काठमाडौं । रोल्पा र डोटीमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । रोल्पाको माडी गाउँपालिका–२ घर्तीगाउँस्थित सडकमा दाङ घोराहीबाट चुनवाङ रुकुम पूर्वतर्फ जाँदै गरेको रा.१ ख २७७८ नम्बरको बसको ठक्करबाट माडी गाउँपालिका–२ औल बस्ने ८० वर्षीय देवराम घर्तीको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै डोटीको बडीकेदार गाउँपालिका–३ देउथानस्थित सडकमा बा.प्र.०३–००१ ख २५३ नम्बरको मिनिट्रक अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा ट्रकमा सवार सोही गाउँपालिका–३ देवल बस्ने २७ वर्षीय सन्तोष गुरुङको मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका ट्रकमा सवार एकजनालाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी मुलिचौर पठाइएको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
प्रतिकृया लेख्नुहोस्: