा अवस्थित सानो टापु राष्ट्र हो। त्यहाँको कुल जनसंख्या तीन लाख छ। भानुआतुले सन् १९८० मा फ्रान्स र बेलायतबाट स्वतन्त्रता प्राप्त गरेको थियो। भानुआतुले विश्वभरका मानिसहरूलाई लगानीद्वारा नागरिकता प्रदान गर्दै आएको छ। त्यहाँका बारेमा रिपोर्ट प्रकाशन गर्ने सञ्चारमाध्यमका अनुसार भानुआतुमा नागरिकता प्राप्त गर्न न्यूनतम एक लाख ५५ हजार डलर तिर्नुपर्छ। भानुआतुमा लगानीको बदलामा त्यो देशको नागरिकता ३०–६० दिनमा प्राप्त गर्न सकिन्छ। मिडिया रिपोर्टहरूका अनुसार नागरिकताको बदलामा प्राप्त हुने राजस्व भानुआतुको कुल राजस्वको ३० प्रतिशत हो।

विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट भएका देशहरूमा भारत ८०औं स्थानमा छ भने सानो देश भानुआतु यस सूचीको ५१औं स्थानमा छ। यो स्थान साउदी अरेबिया र चीनभन्दा अगाडि हो। भानुआतुको राहदानीले विश्वभरका एक सय १३ देशमा भिसामुक्त प्रवेश अनुमति दिन्छ। यसकारण राई उता पुगेको आशंका प्रहरीले गरेको हो।

राईलाई नेपाल फर्काउने प्रक्रियाअन्तर्गत नै नेपाल प्रहरीले राहदानी रद्द गर्न सरकारलाई पत्राचार गरेको थियो। प्रहरीले उनलाई पक्राउ गर्न एसपीको नेतृत्वमा टोली मलेसिया पठाए पनि पक्राउ गर्न सकेको थिएन। त्यसपछि प्रहरीले राहदानी विभागलाई राईको राहदानी रद्द गर्न पत्र लेखेको थियो। तर विभागले रद्द नगरेपछि जिल्ला सरकारी वकिल कार्यालय कास्कीमार्फत अदालतमा निवेदन दर्ता गरिएको थियो। त्यसपछि कास्की जिल्ला अदालतले जिबी राईको राहदानी रद्द गर्न आदेश दिएको थियो। माघ ४ गते न्यायाधीश हिमाल बेलबासेको इजलासले राहदानी विभागलाई राईको राहदानी रद्द गर्न निर्देशन दिएको थियो।

सहकारीको अर्बाैं रकम अपचलन गरेको आरोप लागेपछि फरार राईको पासपोर्ट रद्द गर्न प्रहरीले २०८१ जेठ १ गते राहदानी विभागलाई पत्राचार गरेको थियो। त्यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीको अपराध अनुसन्धान शाखाले राहदानी विभागलाई पत्राचार गर्दै राईको पासपोर्ट रद्द गर्न भनेको थियो। त्यसअघि इन्टरपोल शाखामार्फत राईलाई नेपाल झिकाउन रेड कर्नर नोटिस जारी भएको थियो। उनी त्यतिबेला मलेसियामा रहेको र भागेर अन्य मुलुकमा जाने सम्भावना रहेकाले उनको पासपोर्ट रद्द गर्न आग्रह गरेको प्रहरीले जनाएको थियो। राईको पासपोर्ट रद्द गरी सोको जानकारी मलेसियाली दूतावास, प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखा नक्साल र जिल्ला प्रहरी कार्यालयमा पठाइदिन आग्रह गरिएको थियो।

‘मुख्य प्रतिवादी गीतेन्द्र बाबु राईलाई तत्कालै प्रहरी नियन्त्रणमा लिई अनुसन्धान गर्नुपर्ने र तत्काल निजलाई पक्राउ नगरे मुद्दासँग सम्बद्ध सबुद प्रमाणहरू लोप तथा नाष्ट गर्न सक्ने वा निज हाल बस्दै आएको देश मलेसियाबाट समेत भागेर अन्य देशहरूमा जान सक्ने भएकाले निजलाई सुपुर्दगी सन्धिमार्फत सहजै नेपाल झिकाउन निजले प्रयोग गरिरहेको नेपाली राहदानी नं. ११६९८७२७ राहदानी ऐन २०७६ बमोजिम रद्द गर्ने प्रयोजनार्थ सोसँग सम्बन्धित कागजातहरू यसै पत्रसाथ संलग्न राखी पठाइएको छ,’ पत्रमा भनिएको थियो, ‘प्राप्त भएपश्चात् नियमानुसार निज प्रतिवादीको राहदानी रद्द गरी सोको जानकारी मलेसियाली दूतावास, तालुक प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखा नक्साल, काठमाडौं र यस कार्यालयमा पठाइदिने व्यवस्था हुन सादर व्यहोरा अनुरोध गरिएको छ।’

राई तत्कालीन गोरखा मिडिया नेटवर्कका अध्यक्ष हुन्। उनीमाथि पाँचवटा सहकारी ठगीको आरोप छ। काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा चितवन, रूपन्देहीको सुप्रिम, वीरगन्जको सानो पाइला र कास्कीको सूर्यदर्शन सहकारी ठगीमा उनको संलग्नता थियो। उनीविरूद्ध कास्की र काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ। राईका व्यावसायिक साझेदार रवि लामिछाने भने तीन वटा अदालतबाट धरौटीमा रिहा भए पनि बुटवल उच्च अदालतबाट थुनामा गएका छन्। यो समाचार आजको नागरिक दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

हर्क साम्पाङको आरोप : विदेशी हस्तक्षेपलाई संस्थागत गर्न रवि-बालेन मिलाएर अघि बढाइयो

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताप्रति कडा आलोचना गरेका छन्। उनले उक्त सम्झौता...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। केही दिनदेखि जारी बैठक आज पनि जारी रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलले ब...

एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारको अन्तिम सूची तयार गर्ने

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ। ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टी सचिवालय बैठक बस्न लागेको हो।  बैठकमा समानुपातिक उम्मेद्वारको अ...

रवि–बालेन मिलनको साक्षी कोको हुन् ?

काठमाडौं । लामो समयको प्रयासपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएको छ।  सम्झौता...

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन...

मनाङमा हिउँ चितुवा सर्वेक्षण : ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान

मनाङ । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्...

तराईमा हुस्सु, हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending