बाँके । महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजमा आन्दोलनरत आंशिक प्राध्यापकहरूले क्याम्पस प्रमुख लालमणी आचार्यको कार्यकक्षमा सोमबार तालाबन्दी गरेका छन् ।
क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरूलाई त्रिभुवन विश्व विद्यालयको परिपत्र अनुसार व्यवस्थापन गर्नुपर्ने मागसहित आंशिक प्राध्यापकहरू आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनका कार्यक्रम अन्तर्गत चैत २९ देखि त्रिविको परीक्षामा असहयोग, भण्डाफोर र जेठ २ देखि कक्षा स्थगनसम्मका कार्यक्रम राखिएको महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज आंशिक प्राध्यापक सङ्घका संयोजक ध्रुव थापाले जानकारी दिए ।
संयोजक थापाले भने, ‘त्रिविबाट स्पष्ट परिपत्र आए पनि क्याम्पस प्रशासन आंशिक प्राध्यापकहरूको व्यवस्थापनमा उदासिन भए पनि आन्दोलनमा उत्रिन बाध्य भएका छौं ।’ आंशिक प्राध्यापकहरूको आन्दोलनपछि त्रिविले २०७८ फागुन २० गते आंशिक प्राध्यापकहरूको व्यवस्थापनका लागि ४२ वटै आङ्गिक क्याम्पसमा परिपत्र गरेकोमा अझै १५ क्याम्पसमा व्यवस्थापनको समस्या छ ।
नेपालगन्जको मव क्याम्पसमा प्राध्यापक सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा आंशिक प्राध्यापक व्यवस्थापनका सन्दर्भमा कार्यदल गठन भएको थियो । सो कार्यदलले २४ जनासम्मलाई व्यवस्थापन गर्न सकिने प्रतिवेदन क्याम्पस प्रशासनमा बुझाएको छ । त्यसमा विभिन्न दबाबमा परेर ७२ जनासम्मको व्यवस्थापन गर्न सकिने पत्र त्रिवि कार्यकारी परिषदमा पठाइएकोमा अस्वीकृत भएको आंशिक प्राध्यापकहरूले जनाएका छन् । क्याम्पसमा एक सय बढी आंशिक प्राध्यापकहरू कार्यरत छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: