गाेरखा । बुढीगण्डकी नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा गोरखाको गण्डकी गाउँपालिका–८ का ११ वर्षीय निकेश नेपाली भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार शनिबार दिउँसो करिब ४:०० बजे गण्डकी गाउँपालिका–८ बुढीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर अहिलेसम्म बेपत्ता भएको उनले बताए । बेपत्ता भएका नेपालीलाई स्थानियले पौडी खेल्दा खेल्दै बेपत्ता भएपछि घरपरिवार र स्थानियलाई खबर गरेपछि आफन्तले आइतबार प्रहरीमा खोजिदिन भन्दै जिल्ला प्रहरी कार्यालय गोरखामा निवेदन दिएका थिए ।
प्रहरी नायब उपरीक्षक सुवेदीले भने, “स्थानिय र प्रहरीको टोलीले २ दिनसम्म खोजी कार्य गर्दा समेत बेपत्ता नेपाली फेला परेको छैनन् ।”
प्रतिकृया लेख्नुहोस्: