Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८२ मंगलवार | 6th May, 2025 Tue
Investment bank

बान्डुङ भावनाप्रति नेपालको प्रतिबद्ध छः सभामुख घिमिरे

खबरडबली संवाददाता

ताशकन्द । सभामुख देवराज घिमिरेले बान्डुङ सिद्धान्तहरूप्रति आफ्नो मुलुकको प्रतिबद्धता पुनः दोहोर्‍याएका छन् ।

उज्बेकिस्तानको ताशकन्दमा आयोजित असङ्लग्न आन्दोलन संसदीय सञ्जालको चौथो सम्मेलनलाई सोमबार साँझ सम्बोधन गर्दै उनले नेपालले विश्व शान्ति, समानता र न्यायको पक्षमा सधैं अग्रसर भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका हुन् ।

सभामुखले ७० वर्षअघि बान्डुङमा प्रारम्भ भएको भावनाले नेपाल जस्तो शान्तिप्रेमी राष्ट्रलाई प्रेरणा दिँदै आएको बताए । “नेपाल असङ्लग्न आन्दोलनको संस्थापक सदस्य राष्ट्रको हैसियतले सबै राष्ट्रबीच शान्तिपूर्ण सहअस्तित्व र परस्पर सम्मानमा विश्वास राख्छ,” उनले भने ।

सभामुख घिमिरेले गौतम बुद्धको जन्मभूमि नेपालले “वसुधैव कुटुम्बकम्” को दर्शनलाई आत्मसात् गर्दै आएको उल्लेख गर्दै बान्डुङ भावना आजको असमान विश्वलाई न्यायसंगत बनाउने मूल प्रेरणा बन्न सक्ने धारणा राखेका छन् ।

घिमिरेले जलवायु परिवर्तन, डिजिटल पहुँचको असमानता र आर्थिक विषमताजस्ता समसामयिक चुनौतीहरूको सामूहिक समाधानमा संसदहरूको भूमिका निर्णायक हुने स्पष्ट पारे । नेपालजस्तो हिमाली राष्ट्रका लागि जलवायु न्याय अनिवार्य आवश्यकतामध्ये एक भएको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय साझेदारीमा सन्तुलन कायम गर्न संसदहरूले सक्रियता देखाउनु पर्नेमा जोड दिए ।

सभामुख घिमिरेले नेपालको संविधानमै असङ्लग्नता र शान्तिपूर्ण मार्गको सुनिश्चितता गरिएको उल्लेख गर्दै आन्तरिक द्वन्द्वबाट लोकतान्त्रिक रूपान्तरणमा नेपालले देखाएको अभ्यास उदाहरणीय रहेको बताए । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपालको अग्रणी भूमिका बान्डुङ भावनाको जीवन्त अभिव्यक्ति भएको उनको भनाइ छ ।

सो क्रममा सभामुख घिमिरेले लोकतन्त्र, शान्ति र समानताका साझा मूल्यहरूलाई संसदमार्फत सुदृढ गर्दै न्यायपूर्ण र समृद्ध विश्व निर्माणमा एकजुट हुनसमेत आह्वान गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगामी बजेट बारे ओली देउवाकाे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच करिब २ घण्टा छलफल भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा ...

झन्डै २२ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

बर्दिया । प्रहरीले बर्दियाको बाँसगढी नगरपालिकाबाट अवैध लागुऔषध अफिमसहित दुईजनालाई पक्राउ गरेको छ । आइतबार साँझ ५ बजे २१ किलो ५ सय ६७ ग्राम अफिमसहित उन...

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एक जनाको मृत्यु

रुपन्देही  । बुटवलको कालिकापथमा रहेको हाइटेन्सन पोलमुनि एक जनाको शव भेटिएको छ । उक्त शव शनिबारदेखि बेपत्ता रहेका तिलोत्तमा नगरपालिका–२ बस्ने २० वर्षीय...

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सङ्खुवासभा । विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी पर्वतारोहीको मृत्यु भएको छ । मकालु गाउँपालिकाअन्तर्गत रहेको यो हिमाल आरोहण...

उदयपुरमा सवारी दुर्घटनामा एकको मृत्यु

उदयपुर । मदन भण्डारी लोकमार्गको उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बर्खेडाँडा खण्डमा यात्रुबहाक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहर...

इजरायली आक्रमणमा परी गाजामा २९ जनाको मृत्यु

गाजा । गाजा क्षेत्रमा सोमबार इजरायलद्वारा गरिएका हवाई आक्रमणहरूमा कम्तीमा २९ जना प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका छन् । ...

बागलुङमा चालु आर्थिक वर्षकाे नौ महिनामा सडक दुर्घटनामा १८ जनाको मृत्यु

बागलुङ । बागलुङमा चालु आर्थिक वर्ष २०८१–८२ को नौ महिनामा सवारी दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार ...

बागमतीमा सार्वजनिक विदा

मकवानपुर । बागमती प्रदेश सरकारले बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बागमती प...

चीनमा डुङ्गा डुब्दा नौ जनाको मृत्यु, ७० जना अस्पतालमा भर्ना

बेइजिङ । दक्षिणपश्चिम चीनको एउटा रमणीय स्थानमा तीव्र हावाले पर्यटक बोकेको डुङ्गा पल्टिएपछि नौ जनाको मृत्यु भएको र ७० जनालाई अस्पतालमा भर्ना गरिएको सरक...

जबर्जस्ती करणी आरोपमा फरार युवक पक्राउ

सिरहा । सिरहामा जबरजस्ती करणी आरोपमा फरार रहेका एक युवकलाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा  बरियारपट्टी गाउँपालिका–१ का १९ वर्षीय विवे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending